भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ । भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउने भएका छन् । यहाँ आयोजना हुने नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर नेपाल आउने भएका हुन् ।आयोगको यो सातौँ बैठक हो । परराष्ट्रमन्त्री स्तरीय यो संयन्त्रलाई नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामलाई मूल्याङ्कन गर्ने म्यान्डेट दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जयशंकर आगामी अक्टोबर महिनामा नेपाल आउनेछन् । यद्यपि यसको औपचारिक घोषणा भने गरिएको छैन । बैठकमा दुई देशबीच सहकार्यका विभिन्न क्षेत्रजस्तै कनेक्टिभिटी, अर्थ–वाणिज्य, ऊर्जा सहकार्य र जलस्रोत लगायतका छलफल हुने अपेक्षा गरिएको छ ।हालैमात्र बैंककमा आयोजित बिम्स्टेक रिट्रिटमा परराष्ट्रमन्त्री एनपी साउदले भारतीय समकक्षीसँग साइडलाइन वार्ता गरेका थिए । ‘नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग राम्रो छलफल । हाम्रो नेतृत्वले तय गरेको सहकार्यको एजेन्डालाई लागू गर्न नजिकबाट काम गर्ने सहमति भएको छ । हामीबीच सम्पर्क जारी रहने अपेक्षा गरेको छु,’ जयशंकरले बैठकपछि ट्वीट गरेका थिए ।आयोगको छैटौँ बैठक २०७७ सालको माघमा नयाँ दिल्लीमा आयोजना भएको थियो । बैठकलाई तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र जयशंकरले संयुक्तरुपमा अध्यक्षता गरेका थिए । सीमासम्बन्धी बाँकी  काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको थियो । दुवै देशका परराष्ट्रमन्त्रीले  नेतृत्व गरेको प्रतिनिधिमण्डलस्तरीय आयोगको बैठकमा सिमानाका बारेमा छलफल भएको र त्यससम्बन्धमा बाँकी रहेको खण्डको काम शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।बैठकमा दुई मुलुकबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) प्रतिवेदनको प्रस्तुतीकरण, हवाई प्रवेश मार्ग, कोभिड–१९ विरुद्धको खोप, सीमा व्यवस्थापन, सम्पर्क सञ्जाल र आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, शिक्षा तथा संस्कृतिसहित द्विपक्षीय सम्बन्धका समग्र पक्षको समीक्षा भएको थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भारतको चार दिने औपचारिक भ्रमण गरेका थिए । भ्रमणका क्रममा तीन वटा परियोजनाहरूको भर्चुअलरुपमा उद्घाटन गरिएको थियो । त्यस्तै, दुई देशबीच दीर्घकालीन ऊर्जा सम्झौता गरिएको थियो जसमा भारतले आगामी १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् आपूर्ति गर्ने लक्ष्य लिएको छ ।साभार : रातोपाटी

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

12 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

12 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

19 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

23 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

14 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

15 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

12 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

23 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

26 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले