बाल विबाह भनेको के हो ? समाजमा बालविबाह किन बढ्दै गैरहेको छ ?

5 वर्ष पहिले प्रकाशित

Smrititimes

भाद्र २, तामाकोशी ।

बाल विबाह भनेको के हो ? समाजमा बालविबाह किन बढ्दै गैरहेको छ ? कानूनमा के कस्तो व्यवस्था छ ? स्थानिय सरकारले यस विषयमा कसरी काम गरिरहेको छ लगाएतको विषयमा तामाकोशी गाउँपालिकाका प्रशासन अधिकृत सृष्टि के.सी. सँग दिपक बस्नेतले गरेको कुराकानी

स्वागत छ,यहाँलाई ।

हजुर धन्यवाद !

हामी प्रसंगतिरै लागौं बाल विवाह भनेको के हो ? 

बाल विबाह भनेको हाम्रो पछिल्लो मुलुकी ऐनले परिभाषित गरे अनुसार पुरुष वा महिलाको विवाह गर्ने उमेर २० बर्ष नपुगी गरिने विवाहलाई बाल विवाह भनेर परिभाषित गरिएको छ । कानूनगत रुपमा २० बर्ष पुरा नभै गरिने विवाहलाई बाल विवाह भनिन्छ । अझ भन्नु पर्दा वैवाहिक जिवन पछि आउँने जिम्मेवारी र वैबाहिक जिवन समाल्नु पर्ने जिम्मेवारी बोध गर्न नसक्ने उमेरमा हुने विवाहलाई बाल विवाह भनिन्छ ।

समाजमा बालविवाह पहिले भन्दा बढेको छ, कि घटेको छ के देख्नु हुन्छ ? 

बाल विवाहलाई हामी सामाजिक कुप्रथा भनेर पनि परिभाषित गर्दछौ । समाजमा चलेका कुप्रथाहरुमा हरेक व्यक्ति, समाज,परिवार, समुदाय जिम्मेवार हुन्छ । बाल विवाहको हकमा कुरा गर्दा यो अपरिपक्वताको उमेर हो । यो उमेरलाई जिवनको आधारशिला मानिन्छ । यस अवस्थामा उचित निर्णय लिन नसक्दा र हतारमा गलत निर्णय लिँदा बाल विवाह बढेको छ । कतिपय कुरा उहिलेदेखि नै चलि आएको चलनले पनि प्रभाव परेको छ । हाम्रो समाजमा जिम्मेवारीबाट मुक्त हुनको लागि पनि बाल विवाह हुने गरेको छ । यस्ले गर्दा बाल विवाह हुनमा घेरै विषयबस्तुहरुले टेवा दिइरहेको देखिन्छ । पहिला हामीले देखेका घटना र अहिले देखिने घटनाक्रम फरक हुँदै गएका छन् । चेतनामा बृद्धि भएको छ । सोचमा परिर्वतन भएको पाइएको छ । विवाह भन्ने कुरा चाँहि शारिरिक, मानसिक, सामाजिक, रुपमा परिपक्को भई जिन्दगीका सही निर्णयहरु दिर्घकालिन रुपमा लिन सक्ने भएपछि विवाह गर्नु पर्दछ भन्ने कुरामा बालबालिका, अभिभावक, परिवार, समाज, सवैले बुझ्नु जरुरि हुन्छ ।

 प्रविधिको विकाससँगै बाल विवाहमा कस्तो प्रभाव देखिन्छ ? 

यो विषयमा भन्नु पर्दा सामाजिक संजाल, अफलाइन, अनलाईन, फोन आदिको कस्तो प्रकारले प्रयोग हुन्छ भन्ने कुरा हो । सामाजिक संजाल मार्फत एक अर्कासँग चिनजान हुने र परिर्वतनसिल उमेरमा क्षिणिक डिसिजन लिने गरेको पाइन्छ । क्षणिकतामा रमाएको पाइन्छ । यो भनेको सम्भावित दुर्घटना नै हो । पछिल्लो समयमा यस्ले पनि प्रभाव पारेको छ । यस्मा स्वयम बालबालिका, अभिभावक, परिवार, बुद्धिजिवि, राजनितिकर्मी, संचारकर्मी, समाज आदिले बालबालिकामा हुने क्षणिक डिसिजन लिनबाट जोगिनु र जोगाउँनु पर्दछ । बालविवाह भइसकेपछि जिवनले फरक मोड लिन्छ । यो मोड भविष्यकालागि बढि जोखिमयुक्त छ । जुन जोखिमका कारण भविष्यका सुनौला अवसरहरु बन्द हुन्छन । जस्तै अथोपार्जनका, बेरोजगारि , शिक्षामा रोकावट, मनोवैज्ञानिक समस्या, कलिलो उमेरमा आमा बन्नु पर्ने, शारिरिक समस्या, डिप्रेसन, जिम्मेवारी बोध आदि जस्ता कुराहरुको ब्यवस्थापन तथा उचित समधान गर्न कठिन हुन्छ । यी कुराले गर्दा हामी समाजमा जति पनि छौ सवैले ध्यान दिनु आवश्यक छ ।

 बागमति प्रदेश सरकारले बाल विबाह रहित प्रदेश घोषण गर्ने योजना ल्याएको छ । यस्लाई सार्थक बनाउँन स्थानीय सरकार तामाकोशी गाउँपालिकाले के के गरिरहेको छ ? क कस्ले कस्तो भूमिका खेल्नु पर्दछ ? 

प्रदेश सरकारले ल्याएको नीतिलाई तामाकोशी गाउँपालिकाले पनि बालविवाह रहित स्थानीय तह घोषण सम्वन्धि रणनीतिक योजना अवलम्बन गर्ने भनेर बालविवाह रहित स्थानिय तह घोषण कार्यक्रमलाई वढवा दिने छौ । यसको न्यूनीकरणको लागि सुरुमा बालिका र किशोरीहरुका लागि शसक्तीकरण नै आवश्यक हुन्छ । यसमा संचारका माध्यमहरु, बालक्लवहरु, युवा क्लवहरुमा, विद्यालयहरुमा बाल लक्षित कार्यक्रम गराउँदा हाम्रो हुन्छ । किशोरकिशोरी र बालबालिकामा अनौपचारिक तरिकाबाट पुग्ने संजाल खडा गरि आमा बाबु र परिवारका सदस्यहरुसँग पनि निर्णय गर्न सक्ने क्षमता अभिबृद्धि गर्ने योजना छ । बालविवाह पछि हुने समस्याको बारेमा जनचेतना बृद्धि गर्ने, बालबालिकाको किशोर किशोरीको अधिकारको विषयमा जानकारी गराउँने । भविष्यका कुराको बारेमा जानकारी गराउँने जगाएतका धेरै योजनाहरु बनाएर जानु पर्ने हुन्छ र तामाकोशी गाउँपालिकाले विभिन्न योजनाहरु तयार पारेको छ । बालबालिकालाई नै सामेल गराएर वालविवाह सम्वन्धि कुराको बारेमा जानकारी दिने योजना पनि छ । बालविवाह मुक्त स्थानिय तह बनाउँन हरेक कोणबाट प्रभावकारी बनाउँन लागि परेका छौ । आगामि दिनमा पनि यस्लाई थप योजनाका साथ अगाडि बढाउँछौ ।

समाजमा अझैपनि बालविवाह हुने गरेको छ तर बाहिर आउँन सकिरहेको छैन ? के भन्नु हुन्छ ।

हामी रणनीतिक योजना तर्जुमा कार्यक्रममा पनि छौ । कुन समुदायमा रहेका मानिसको कस्तो भुमिका हुन्छ भन्ने नियाल्दैछौ । सुरुमा पालिकाको भुमिका के भन्ने कुरा प्रस्ट्याउँछौ । विभिन्न सरोकारवालाहरुसँग समुन्वय गर्ने, सहकार्य गर्ने, सहयोगर्ने, उहाँहरुका लागि नीति गत व्यवस्था गरेर जाने छौ । बाहिर ल्याउँन र कारबाहिको दायरामा ल्याउँन प्रयत्न गर्ने छौ । यस्तो भयो भने बाल विवाह मुक्त स्थानीय तह बनाउँन सजिलो हुन्छ ।

बाल विबाहको सम्वन्धमा जनप्रतिनिधिको भुमिका प्रभावकारी देखिँदैन भनिन्छ , के भन्नु हुन्छ ? 

अहिलेको परिपेक्षमा भन्नु पर्दा विषेश गरी स्थानीय तहमा जनप्रतिनिधिको भुमिका महत्वपुर्ण हुन्छ । जनप्रतिनिधि भनेको कस्तो पात्र हो भने उहाँहरुले स्थानियको समस्या, अवस्था, जनताको चेतनाको स्तर, समाजिक प्रयासहरु कस्ता कस्ता छन् लगाएतका विषयमा जानकार भएको पात्र हो । अझ विषेसगरी वडा समितिको भुमिका अझै महत्वपुर्ण हुन्छ । उहाँहरु समाजको नजिक बस्नुहुन्छ । उहाँहरुलाई सबै कुरा थाहा हुन्छ । समाजमा कस्ता कस्ता नराम्रा घटनाहरु घटे त्यस्ता कुराको निर्मूल गर्न महत्वपुण भुमिका खेल्नु पर्दछ । अन्र्तक्रिया गराउँनु पर्दछ । ती नराम्रा कुराको अन्त गर्नतिर लाग्नु पर्दछ । यस्ता कार्यहरु नीतिगत रुपमा, कानूनी रुपमा दण्डनीय हुन्छ भन्ने कुरा थाहापाउँनु पर्दछ र बुझाउँनु पर्दछ ।यस्ले गर्दा जनप्रतिनिधि समाजको अगुवा हो उहाँहरुको भुमिका महत्वपुर्ण हुन्छ ।

 

 

 

 

12 comments
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

22 घन्टा पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

22 घन्टा पहिले

भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..

जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..

22 घन्टा पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..

22 घन्टा पहिले

सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..

जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..

1 दिन पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

2 दिन पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..

8 दिन पहिले

धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..

जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..

29 दिन पहिले

धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..

  जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..

29 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

1 महीना पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

1 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

1 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..