मधेश प्रदेश ठगीएको होइन हामीले जाँगर नचलाएको हो : मन्त्री लिम्बु

3 वर्ष पहिले प्रकाशित

Smrititimes

बारा । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले मधेश प्रदेश ठगीएको नभएर यहाँका जनताले जाँगर नचलाएको बताएका छन् । ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल कार्यक्रममा मन्त्री लिम्बुले मधेश प्रदेशका अधिकाशं खेल मैदानहरु जिर्ण अवस्थामा रहेकाले छिमेकी प्रदेशहरुको अनुशरण गरेर काम गर्न स्थानीय दलका नेता, खेलप्रेमी र जनप्रतिनिधिहरुलाई सुझाव दिए । ‘सबै साथीहरुलाई मेरो आग्रह छ मधेशप्रदेश ठगीएको होइन, हामीले जाँगर नचलाएको हो । राजविराजदेखि जनकपुर सदरमुकामसम्म खेलमैदानहरु कही बनेको अवस्था छ कही नबनेको अवस्था छ, अलि जाँगर चलायनुपर्यो, वरपरका प्रदेशहरुको नक्कल गर्नुस्’ मन्त्री लिम्बुले भने ।

खेललाई पर्यटनसँग जोड्न सक्दा चाँडो प्रगति गर्न सकिने भन्दै खेलको माध्यमबाट संसारलाई जित्न सकिने उनको भनाइ छ । मन्त्री लिम्बुले चालु आर्थिक वर्षको लागि सिमरा रंगशालाको स्तरोन्तती गर्न ५० लाख र वीरगञ्ज स्थित नारायणी रंगशालाको लागि डेढ करोड बजेट विनियोज गरिएको बताए । मन्त्री लिम्बुले भने, ‘खेलकुदको विकासको लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै निजी क्षेत्रहरुको सहभागितामा पनि धेरै ठाँउमा स्टेडियमहरु बनाउन सकिन्छ, त्यसमा विशेष ध्यान दिऔं ।’मन्त्री लिम्बुले शुक्रबार सिमरा रंगशालाको स्थलगत अनुगमन गरेर आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा  गर्न सकने बताएका थिए । ‘११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सिमरा रंगशालामा आयोजना गर्नका लागि खेलकुद मन्त्रालय र खेलकुद परिषद् सकरात्मक छ । यो विषयमा मुख्यमन्त्रीसँग कुरा भएको छ,’ मन्त्री लिम्बुले भने ।छलफल कार्यक्रम जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले खेलकुदका लागि पर्याप्त भौतिक पूर्वाधार नभएको र खेलाडीहरुको लागि सरकारले नीतिगत रुपमा सम्बोधन गर्न ढिलाई गरेको भन्दै मन्त्री लिम्बुलाई लिखित रुपमै ज्ञापन पत्र बुझाएका छन् ।६ बुँदे सो ज्ञापनपत्रमा सिमरा रंगशाला सहित वरपर रहेका अन्य ३ वटा फिल्डहरुमा भौतिक पूर्वाधार निमार्णमा र खेलकुद साम्रगीको लागि बजेट आवश्यक रहेको, प्रदेश स्तरीय र आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता जीतपुर सिमराभित्र गनुपर्ने, मोफसलकै ठूलो खेलकुद प्रतियोगिता जीतपुर सिमरा गोल्डकप प्रतियोगितामा अनुदान तथा रंगशाला निमार्ण र स्तरोन्नती लागि पहल गर्नपर्ने, सरकारले खेलाडीहरुका लागि विशेष अभियान सञ्चालन गनुपर्ने लगायतमा माग राखेका छन् ।साथै मन्त्री लिम्बुलाई जीतपुर सिमराको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिंङ्गले ११ औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमा राख्न उत्साहित भएको धारणा व्यक्त गरेका थिए । साभार : रातोपाटी

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

19 घन्टा पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

19 घन्टा पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

1 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

1 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

2 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

17 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

19 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

20 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

25 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

27 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..