कांग्रेसले यसरी गर्दैछ केन्द्रीय समिति बैठकको लाइभ
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गरिने कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।उनका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गरिने छ । पार्टीको पत्रकार सम्मेलन गर्ने कक्षमा बैठकको लाइभ प्रविधि जडान गरिएको विश्वकर्माले रातोपाटीलाई बताए । ‘हाम्रो पत्रकार सम्मेलन कक्षा छ ,’ उनी भन्छन्, ‘त्यो कोठामा लाइभ गर्ने प्रविधि जोडेका छौँ । माथिबाट बैठक हलमा क्यामरा कनेक्सन गरेर लाइभ गरिन्छ ।’बैठकको लाइभका लागि व्यवस्थापन मिलाउने काम भइरहेको विश्वकर्माको भनाइ छ । ‘अडिओ, भिडिओ क्पाप्चर पार्टीको अफिसियल क्यामराले गर्छ । लाइभ सम्प्रेषण हामी पार्टीको फेसबुक पेजमार्फत गर्छौँ,’ उनले भने । मिडिया हाउसलाई लाइभ गर्ने दिनेबारे छलफल भए पनि पार्टीकै फेसबुक पेजमार्फत लाइभ गर्दा उपयुक्त हुने निष्कर्षमा पुगेको विश्वकर्माले बताए । ‘बैठकमा मिडियालाई लाइभ गर्न दिने कुरा व्यवहारिक हुँदैन पनि । पचास साठी क्यामरा अट्दा पनि अट्दैन । सेट गर्न पनि समय लाग्छ,’ उनले भने, ‘अहिले पार्टीकै क्यामेराबाट गरौँ । पछि प्रोग्रेस गर्न सकिन्छ भने हेरौँला भन्ने भएको छ ।’उनका अनुसार सभापति शेरबहादुर देउवाले सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको लाइभ गर्ने प्रस्ताव गरेका थिए । उनले भने, ‘दुईथरि कुरा गर्ने साथीहरूले सिधा कुरा गर्नुपर्यो भन्ने सभापतिको जिकिर छ । बैठकमा भनेको कुरा मिडियामा नभन्ने र मिडियामा भनेको कुरा बैठकमा बन्ने भए साथीहरू । त्यसले पार्टीलाई नोक्सानी पुग्यो । त्यो भएकाले लाइभ गरिदिऔँ । जे हुन्छ हुन्छ भन्नु भयो ।’देउवाको उक्त प्रस्तावमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले फरक मत राखेका थिए । देउवाको प्रस्तावबारे थापाले भने, ‘होइन सभापतिज्यू त्यस्तो कहाँ हुन्छ । साथीहरूले खुलेर बोल्न पाउनुपर्छ ।’ तर महामन्त्री विश्वप्रकाश शर्माले भने बैठकको लाइभ गर्ने देउवाको प्रस्ताव सकारात्मक रहेको बताएका थिए । बैठक लाइभ गर्दा सकारात्मक सन्देश नै जाने उनको तर्क थियो ।साभार : रातोपाटी
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
2 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
3 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
3 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
3 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
8 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
19 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
21 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
22 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
27 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
29 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले