सुशासनका दृष्टिले हामी उपल्लो स्थानमा छौँ

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । जनकपुरधाम हिन्दु धर्मावलम्बीका लागि महत्वपूर्ण स्थल हो। महर्षि जनकको पुण्यभूमि र माता जानकीको पवित्र जन्म स्थल भएकाले जानकी मन्दिर दर्शन गर्न आउने स्वदेशी विदेशी पर्यटकको सङ्ख्या निकै ठुलो हुने गरेको छ। जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, मणि मण्डपलगायतका पौराणिक, धार्मिक र ऐतिहासिक स्थलले गर्दा यो स्थान तीर्थालुको आस्था र श्रद्धाको केन्द्र हो। २५ वडा रहेको जनकपुरधाम उपमहानगरपालिकामा कृषि, व्यापार र उद्योगधन्दा रहेका छन्। गत वर्षको स्थानीय तह निर्वाचनमा यो उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा मनोजकुमार साह निर्वाचित हुनुभएको छ। प्रमुख साहसँग गोरखापत्रका विजयकुमार साहले कुराकानी गर्नुभएको छ। प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश :  

तपाईं निर्वाचित हुनुअघि र पछिको अवस्थामा जनकपुरधामको अवस्था के फरक आयो ? 

गत स्थानीय तहको निर्वाचनबाट म प्रमुखमा निर्वाचित भएर आएपछि जनकपुरधाम उपमहानगरपालिकामा धेरै काम भएका छन्। अघिल्लो कार्यकालमा उपमहानगरपालिकाका काम व्यवस्थित, प्रभावकारी र जनहितकारी भएका थिएनन्। त्यसबेला स्थानीय तहका काम गराइमा अनियमितता र बेथितिले प्रश्रय पाउँदा जनताका आकाङ्क्षा सम्बोधन भएका थिएनन्। सबै क्षेत्र अस्तव्यस्त बन्न पुग्यो। निर्वाचनताका मैले जनतासँग गरेका प्रतिबद्धता अनुरूप व्यवस्थित पूर्वाधार तयार गरेर छाडा चौपाया नियन्त्रण सुरु गराएको छु। सडकलाई सुन्दर र सुरक्षित बनाउन जानकी मन्दिर क्षेत्रदेखि अन्य महत्वपूर्ण ठाउँमा सडक अतिक्रमण हटाएर सडकपेटीको प्रयोग, पार्किङ स्थल निर्माण गरेर जथाभाबी सवारीसाधन पार्किङ नियन्त्रण, ल्यान्डफिल्ड साइटका लागि जग्गा तथा साधनस्रोत व्यवस्थापन आदि महत्वपूर्ण काम अगाडि बढाएको छु। 

जनकपुरधाम सफा छैन, सडक व्यवस्थित छैन भन्ने गुनासो अझै छ नि ?

यहाँ गुठी संस्थानको रजाइँ छ। अत्यावश्यक पूर्वाधार र संरचना निर्माणका लागि स्थानीय सरकारले सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर उपयोग गर्न खोजेको गुठी अधिनको जग्गा लिजमा लिने फाइल अड्किएका छन्। गुठीको जग्गा औपचारिक रूपमा लिजमा प्राप्त गर्न नसक्दा फोहोरमैला बिसर्जन, प्रशोधन तथा पुनप्र्रयोगका लागि पूर्वाधार तयार गर्न ढिला भइरहेको छ। हामीले अहिले घरघरबाट फोहोरमैला सङ्कलन गर्न ट्याक्टरको व्यवस्था गरेका छौँ र घरको फोहोर सिधा ट्याक्टरमा राखिदिन हामीले नगरवासीलाई आग्रह गरेका छौँ। 

जनकपुरधाम प्रमुख पर्यटकीय स्थल हो। पर्यटनलाई व्यवस्थित बनाउन के गर्दै हुनु हुन्छ ? 

