जनकपुरधाम उपमहानगरको १० औँ नगरसभामा २ अर्ब २८ करोडको बजेट पेश

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको १० औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०।८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २ सय ९० रुपैयाँको आय व्यय सहितको बजेट पेश गरिएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले पेश गर्नु भएको बजेटमा चालु तर्फ १ अर्ब १३ करोड ३२ लाख अर्थात् कूल बजेटको ४९.७८ प्रतिशत तथा पूँजीगत तर्फ एशियाली विकास बैङ्कको बजेट सहित १ अर्ब ९ करोड ८३ लाख ५ हजार २ सय ९० रुपैयाँ अर्थात् कूल बजेटको ४७.८८ प्रतिशत रहेको छ । यसका साथै वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् कूल बजेटको २.३४ प्रतिशत रहेको छ । बजेटको श्रोतको रुपमा जनकपुरधाम उपमहानगरपालिकाको आन्तरिक आम्दानीबाट ८० करोड ४३ लाख ११ हजार २ सय ९० रुपैयाँ, बाह्य श्रोतमा संघीय तथा प्रदेश सरकारको सशर्त अनुदान र एडिबीका योजना समेतबाट १ अर्ब ३९ करोड ४२ लाख ५८ हजार र आन्तरिक ऋणबाट ८ करोड ३७ लाख ३५ हजार बेहोर्ने उपप्रमुख साहले पेश गर्नु भएको बजेटमा उल्लेख रहेको छ । 

यस अघि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले अगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकालाई सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत तथा समृद्ध उपमहानगरपालिका बनाउने प्रतिबद्धता सहितको कार्यक्रम पेश गर्नु भयो । उहाँले जनकपुरधाम विश्वका हिन्दुहरूको आस्थाको केन्द्र भएकाले यस ठाउँको धार्मिक तथा पर्यटकीय स्थलहरूको सौन्दर्यीकरणका साथै नगरलाई स्मार्ट शहरको रुपमा विकास गर्नका लागि सबै प्रकारका उपायहरू अवलम्बन गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो । यसका साथै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषिको उत्पादन बजारीकरण गर्दै एक वडा एक उत्पादनमा विशेष रुपमा जोड दिने नगरप्रमुखले पेश गर्नु भएको नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।   नगर सभामा शुभकामना दिँदै मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नका लागि यहाँको मठ, मन्दिर, पोखरी तथा सार्वजनिक सम्पत्तिको संरक्षण हुनु पर्ने धारणा राख्नु भयो । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको विकासका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउँदै सहयोगका लागि नेतृत्वलाई अगाडी बढ्नका लागि सुझाव दिनु भयो ।  धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले मधेश प्रदेशको राजधानीका साथै देशकै महत्वपूर्ण धार्मिक तथा संस्कृति महत्वको शहर भएकाले जनकपुरधामको विकासका लागि संघ तथा प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्न तयार भएकाले सुन्दर शहर बनाउनमा उपमहानगरपालिका सफल होस् भन्ने कामना गर्नु भयो । दशौँ नगर सभामा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशी सहितका वक्ताहरूले बोल्नु भएको थियो । 

साभार : रेडियो नेपाल

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

1 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

1 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

2 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

2 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

7 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

18 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

20 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

21 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

26 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

28 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..