प्रदेशको पोषण अवस्थामा सुधार गर्न सरकार लागिपरेको छ : मुख्यमन्त्री यादव
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि प्रदेश सरकारले विभिन्न प्रकारको नीति तथा कार्यक्रम बनाएर अगाडी बढेको बताउनुभएको छ ।ग्रामीण महिला विकास तथा एकता केन्द्रको आयोजनामा पोषण अवस्थामा सुधार सम्बन्धी प्रदेश स्तरीय छलफल तथा संवाद कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले संविधानले नै खाद्य अधिकारको विषयलाई मौलिक हकको रुपमा अंंगिकार गरेकाले सबै वर्गका व्यक्तिलाई खाद्य सुरक्षाको अनुभूति दिलाउने गरी प्रदेश सरकारले विभिन्न प्रकारको कार्यक्रमहरू गरिरहेको बताउनुभयो ।मुख्यमन्त्री यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि महिला तथा बालबालिकालाई केन्द्रित गरी पोषणका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि गरिबी, अशिक्षा तथा स्वास्थ्यमा पनि सुधार हुन आवश्यक भएको बताउनुभयो ।मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले पोषण अवस्थामा सुधार गर्नका लागि पूर्ण सुरक्षित मातृत्व प्रदेश, बाल तथा मातृ मृत्युदर घटाउने र पोषणयुक्त खाद्य गरिब तथा विपन्न वर्गका व्यक्तिलाई वितरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

संस्थाका संस्थापक अध्यक्ष एवं नेपाली काँग्रेसका नेतृ डा. आरजु राणाले सामाजिक रुपान्तरणका लागि सबै मिलेर अगाडी बढेको खण्डमा पोषण जस्ता समस्याहरू आफै अन्त्य हुने बताउनुभयो ।मधेश प्रदेशको पोषण अवस्थामा सुधार गर्नका लागि ४ बुँदे प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिएको छ । प्रतिबद्धता पत्रमा मुख्यमन्त्रीसहित प्रदेश सरकारका आधा दर्जन मन्त्रीहरूले हस्ताक्षर गर्नुभएको छ ।साभार : रेडियो नेपाल
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
4 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
4 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
5 दिन पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
5 दिन पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
5 दिन पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
5 दिन पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
14 दिन पहिले
एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..
जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..
17 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
4 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
4 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
4 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..