नेपाल र भारतको मुख्य समस्या बाढि डुबान समाधानमा किन उदासिन छ दुवै सरकार ?

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, असोज १९ : वक्ताहरुले चुरे बिनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षती भइरहँदा समेत दुवै देशको सरकार उदासिन बन्नु चिन्ताजनक रहेको बताएका छन् । नेपाल भारत खुल्ला सिमा संवाद समुहको आयोजनामा जनकपुरधाममा आयोजित ‘बाढ विपद आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोलेका अधिकांश वक्ताहरुले चुरे बिनाशका कारण नदीहरु पुरिएर बहान नियन्त्रण भन्दा बाहिर गएपछि मधेश र विहारमा भइरहेको व्यापक क्षती रोकन दुवै देशका सरकारहरु उत्सुकता नदेखाएको आरोल लगाए ।

सोहि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस मधेशका सभापति तथा पुर्व मन्त्री कृष्णा यादवले चुरे बिनाशको सवालमा आफुले पटक पटक पार्टीको केन्द्रिय समितिमा पनि आवाज उठाँउदा समेत कुनै सुनुवाई भइनरहेको बताएका छन् । चुरेमा सुकुमवासी भन्दा हुकुमवासीहरु घर बनाएर त्यहाँका गिटट्टी बालुवा, काठ दाउरा तस्करी गरेहेको सवालमा मैले आवाज उठाउने गरेको छु, उनले भने, ‘म पार्टीमा पनि भन्ने गर्छु म पहिला मधेशी हुँ अनि पछि कांग्रेसी हुँ’ । उनले नेपालको हरेक आपदा बिपदामा भारत सरकार पहिलो सहयोगीको भुमिकामा रहे पनि नेपाल सरकारका केही व्यक्ति त्यसो हुन बाट रोकि रहेको र भारतलाइ गाली गरि ठूलो नेता बन्न नेपालमा होड चलेको बताए ।
कार्यक्रमको प्रारम्भमा एक कार्यपत्र प्रस्तुत गर्दै समुहका केन्द्रिय अध्यक्ष डा. राजिव झाले सन् २००८ मा कोशीको तटबन्ध फुट्दा हजारौँले ज्यान गुमाएको, नेपाल र भारतका ३० लाख मानिस प्रभावित भएको सहितका दृष्टांत प्रस्तुत गरेका थिए । पानी स्वभाविक उचाई बाट तल, उत्तर बाट दक्षिण बग्ने नै हो । न नेपालले रोक्न सक्छ न त भारतले छेक्न सक्छ । हामी भाग्यमानी छौ कि हामी सङ्ग प्रयाप्त पानी बर्षायाममा हुन्छ तर दुर्भाग्य त्यसको सहि सदुपयोग गर्न नसक्दा यसले बिनास निम्त्याउने गरेको छ, उनले थपे ।

भारत विहारका वरिष्ठ पत्रकार ललित झाले नदी बचाउन सबै भन्दा पहिला आफैबाट सुधारको प्रयास गर्नुपर्ने र माटो तथा जमिनलाई साँस फेर्न अवरोधक मानिएका प्लोथिन, प्लाष्टिकको प्रयोग बन्द गर्दै पर्यावरण संरक्षक वृक्षलाई नाश गर्ने कार्य बन्द र वृक्षारोपण गर्नुपर्ने बताए । कार्यक्रममा जिसस धनुषाका प्रमुख राजनन्दन मण्डल, नागरिक समाज अगुवा मुरली मनोहर मिश्रा, उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष जितेन्द्र महासेठ, मिडिया काउन्सिलको कार्यबाहक अध्यक्ष कैलाश दास सहितकाले प्राकृतिक श्रोत साधनको दोहनका कारण यस्ता बिपदा आउँदा समेत राकथाम समेत हुन नसक्नु दुःखद रहेको बताए ।
चुरे अभियानी दिपक यादवले चाइनिज कम्पनीले खुट्टी खोलामा गहिरो खाल्टो खनेर मुहाननै फेरि दिएको, हिन्दी अभियानी रमन पाण्डेले चिनले सुनियोजित तरिकाले सडक निर्माणको नाममा पहाड,खोला नाला उत्खनन गरिरहेको जुन हाम्रो लागी दुश्मन जस्तो व्यवहार भएको धारणा राखे । सो अवसरमा पत्रकार श्याम सुन्दर शशी, भारतिय कम्युनिस्ट पार्टी मालेको नेता भुषन सिंह, बाढि बिज्ञ रत्नेश्वर लाल कर्णले पनि बाढिको समस्या र समाधानका केहि उपाय बताएका थिए । कार्यक्रममा जनकपुधाम उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष दिपेन्द्र साह, शिक्षक सत्रुधन साह, नेता संजय सिंह, बिनोद ठाकुर, संतोष लाल कर्ण प्रा. डा बिरेन्द्र लाल कर्ण, प्राध्यापक इश्वर कान्त झाले आ आफनो मन्तव्य राखेका थिए ।समुहका केन्द्रिय उपाध्यक्ष शिव शंकर साह हिराले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन रास्ट्रीय मुक्ति क्रान्तिका नेता संजय चौधरीले गरेका थिए । सो अवसरमा बाढि पहिरोमा परि नेपाल भारतमा ज्यान गुमाएकाहरु प्रति मैनवत्ति प्रज्वलन र मौन धारण गरि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

4 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

5 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

5 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

15 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

16 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

21 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

2 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..