वर्तमान सरकार निरंकुशता तर्फ उन्मुख : कांग्रेस सह—महामन्त्री यादव

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ।  नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवले वर्तमान सरकार निरंकुशता तर्फ उन्मुख भएको बताएका छन् । नेपाल सांस्कृतिक महासंघको मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शनिवार जनकपुरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार सुनियोजित तरिकाले कांग्रेसका नेताहरुलाई पक्राउ गरि विभिन्न झुठा मुद्दामा फसाउने काममा लागेको आरोप लगाए । कांग्रेस सांसद शर्मालाई गृहमन्त्रीको राजीनामा मागेको भन्दै राजनीतिक पूर्वाग्रह साध्न पक्राउ गरिएको उनको आरोप छ । उनले भने नेपाली कांग्रेसका नेता बालकृष्ण खांडलाई समेत झुठा अभियोग लगाई पक्राउ गरेको छ । अदालतबाट उनी निर्देष भई आउनेमा आफुहरु विश्वस्त रहेको बताए । राजनीतिमा प्रतिशोध साध्न पाइँदैन । सुनियोजित रुपमा कसैलाई पक्राउ गर्नु गलत हो,’ सहमहामन्त्री यादवले भने ।

कार्यक्रममा मधेश प्रदेश सभाका प्रदेश सभा सदस्य रामसरोज यादवले मिथिला संस्कृतिको संरक्षणमा सांस्कृतिक महासंघले निर्वाह गरेको भुमिकको प्रंशसा गरेका छन । पौराणिक कालदेखिकै सवल र उन्नत मिथिला संस्कृतिको संरक्षण र युवा पुस्तामा आकर्षणका लागि घर परिवारबाटै सचेतना अभियान थालिनुपर्ने खाँचो उनले औँल्याए । साथै, मिथिला संस्कृतिको महत्वलाई उजागर गर्दै यसको प्रवद्र्धनका लागि सरोकार भएका सबै एकताबद्ध भई गाउँगाउँसम्म अभियानकै रुपमा जागरण फैलाइनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य शेष नारायण यादवले पूर्वीय सभ्यताको विशिष्ठ पहिचान बोकेको मिथिला संस्कृतिको उचित संरक्षण प्रवद्र्धन नहुँदा मिथिलाको पहिचान सङ्कटमा परेको भन्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । पूर्वीय सभ्यताको प्रतिक, सांस्कृतिक दर्शन र संस्कारलाई पहिचान गराउने मिथिला संस्कृतिको जगेर्ना र यसको महत्वलाई आम जनमानसमा पु¥याउन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अभियानकै रुपमा अघि बढाइनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जंगीलाल रायले संस्कृति, संस्कार र सभ्यता नरहे समाज र राष्ट्र नै कमजोर अवस्थामा पुग्ने खतरा औँल्याउँदै मिथिला संस्कृतिको प्रवद्र्धनका लागि आ–आफ्नै परिवारबाट शुरु गरिनुपर्ने बताए । उनले भने आफ्नो भाषा, संस्कृतिको संरक्षण नभए समाज र देशको पहिचानै संकटमा पर्ने बताउँदै मिथिला संस्कृतिको संरक्षणमा सबै एकताबद्ध भएर अभियान चलाउनुपर्छ ।

कार्यक्रममा सांस्कृतिक महासंघका केन्द्रिय सभापति तिर्थ बहादुर थापाले सांस्कृतिककर्मीहरुको सम्मानका लागि महासंघको स्थापना गरिएको बताउदै कलाकर्मीहरुले केवल सम्मान, पेशाको सुरक्षा र पहिचानका लागि महासंघमा आवद्धता जनाएको बताए । सांस्कृतिककर्मीले मात्र देशमा परिवर्तन गर्न सक्छन भन्ने भावना नेपाली काँग्रेसले बुझन जरुरी रहेको उनको भनाई थियो । सोही अवसरमा नेपाल सांस्कृतिक महासंघका महामन्त्री शिवसंकर रिजाल (जोगिन्दर) ले नेपाली काँग्रेसलाई कसरी वलियो बनाउन सकिन्छ भनेर सांस्कृतिक महासंघ लागि परेको भन्दै पार्टीलाई सबल र सक्षम वनाउन समय समयमा कार्यक्रम समेत गर्ने गरेको बताए । सांस्कृतिक महासंघको महत्वलाई पार्टीले सदुपयोग गर्न सुझाव दिदै उनले यस पेशामा आवद्ध कलाकर्मीको संरक्षणका लागि टेवा पुग्ने गरि प्राथमिकता दिन माग गरे ।

नेपाल सांस्कृतिक महासंघ मधेश प्रदेशका संयोजक एवम् उप—सभापति जिवनाथ चौधरीको अध्यक्षतामा भएको सो अन्तरक्रियामा सहभागि मधेश प्रदेश जिल्लाका सभापतिले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रुपमा रहेको नेपाली काँग्रेस गम्भिर नभएको गुनासो पोखेका छन् । उनीहरुले सांस्कृतिक संघलाई नेपाली काँग्रेस पार्टीले प्राथमिकतामा राख्न जरुरी रहेको भन्दै सांस्कृतिक संघको जुन महत्व छ सोही अनुसार पार्टीले स्थान नदिदा कलाकर्मीहरुको सम्मानमा कमी आएको गुनासो गरे ।

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

16 घन्टा पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

16 घन्टा पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

1 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

1 दिन पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

1 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

6 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

17 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

19 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

20 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

25 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

27 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

1 महीना पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..