नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदासिन छ दुवै सरकार ?

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षती भइरहँदा समेत दुवै देशको सरकार उदासिन बन्नु चिन्ताजनक रहेको बताएका छन् । नेपाल भारत खुल्ला सिमा संवाद समुहको आयोजनामा जनकपुरधाममा आयोजित ‘बाढ विपद आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोलेका अधिकांश वक्ताहरुले चुरे बिनाशका कारण नदीहरु पुरिएर बहान नियन्त्रण भन्दा बाहिर गएपछि मधेश र विहारमा भइरहेको व्यापक क्षती रोकन दुवै देशका सरकारहरु उत्सुकता नदेखाएको आरोल लगाए ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मधेशका सभापति तथा पुर्व मन्त्री कृष्णा यादवले चुरे बिनाशको सवालमा आफुले पटक पटक पार्टीको केन्द्रिय समितिमा पनि आवाज उठाँउदा समेत कुनै सुनुवाई भइनरहेको बताएका छन् । चुरेमा सुकुमवासी भन्दा हुकुमवासीहरु घर बनाएर त्यहाँका गिटट्टी बालुवा, काठ दाउरा तस्करी गरेहेको सवालमा मैले आवाज उठाउने गरेको छु, उनले भने, ‘म पार्टीमा पनि भन्ने गर्छु म पहिला मधेशी हुँ अनि पछि कांग्रेसी हुँ’ । उनले नेपालको हरेक आपदा बिपदामा भारत सरकार पहिलो सहयोगीको भुमिकामा रहे पनि नेपाल सरकारका केही व्यक्ति त्यसो हुन बाट रोकि रहेको र भारतलाइ गाली गरि ठूलो नेता बन्न नेपालमा होड चलेको बताए ।
कार्यक्रमको प्रारम्भमा एक कार्यपत्र प्रस्तुत गर्दै समुहका केन्द्रिय अध्यक्ष डा. राजिव झाले सन् २००८ मा कोशीको तटबन्ध फुट्दा हजारौँले ज्यान गुमाएको, नेपाल र भारतका ३० लाख मानिस प्रभावित भएको सहितका दृष्टांत प्रस्तुत गरेका थिए । पानी स्वभाविक उचाई बाट तल, उत्तर बाट दक्षिण बग्ने नै हो । न नेपालले रोक्न सक्छ न त भारतले छेक्न सक्छ । हामी भाग्यमानी छौ कि हामी सङ्ग प्रयाप्त पानी बर्षायाममा हुन्छ तर दुर्भाग्य त्यसको सहि सदुपयोग गर्न नसक्दा यसले बिनास निम्त्याउने गरेको छ, उनले थपे ।

भारत विहारका वरिष्ठ पत्रकार ललित झाले नदी बचाउन सबै भन्दा पहिला आफैबाट सुधारको प्रयास गर्नुपर्ने र माटो तथा जमिनलाई साँस फेर्न अवरोधक मानिएका प्लोथिन, प्लाष्टिकको प्रयोग बन्द गर्दै पर्यावरण संरक्षक वृक्षलाई नाश गर्ने कार्य बन्द र वृक्षारोपण गर्नुपर्ने बताए । कार्यक्रममा जिसस धनुषाका प्रमुख राजनन्दन मण्डल, नागरिक समाज अगुवा मुरली मनोहर मिश्रा, उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष जितेन्द्र महासेठ, मिडिया काउन्सिलको कार्यबाहक अध्यक्ष कैलाश दास सहितकाले प्राकृतिक श्रोत साधनको दोहनका कारण यस्ता बिपदा आउँदा समेत राकथाम समेत हुन नसक्नु दुःखद रहेको बताए ।
चुरे अभियानी दिपक यादवले चाइनिज कम्पनीले खुट्टी खोलामा गहिरो खाल्टो खनेर मुहाननै फेरि दिएको, हिन्दी अभियानी रमन पाण्डेले चिनले सुनियोजित तरिकाले सडक निर्माणको नाममा पहाड,खोला नाला उत्खनन गरिरहेको जुन हाम्रो लागी दुश्मन जस्तो व्यवहार भएको धारणा राखे । सो अवसरमा पत्रकार श्याम सुन्दर शशी, भारतिय कम्युनिस्ट पार्टी मालेको नेता भुषन सिंह, बाढि बिज्ञ रत्नेश्वर लाल कर्णले पनि बाढिको समस्या र समाधानका केहि उपाय बताएका थिए । कार्यक्रममा जनकपुधाम उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष दिपेन्द्र साह, शिक्षक सत्रुधन साह, नेता संजय सिंह, बिनोद ठाकुर, संतोष लाल कर्ण प्रा. डा बिरेन्द्र लाल कर्ण, प्राध्यापक इश्वर कान्त झाले आ आफनो मन्तव्य राखेका थिए ।समुहका केन्द्रिय उपाध्यक्ष शिव शंकर साह हिराले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन रास्ट्रीय मुक्ति क्रान्तिका नेता संजय चौधरीले गरेका थिए । सो अवसरमा बाढि पहिरोमा परि नेपाल भारतमा ज्यान गुमाएकाहरु प्रति मैनवत्ति प्रज्वलन र मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

12 comments
ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

12 घन्टा पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

12 घन्टा पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

14 घन्टा पहिले

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..

14 घन्टा पहिले

प्राइम कमर्सियल बैंकको सहकार्यमा जनकपुरधाम बजार क्षेत्..

जनकपुरधाममाघ ११ गते । जनकपुरधाम नगरक्षेत्रमा पसलहरुको अगाडी विरुवा लगाउने काम आइतबार देखि सुरु भएको छ । जनकपुरध..

16 घन्टा पहिले

फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १..

काठमाडौं,७ माघ ः विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ। यस सिरि..

5 दिन पहिले

ठाकुर, झा, कर्ण, पासमान राष्ट्रिय सभा सदस्यमा निर्वाचित

जनकपुरधाम माघ ११ । राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशबाट जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर ..

12 घन्टा पहिले

राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश न..

जनकपुरधाममाघ ११ । प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषा..

14 घन्टा पहिले

राष्ट्रिय सभा निर्वाचनमे मधेश सँ ३४१ गोटे केलनि मतदान , २..

  जनकपुरधाममाघ ११ । राष्ट्रिय सभा निर्वाचनमे मधेश प्रदेशमे ३४१ गोटे मतदान केने छथि। चार राष्ट्रिय सभा सदस्य पद ..

14 घन्टा पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

1 महीना पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

1 महीना पहिले

महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वक..

  जनकपुरधाम मंसिर २४ गते । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुन..

2 महीना पहिले