जनकपुरधाममा आउने तीर्थालुको सङ्ख्या धेरै हुन्छ। त्यसैले जनकपुरधामको धार्मिक र सांस्कृतिक इतिहास तथा बैभवलाई कायम गर्दै पर्यटकीय नगरी बनाउन जरुरी छ। धर्म स्थल तथा पोखरीको संरक्षण तथा सौन्दर्यीकरणमा जोड दिइएको छ। आज एउटा राम्रो पिकनिक स्थल बनेको नोचा पोखरी बनाउन मैले धेरै वर्ष लगाएँ। तेलहा र मडहा हेर्नुस्, दुवै पोखरीको जीर्णोद्धार भएको छ। आकर्षक बनाइएका छन् ती पोखरी। म निर्वाचित भएको १३/१४ महिनामा धेरै वटा काम भएका छन्। मैले अल्पकालीन र दीर्घकालीन दुवै महत्वका कामलाई साथसाथ अगाडि बढाएको छु। सबैभन्दा राम्रो पक्ष के छ भने सुशासनका दृष्टिले अहिले हामी मधेश प्रदेशको उपल्लो स्थानमा छौँ। 

जनकपुरधाम प्रदेश र मुलुकका लागि महत्वपूर्ण स्थल हो। जनकपुरधाम विकासका लागि सङ्घ र प्रदेश सरकारसँग कस्तो अपेक्षा छ ?

सङ्घीय सरकारको दृष्टि दोषपूर्ण र पूर्वाग्रही छ, विभेदपूर्ण छ। जनकपुरधामजस्तो धार्मिक तथा सांस्कृतिक सहर विकासका लागि सङ्घीय सरकारले विशेष ध्यान दिनु पर्छ। राजस्व बाँडफाँटबाट स्थानीय तहलाई रकम प्राप्त हुन्छ तर सहरको समग्र विकासका लागि विशेष योजनाका लागि आवश्यक र यथेष्ठ बजेट विनियोजन हुनु पर्छ। प्रदेश सरकारले जनकपुरधामको विकासका लागि विशेष पहल गर्ने भनेको छ। यसका लागि मुख्यमन्त्रीलाई धन्यवाद दिनु पर्छ तर प्रदेश सरकारको जनकपुरधाम विकाससम्बन्धी योजना कर्मचारीतन्त्रको जालोमा कैद हुनुहुँदैन। जनकपुरधाममा भारत सरकारले दिने एक अर्ब रुपियाँ अन्तर्राष्ट्रियस्तरको रामजानकी धर्मशालामा लगानी हुने भएको छ। यसका लागि भारतीय राजदूतको प्रतिबद्धता आइसकेको छ।  

जनकपुरधाममा खानेपानीको हाहाकार छ। यो समस्या सुल्झाउन के गर्दै हुनु हुन्छ ?

मैले खानेपानीको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन महत्वका काम साथसाथै अगाडि बढाएको छु। उपमहानगरमा तत्काल खानेपानीको व्यवस्थापनका लागि खानेपानी कार्यालयसँग समन्वय गरेर ठाउँठाउँमा बोरिङको व्यवस्था भइरहेको छ। बोरिङ नगाड्न केही व्यक्तिले उपद्रो मच्चाउन खोज्दै छन् तर केही व्यक्ति उत्साहित भएर बोरिङका लागि नयाँनयाँ ठाउँ देखाइरहनुभएको छ। खानेपानीका लागि हामीले चुरेको औरही र जलाइध नदी प्रणालीमा वृक्षरोपण, चेकड्याम निर्माण र पाइप लाइनबाट पानी ल्याउनै पर्छ। यसका लागि मिथिला नगरपालिका, क्षिरेश्वर नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिकासँग सहकार्य गर्ने काम भइरहेको छ। अहिले चुरे संरक्षणमार्फत खानेपानी आपूर्तिका लागि अध्ययन तथा कार्र्ययोजना बनाउने काम भइरहेको छ। साभार : गोरखापत्र

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

20 घन्टा पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

20 घन्टा पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

1 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

2 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

17 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

19 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

20 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

26 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

27 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..