ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

2 महीना पहिले प्रकाशित

Smrititimes



जनकपुरधाम,
साउन २१ गते ।
धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरसहितको अस्पताल भवन अन्यत्र सार्ने तयारी भएको आशंकाप्रति स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाले विरोध जनाएका छन्।

संघर्ष समितिको निर्णयअनुसार बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले ढल्केबरका लागि स्वीकृत ट्रमा सेन्टर यथास्थानमै निर्माण गर्न माग गरेका हुन्।
ज्ञापनपत्रमा नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७, २०७७÷०७८ र २०७८÷०७९ को बजेट वक्तव्यमा प्रमुख राजमार्गमा ट्रमा सेवा विस्तार गर्ने तथा ढल्केबरमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरिएको उल्लेख छ। त्यसअनुसार आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा क्रमशः २०÷२० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको, माटो परीक्षण (सोइल टेस्ट) र टोपोग्राफिकल सर्वेक्षणलगायत प्रारम्भिक कार्य सम्पन्न भइसकेको दाबी गरिएको छ।
ज्ञापनपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जग्गासम्बन्धी सहमति प्राप्त भइसकेको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २०८३ जेठ ५ गतेको निर्णयअनुसार अस्पताल निर्माणका लागि जग्गा उपभोग स्वीकृत भई २०८३ जेठ २६ गते भूमि प्रशासन कार्यालय ढल्केबरबाट उपयोगको प्रमाणपत्रसमेत प्राप्त भएको उल्लेख गरिएको छ।

संघर्ष समितिका अनुसार प्रतिनिधिसभाको २०८३ साउन १९ गतेको बैठकमा स्वास्थ्यमन्त्रीले मधेश प्रदेशको लाहानमा ट्रमा सेन्टर अस्पताल भवन निर्माण गर्ने अभिव्यक्ति दिएपछि ढल्केबरका लागि स्वीकृत आयोजना अन्यत्र सारिने आशंका उत्पन्न भएको हो।
स्थानीयवासीले ढल्केबर मधेश प्रदेशको मध्यविन्दु तथा पूर्व–पश्चिम राजमार्गको अत्यधिक सवारी चाप भएको मुख्य केन्द्र रहेकाले यहाँ दुर्घटनाको जोखिम उच्च रहेको बताएका छन्। उनीहरूले पूर्वनिर्धारित स्थानमै क्रिटिकल केयर तथा ट्रमा सेन्टरसहितको अस्पताल भवन निर्माण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

5 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

5 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

1 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

13 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

14 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

19 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

2 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..