मैथिली क्षेत्रका सबैभन्दा ठूलो विद्यापति पुरस्कार पाँच जनालाई प्रदान
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मैथिली भाषा साहित्य सहितका विभिन्न विधामा विशिष्ट योगदान दिनु भएका पाँचजना स्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार कोषले आज पुरस्कृत गरेको छ । दुई लाख नगद सम्मानपत्र सहितको भाषा साहित्य पुरस्कार वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिइएको छ । एक लाख नगद सहित नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार रमेश कुमार यादवलाई प्रदान गरिइएको छ । यसै गरि १ लाख रकमको पाण्डुलिपि पुरस्कार महेन्द्र कुमार मिश्रलाई प्रदान गरिइएको छ ।
यसै गरि १ लाख धन राशिको कला संस्कृति पुरस्कार गायक डा. आभाष लाभ र अभिनेता वैद्यनाथ पटेललाई प्रदान गरेको छ । दुवै जनालाई ५०-५० हजारको दरले रकम प्रदान गरिइएको छ । सबै पुरस्कारमा सम्मानपत्र तथा दोसल्ला रहेको छ ।

पुरस्कार अर्पण समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महाकवि विद्यापति मैथिली साहित्यको क्षेत्रमा गर्नु भएको योगदान चीरकाल पर्यन्त स्मरणीय रहने बताउनु भयो । उहाँले विद्यापतिको रचनाहरूले नेपाल भारत बीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै तराई मधेश तथा पहाडलाई जोड्ने काम गरेको बताउँदै महाकवि हामी नेपालीका महाकवि पनि रहेको बताउनुभयो । उहाँले मल्ल कालमा काठमाडौँ उपत्यकामा मैथिली भाषाको सर्वाधिक प्रभाव भएको बताउँदै मल्ल राजाहरूले कैयन लोकप्रिय मैथिलीका नाटकहरूको रचना तथा प्रदर्शन गराउने गरेको बताउनु भयो । उहाँले विद्यापतिको जन्म तत्कालीन मिथिला क्षेत्रमा भएको बताउँदै अहिले उक्त क्षेत्र भारतमा परेपनि मिथिलाको धेरै क्षेत्र नेपालमा पनि रहेकाले उहाँ नेपालका महाकवि भएको बताउनुभयो ।

मन्त्री किरातिले विद्यापतिका कतिपय पाण्डुलिपिहरू अहिले नेपालको राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेको बताउनु भयो । मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले विद्यापतिका रचनाहरू अहिले मिथिलामा मान्छेको जन्म देखि मृत्युसम्म प्रयोग हुने गरेकाले उहाँ महाकविका साथै जनकवि भएको बताउनु भयो । उहाँले मैथिली भाषाको विकासका लागि घर घरमा विद्यापतिको जन्म हुन आवश्यक भएको बताउनु भयो । नेपाल विद्यापति मैथिली पुरस्कार कोषका अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषका सदस्य सचिव ध्रुव कुमार मण्डल र सदस्य सुधा कर्णले बोल्नु भएको थियो । पुरस्कारहरू २०७९ सालको रहेको छ भने उक्त वर्ष अनुसन्धान तर्फ कसैलाई पनि पुरस्कार छनौट समितिले पुरस्कृत गरेको छैन । साभार : रेडियो नेपाल
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
23 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
23 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
2 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
7 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
17 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
20 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
21 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
26 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
27 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..