जनकपुरधाम उपमहानगरको १० औँ नगरसभामा २ अर्ब २८ करोडको बजेट पेश
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको १० औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०।८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको आय व्यय सहितको बजेट पेश गरिएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पेश गर्नु भएको बजेटमा चालु तर्फ १ अर्ब १३ करोड ३२ लाख अर्थात् कूल बजेटको ४९.७८ प्रतिशत तथा पूँजीगत तर्फ एशियाली विकास बैङ्कको बजेट सहित १ अर्ब ९ करोड ८३ लाख ५ हजार २ सय ९० रुपैयाँ अर्थात् कूल बजेटको ४७.८८ प्रतिशत रहेको छ । यसका साथै वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् कूल बजेटको २.३४ प्रतिशत रहेको छ । बजेटको श्रोतको रुपमा जनकपुरधाम उपमहानगरपालिकाको आन्तरिक आम्दानीबाट ८० करोड ४३ लाख ११ हजार २ सय ९० रुपैयाँ, बाह्य श्रोतमा संघीय तथा प्रदेश सरकारको सशर्त अनुदान र एडिबीका योजना समेतबाट १ अर्ब ३९ करोड ४२ लाख ५८ हजार र आन्तरिक ऋणबाट ८ करोड ३७ लाख ३५ हजार बेहोर्ने उपप्रमुख साहले पेश गर्नु भएको बजेटमा उल्लेख रहेको छ ।

यस अघि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले अगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत तथा समृद्ध उपमहानगरपालिका बनाउने प्रतिबद्धता सहितको कार्यक्रम पेश गर्नु भयो । उहाँले जनकपुरधाम विश्वका हिन्दुहरूको आस्थाको केन्द्र भएकाले यस ठाउँको धार्मिक तथा पर्यटकीय स्थलहरूको सौन्दर्यीकरणका साथै नगरलाई स्मार्ट शहरको रुपमा विकास गर्नका लागि सबै प्रकारका उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो । यसका साथै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषिको उत्पादन बजारीकरण गर्दै एक वडा एक उत्पादनमा विशेष रुपमा जोड दिने नगरप्रमुखले पेश गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । नगर सभामा शुभकामना दिँदै मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नका लागि यहाँको मठ, मन्दिर, पोखरी तथा सार्वजनिक सम्पत्तिको संरक्षण हुनु पर्ने धारणा राख्नु भयो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको विकासका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउँदै सहयोगका लागि नेतृत्वलाई अगाडी बढ्नका लागि सुझाव दिनु भयो । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले मधेश प्रदेशको राजधानीका साथै देशकै महत्वपूर्ण धार्मिक तथा संस्कृति महत्वको शहर भएकाले जनकपुरधामको विकासका लागि संघ तथा प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार भएकाले सुन्दर शहर बनाउनमा उपमहानगरपालिका सफल होस् भन्ने कामना गर्नु भयो । दशौँ नगर सभामा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशी सहितका वक्ताहरूले बोल्नु भएको थियो ।
साभार : रेडियो नेपाल
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
18 घन्टा पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
18 घन्टा पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
1 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
1 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
14 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
15 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
18 घन्टा पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
1 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
27 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
27 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले