‘बालबालिकाको पोषण अवस्था कमजोर’
3 वर्ष पहिले प्रकाशित
Smrititimes
धनुषा, असार ६ गते । मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर रहेको बताउँदै यस प्रदेशका बालबालिकाको पोषणमा सुधारका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा मङ्गलबार आयोजना गरेको प्रदेशस्तरीय पोषण कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी वक्ताहरूले यस्तो आवश्यकता औँल्याउनुभएको हो। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर भएको भन्दै आठ वटा जिल्लामा पोषण सुधारका लागि सामूहिक प्रयासमा उहाँहरूले जोड दिनुभयो।नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष नाथुप्रसाद चौधरीले बायलोजिक फैक्ट्रीको रूपमा रहेको हामी सबैको मानव शरीरमा पोषणयुक्त खाना दिएमा मात्रै त्यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकोले बच्चालाई ‘जङ्क फुड’ खानबाट रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले रैथाने बालीको उत्पादन लोप हुन लागेकाले पोषणको अवस्था कमजोर बनेको पनि बताउनुभयो। पोषणको अवस्थामा सुधार ल्याउनका लागि अभिभावकहरूले पनि घरमा आफ्ना बालबालिकालाई घरेलु उत्पादनका खाद्य पदार्थहरू मात्रै खान दिने किसिमको वातावरण तयार पार्नुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा. प्रमोदकुमार यादवले मधेश प्रदेशमा छ महिनादेखि ५९ महिनाका बालबालिकामध्ये १० हजार बालबालिका कुपोषित रहेको तथ्याङ्क प्रस्तुत गर्दै त्यति कुपोषित भए पनि एक हजार बालबालिकाले मात्रै उपचार लिएको बताउनुभयो। मधेश प्रदेशका जिल्लामा कुपोषणलाई अभिभावकहरूले सामान्य रूपमा लिने गरेको भन्दै उहाँले कुपोषित भएका बच्चामा क्षयरोग, निमोनिया जस्ता रोगहरू लाग्ने गरेको बताउनुभयो। उहाँले पोषण सुधारका लागि आगामी वर्ष मधेश प्रदेश सरकारले सर्लाही, सिरहा र रौतहटमा पोषण पुनस्र्थापना गृह खोल्न लागेको जानकारी दिनुभयो। जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक डा. श्रवणकुमार मिश्रले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि महिलालाई गर्भधारण गरेको अवस्थादेखि नै विशेष ध्यान दिनुपर्ने बताउनुभयो। गर्भवती महिलाको स्वास्थ्यमा विशेष हेरचाहका साथै पोषिलो खानेकुरा खान दिनुपर्ने, आइरन चक्की अनिवार्य खुवाउनुपर्ने र पटक पटक स्वास्थ्यको परीक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।कार्यक्रमको अध्यक्षता गर्नुभएका मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव झाले बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि आमाको स्वास्थ्य अवस्था, खानपान, अनिवार्य आइरन चक्कीको सेवन, गर्भ परीक्षण तथा बच्चाको जन्म भएपछि जति छिटो शिशुलाई स्तनपान गराउनेतर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो। उहाँले आमाको दूध नपिउने बच्चालाई विभिन्न खालका रोग लाग्न सक्ने भएकाले यस विषयमा अभिभावकलाई जानकारी गराउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो। साभार : गोरखापत्र
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
1 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
1 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
2 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
18 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
28 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..