‘बालबालिकाको पोषण अवस्था कमजोर’

3 वर्ष पहिले प्रकाशित

Smrititimes

धनुषा, असार ६ गते । मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर रहेको बताउँदै यस प्रदेशका बालबालिकाको पोषणमा सुधारका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा मङ्गलबार आयोजना गरेको प्रदेशस्तरीय पोषण कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी वक्ताहरूले यस्तो आवश्यकता औँल्याउनुभएको हो। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर भएको भन्दै आठ वटा जिल्लामा पोषण सुधारका लागि सामूहिक प्रयासमा उहाँहरूले जोड दिनुभयो।नीति तथा योजना आयोग मधेश प्रदेशका उपाध्यक्ष नाथुप्रसाद चौधरीले बायलोजिक फैक्ट्रीको रूपमा रहेको हामी सबैको मानव शरीरमा पोषणयुक्त खाना दिएमा मात्रै त्यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भएकोले बच्चालाई ‘जङ्क फुड’ खानबाट रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले रैथाने बालीको उत्पादन लोप हुन लागेकाले पोषणको अवस्था कमजोर बनेको पनि बताउनुभयो। पोषणको अवस्थामा सुधार ल्याउनका लागि अभिभावकहरूले पनि घरमा आफ्ना बालबालिकालाई घरेलु उत्पादनका खाद्य पदार्थहरू मात्रै खान दिने किसिमको वातावरण तयार पार्नुपर्ने उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मधेश प्रदेशका सचिव डा. प्रमोदकुमार यादवले मधेश प्रदेशमा छ महिनादेखि ५९ महिनाका बालबालिकामध्ये १० हजार बालबालिका कुपोषित रहेको तथ्याङ्क प्रस्तुत गर्दै त्यति कुपोषित भए पनि एक हजार बालबालिकाले मात्रै उपचार लिएको बताउनुभयो। मधेश प्रदेशका जिल्लामा कुपोषणलाई अभिभावकहरूले सामान्य रूपमा लिने गरेको भन्दै उहाँले कुपोषित भएका बच्चामा क्षयरोग, निमोनिया जस्ता रोगहरू लाग्ने गरेको बताउनुभयो। उहाँले पोषण सुधारका लागि आगामी वर्ष मधेश प्रदेश सरकारले सर्लाही, सिरहा र रौतहटमा पोषण पुनस्र्थापना गृह खोल्न लागेको जानकारी दिनुभयो। जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेशका निर्देशक डा. श्रवणकुमार मिश्रले बालबालिकालाई कुपोषित हुनबाट जोगाउनका लागि महिलालाई गर्भधारण गरेको अवस्थादेखि नै विशेष ध्यान दिनुपर्ने बताउनुभयो। गर्भवती महिलाको स्वास्थ्यमा विशेष हेरचाहका साथै पोषिलो खानेकुरा खान दिनुपर्ने, आइरन चक्की अनिवार्य खुवाउनुपर्ने र पटक पटक स्वास्थ्यको परीक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।कार्यक्रमको अध्यक्षता गर्नुभएका मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा. राजीव झाले बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि आमाको स्वास्थ्य अवस्था, खानपान, अनिवार्य आइरन चक्कीको सेवन, गर्भ परीक्षण तथा बच्चाको जन्म भएपछि जति छिटो शिशुलाई स्तनपान गराउनेतर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो। उहाँले आमाको दूध नपिउने बच्चालाई विभिन्न खालका रोग लाग्न सक्ने भएकाले यस विषयमा अभिभावकलाई जानकारी गराउन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो।   साभार : गोरखापत्र

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

19 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

19 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

1 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

19 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

27 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले