बाल विबाह भनेको के हो ? समाजमा बालविबाह किन बढ्दै गैरहेको छ ?
3 वर्ष पहिले प्रकाशित
Smrititimes
भाद्र २, तामाकोशी ।
बाल विबाह भनेको के हो ? समाजमा बालविबाह किन बढ्दै गैरहेको छ ? कानूनमा के कस्तो व्यवस्था छ ? स्थानिय सरकारले यस विषयमा कसरी काम गरिरहेको छ लगाएतको विषयमा तामाकोशी गाउँपालिकाका प्रशासन अधिकृत सृष्टि के.सी. सँग दिपक बस्नेतले गरेको कुराकानी
स्वागत छ,यहाँलाई ।
हजुर धन्यवाद !
हामी प्रसंगतिरै लागौं बाल विवाह भनेको के हो ?
बाल विबाह भनेको हाम्रो पछिल्लो मुलुकी ऐनले परिभाषित गरे अनुसार पुरुष वा महिलाको विवाह गर्ने उमेर २० बर्ष नपुगी गरिने विवाहलाई बाल विवाह भनेर परिभाषित गरिएको छ । कानूनगत रुपमा २० बर्ष पुरा नभै गरिने विवाहलाई बाल विवाह भनिन्छ । अझ भन्नु पर्दा वैवाहिक जिवन पछि आउँने जिम्मेवारी र वैबाहिक जिवन समाल्नु पर्ने जिम्मेवारी बोध गर्न नसक्ने उमेरमा हुने विवाहलाई बाल विवाह भनिन्छ ।
समाजमा बालविवाह पहिले भन्दा बढेको छ, कि घटेको छ के देख्नु हुन्छ ?
बाल विवाहलाई हामी सामाजिक कुप्रथा भनेर पनि परिभाषित गर्दछौ । समाजमा चलेका कुप्रथाहरुमा हरेक व्यक्ति, समाज,परिवार, समुदाय जिम्मेवार हुन्छ । बाल विवाहको हकमा कुरा गर्दा यो अपरिपक्वताको उमेर हो । यो उमेरलाई जिवनको आधारशिला मानिन्छ । यस अवस्थामा उचित निर्णय लिन नसक्दा र हतारमा गलत निर्णय लिँदा बाल विवाह बढेको छ । कतिपय कुरा उहिलेदेखि नै चलि आएको चलनले पनि प्रभाव परेको छ । हाम्रो समाजमा जिम्मेवारीबाट मुक्त हुनको लागि पनि बाल विवाह हुने गरेको छ । यस्ले गर्दा बाल विवाह हुनमा घेरै विषयबस्तुहरुले टेवा दिइरहेको देखिन्छ । पहिला हामीले देखेका घटना र अहिले देखिने घटनाक्रम फरक हुँदै गएका छन् । चेतनामा बृद्धि भएको छ । सोचमा परिर्वतन भएको पाइएको छ । विवाह भन्ने कुरा चाँहि शारिरिक, मानसिक, सामाजिक, रुपमा परिपक्को भई जिन्दगीका सही निर्णयहरु दिर्घकालिन रुपमा लिन सक्ने भएपछि विवाह गर्नु पर्दछ भन्ने कुरामा बालबालिका, अभिभावक, परिवार, समाज, सवैले बुझ्नु जरुरि हुन्छ ।
प्रविधिको विकाससँगै बाल विवाहमा कस्तो प्रभाव देखिन्छ ?
यो विषयमा भन्नु पर्दा सामाजिक संजाल, अफलाइन, अनलाईन, फोन आदिको कस्तो प्रकारले प्रयोग हुन्छ भन्ने कुरा हो । सामाजिक संजाल मार्फत एक अर्कासँग चिनजान हुने र परिर्वतनसिल उमेरमा क्षिणिक डिसिजन लिने गरेको पाइन्छ । क्षणिकतामा रमाएको पाइन्छ । यो भनेको सम्भावित दुर्घटना नै हो । पछिल्लो समयमा यस्ले पनि प्रभाव पारेको छ । यस्मा स्वयम बालबालिका, अभिभावक, परिवार, बुद्धिजिवि, राजनितिकर्मी, संचारकर्मी, समाज आदिले बालबालिकामा हुने क्षणिक डिसिजन लिनबाट जोगिनु र जोगाउँनु पर्दछ । बालविवाह भइसकेपछि जिवनले फरक मोड लिन्छ । यो मोड भविष्यकालागि बढि जोखिमयुक्त छ । जुन जोखिमका कारण भविष्यका सुनौला अवसरहरु बन्द हुन्छन । जस्तै अथोपार्जनका, बेरोजगारि , शिक्षामा रोकावट, मनोवैज्ञानिक समस्या, कलिलो उमेरमा आमा बन्नु पर्ने, शारिरिक समस्या, डिप्रेसन, जिम्मेवारी बोध आदि जस्ता कुराहरुको ब्यवस्थापन तथा उचित समधान गर्न कठिन हुन्छ । यी कुराले गर्दा हामी समाजमा जति पनि छौ सवैले ध्यान दिनु आवश्यक छ ।
बागमति प्रदेश सरकारले बाल विबाह रहित प्रदेश घोषण गर्ने योजना ल्याएको छ । यस्लाई सार्थक बनाउँन स्थानीय सरकार तामाकोशी गाउँपालिकाले के के गरिरहेको छ ? क कस्ले कस्तो भूमिका खेल्नु पर्दछ ?
प्रदेश सरकारले ल्याएको नीतिलाई तामाकोशी गाउँपालिकाले पनि बालविवाह रहित स्थानीय तह घोषण सम्वन्धि रणनीतिक योजना अवलम्बन गर्ने भनेर बालविवाह रहित स्थानिय तह घोषण कार्यक्रमलाई वढवा दिने छौ । यसको न्यूनीकरणको लागि सुरुमा बालिका र किशोरीहरुका लागि शसक्तीकरण नै आवश्यक हुन्छ । यसमा संचारका माध्यमहरु, बालक्लवहरु, युवा क्लवहरुमा, विद्यालयहरुमा बाल लक्षित कार्यक्रम गराउँदा हाम्रो हुन्छ । किशोरकिशोरी र बालबालिकामा अनौपचारिक तरिकाबाट पुग्ने संजाल खडा गरि आमा बाबु र परिवारका सदस्यहरुसँग पनि निर्णय गर्न सक्ने क्षमता अभिबृद्धि गर्ने योजना छ । बालविवाह पछि हुने समस्याको बारेमा जनचेतना बृद्धि गर्ने, बालबालिकाको किशोर किशोरीको अधिकारको विषयमा जानकारी गराउँने । भविष्यका कुराको बारेमा जानकारी गराउँने जगाएतका धेरै योजनाहरु बनाएर जानु पर्ने हुन्छ र तामाकोशी गाउँपालिकाले विभिन्न योजनाहरु तयार पारेको छ । बालबालिकालाई नै सामेल गराएर वालविवाह सम्वन्धि कुराको बारेमा जानकारी दिने योजना पनि छ । बालविवाह मुक्त स्थानिय तह बनाउँन हरेक कोणबाट प्रभावकारी बनाउँन लागि परेका छौ । आगामि दिनमा पनि यस्लाई थप योजनाका साथ अगाडि बढाउँछौ ।
समाजमा अझैपनि बालविवाह हुने गरेको छ तर बाहिर आउँन सकिरहेको छैन ? के भन्नु हुन्छ ।
हामी रणनीतिक योजना तर्जुमा कार्यक्रममा पनि छौ । कुन समुदायमा रहेका मानिसको कस्तो भुमिका हुन्छ भन्ने नियाल्दैछौ । सुरुमा पालिकाको भुमिका के भन्ने कुरा प्रस्ट्याउँछौ । विभिन्न सरोकारवालाहरुसँग समुन्वय गर्ने, सहकार्य गर्ने, सहयोगर्ने, उहाँहरुका लागि नीति गत व्यवस्था गरेर जाने छौ । बाहिर ल्याउँन र कारबाहिको दायरामा ल्याउँन प्रयत्न गर्ने छौ । यस्तो भयो भने बाल विवाह मुक्त स्थानीय तह बनाउँन सजिलो हुन्छ ।
बाल विबाहको सम्वन्धमा जनप्रतिनिधिको भुमिका प्रभावकारी देखिँदैन भनिन्छ , के भन्नु हुन्छ ?
अहिलेको परिपेक्षमा भन्नु पर्दा विषेश गरी स्थानीय तहमा जनप्रतिनिधिको भुमिका महत्वपुर्ण हुन्छ । जनप्रतिनिधि भनेको कस्तो पात्र हो भने उहाँहरुले स्थानियको समस्या, अवस्था, जनताको चेतनाको स्तर, समाजिक प्रयासहरु कस्ता कस्ता छन् लगाएतका विषयमा जानकार भएको पात्र हो । अझ विषेसगरी वडा समितिको भुमिका अझै महत्वपुर्ण हुन्छ । उहाँहरु समाजको नजिक बस्नुहुन्छ । उहाँहरुलाई सबै कुरा थाहा हुन्छ । समाजमा कस्ता कस्ता नराम्रा घटनाहरु घटे त्यस्ता कुराको निर्मूल गर्न महत्वपुण भुमिका खेल्नु पर्दछ । अन्र्तक्रिया गराउँनु पर्दछ । ती नराम्रा कुराको अन्त गर्नतिर लाग्नु पर्दछ । यस्ता कार्यहरु नीतिगत रुपमा, कानूनी रुपमा दण्डनीय हुन्छ भन्ने कुरा थाहापाउँनु पर्दछ र बुझाउँनु पर्दछ ।यस्ले गर्दा जनप्रतिनिधि समाजको अगुवा हो उहाँहरुको भुमिका महत्वपुर्ण हुन्छ ।
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
11 दिन पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
11 दिन पहिले
“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा
जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..
22 दिन पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
1 महीना पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
1 महीना पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
1 महीना पहिले
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..
जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..
11 दिन पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
1 महीना पहिले
दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा व..
२१ असोज, जनकपुरधाम ं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् ।..
1 महीना पहिले
सशक्त वालिका परियोजना अन्तरगत स्वास्थ्यकर्मीलाई पुनरत..
जनकपुरधाम असोज १९ गते धनुषा जिल्लाको विदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिका अन्तरगत रहेका स्वास्थ्यकर्मीहरु..
1 महीना पहिले
विश्वव्यवापी आवधिक समीक्ष समबन्धी प्रदेश स्तरीय कार्यश..
जनकपुरधाम असोज १९ गते । संयुक्त राष्ट्र संघमा केहि महिला पछि हुने विश्वव्यापी आवधिक समिक्षा( यू.पी.आरं) सम्बनधमा ..
1 महीना पहिले
नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदास..
जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशल..
1 महीना पहिले