सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर भएकाे छ : सञ्चारमन्त्री शर्मा

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचारको विरुद्धमा कठोर रुपमा अगाडि बढेको बताउँदै भ्रष्टाचार भएको प्रमाण भेटाए जस्तो सुकै ओहदाका मान्छेहरू पनि सजायको भागीदार बन्ने बताउनुभयो । सञ्चारमन्त्री शर्माले नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयद्वारा आज जनकपुरधाममा “टेलिकमको सेवा”को विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिइएको अन्तरक्रिया कार्यक्रममा बोल्दै साे कुरा बताउनुभएकाे हाे ।उहाँले वर्तमान सरकारले वर्षौँ देखि मधेशमा रहेको जन्मसिद्धका सन्तानको नागरिकता समस्याको समाधान गर्नका लागि नागरिकता विधेयक ल्याएको बताउँदै सामन्तको अवशेषको रुपमा रहेको मिटर व्याज पीडितको समस्याहरू सम्बोधन हुने गरि सरकार अगाडी बढेको बताउनु भयो । 

कार्यक्रममा बोल्दै मन्त्री शर्माले टेलिकमको सेवाको अधिकतम उपयोग गरेर लाभ लिनका लागि आम जनतासँग आग्रह गर्नु भयो । मन्त्री शर्माले सूचना सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउनका लागि नेपाल टेलिकमको महत्पूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाँले जहाँ जनसङ्ख्या त्यहाँ सञ्चार भन्ने मान्यता सहित मधेश प्रदेशमा नेपाल टेलिकमको सेवामा पहुँचको समस्या भए त्यसको समाधानका लागि मन्त्रालयले गर्नु पर्ने सबै कामहरू गर्नका लागि तयार भएको पनि बताउनु भयो । उहाँले मधेश प्रदेशले धेरै राजश्व पनि दिने गरेकाले यस प्रदेशका जनताले गुणस्तरीय दूरसञ्चार सेवा पनि पाउनु पर्ने धारणा राख्नु भयो । सञ्चारमन्त्री शर्माले प्रदेशका दुई पालिकालाई नेपाल टेलिकमको सबै सेवा र सुविधाको प्रयोग एवं विस्तार भएको नमूना पालिकाको रुपमा हेर्न चाहेको बताउँदै यस्ता प्रकारको अन्तरक्रिया कार्यक्रमले टेलिकमको समस्याको पहिचान तथा समाधानको उपायहरू पत्ता लगाउनमा मद्दत पुग्ने बताउनु भयो । 

सञ्चारमन्त्री शर्माले वर्तमान सरकार देश र जनताको पक्षमा उभिएको बताउँदै जनताको साथ र सहयोग सरकारलाई निरन्तर रुपमा प्राप्त भइरहेकोमा खुशी व्यक्त गर्नु भयो । नेपाल दूरसञ्चार कम्पनीका महाप्रबन्धक सुनिल पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल टेलिकमले प्रदान गर्दै आएको सेवा तथा सुविधाको विषयमा कम्पनीका वरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठ र नेपाल टेलिकम जनकपुरधामका कार्यालय प्रमुख दीपेन्द्र साहले पनि बोल्नु भएको थियो । 

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

21 घन्टा पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

21 घन्टा पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

1 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

2 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

17 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

19 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

20 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

26 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

27 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..