सामाजिक विकास र अनुसन्धान केन्द्रको ३२ औँ साधारण सभा सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम १९ गते साउन । सामाजिक क्षेत्रमा लामो समय देखि काम गर्दै आएको सामाजिक विकास र अनुसन्धान केन्द्र(एसडिआरसी)को ३२ औँ साधारण सभा शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ । बाल संरक्षण, बाल विकास, महिला हिँसाका विरुद्ध, सामाजिक विकास,विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएका एसडिआरसीका अध्यक्ष मञ्जु यादवको अध्यक्षतामा भएको सो साधारण सभामा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामचन्द्र मंडलले सामाजिक रुपान्तरणको लागि सडकमा काम भएपछि मात्र सदनमा त्यसको असर पर्ने बताउनु भयो । वर्तमान अवस्थामा मधेश प्रदेशमा सुख्खा भएपनि यहाँका नागरिकले सरकारलाई दवाब दिन सडकमा नआएकाले सदन पनि सुस्त भएको बताउनु भयो । किसानहरुको समस्या धेरै भएपनि यहाँका जनतालाई अधिकारको लागि आफ्नो आवाज राख्नु पर्ने बताउदै उहाँले सदनलाई तताउन सडकमा आवाज उढ्नुपर्ने बताउनु भयो । समाजको उन्नतीका लागि सरकार प्रत्यक्ष रुपमा विभिन्न अंग निर्माण गरी काम गरिरहेका छन् भने गैर सरकारी संस्थाहरु प््रतिविम्वका रुपमा सामाजिक क्षेत्रमा काम गरीरहेको बताउनु भयो । देश विकासमा गैर सरकारी संस्थाको आवश्यक्ता रहेपनि केहि संस्थाको नाकारात्मक क्रियाकलापका कारण नागरिकको गैर सरकारी संस्था प्रति विस्वास कम भएको उहाँले बताउनु भयो । एसडिआरसीका संस्थापक अध्यक्ष तथा संरक्षक रामसिँह यादवको विशेष उपस्थितीमा भएको सो साधारण सभामा सस्थाका कार्यक्रम संयोजक विवश श्रेष्ठले गत आर्थिक वर्षमा संस्थाले बाल संरक्षण तथा बाल सपना परियोजनाका क्षेत्रमा गरेको कामहरुका बारेमा जानकारी गराउनु भएको थियो । तीन वर्ष मुनिका बालबालिकाहरुको विकासका लागि संचालित परियोजनाले बालबालिकाहरुको शारीरिक विकास, भाषिक विकास, बौधिक विकास,सामाजिक विकास र संबेगात्मक विकासका लागि काम गरेको बताउनु भयो । प्लान ईन्टरनेशनलको सहयोगमा दुई वटा परियोजना गत आर्थिक वर्षमा संचालन भएको उहाँले जानकारी दिदै चालु आर्थिक वर्षमा बालबालिका तथा किशोरीहरुको संरक्षण र दक्षताका लागि गल्र्स स्टेन्डिङ स्टोन नामक परियोजना संचालन भएको बताउनु भयो । साधारण सभामा संस्थाका अध्यक्ष मञ्जु यादवले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मंडल,प्लान ईन्टरनेसनल नेपालका इसीडी परियोजना बिशेषज्ञ मिहिर कुमार झा, एनजीओ फेड्रेसनका केन्द्रिय सदस्य रामचन्द्र साह, पुर्व प्रदेश संयोजक धिरेन्द्र बहादुर सिँह लगायतकाले मन्तव्य राख्नु भएको थियो । संस्थाका कर्मचारी जिबछ दासले उद्घोषण गर्नुभएको सो साधारण सभामा संस्थाका सचिव सोनफी साहले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारण सभामा संस्थाका पदाधिकारी, कर्मचारी, विभिन्न गैरसरकारी संस्था संग आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

12 comments
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

4 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

4 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

5 दिन पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

5 दिन पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

5 दिन पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

5 दिन पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

14 दिन पहिले

एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..

जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..

17 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

4 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

4 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

4 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..