सरकार ढल्नबाट जोगाउन कोशी प्रदेशमा गठबन्धनले ज्येष्ठ सदस्यलाई मन्त्री बनायो
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं। कोशी प्रदेश सभाका सबैभन्दा ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सत्तारुढ गठबन्धनले राज्यमन्त्री नियुक्त गरेको छ।सरकारले विश्वासको मत नलिँदै उपसभामुखले राजीनामा दिएमा मण्डलले बैठकको अध्यक्षता गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट जोगिन गठबन्धनले उनलाई मन्त्री बनाएको हो । मन्त्रीले प्रदेशसभा बैठकको अध्यक्षता गर्न मिल्दैन।मुख्यमन्त्री उद्धव थापाले आज मण्डललाई कृषि राज्यमन्त्री नियुक्त गरेका हुन्। कोशीमा सत्तारुढ गठबन्धनले आफ्ना सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर आफ्नो पक्षमा बहुमत जुटाएको थियो।बहुमत जुटाएर सरकार गठन भएको भए पनि यो सरकारले विश्वासको मत लिन बाँकी छ। प्रदेशसभाका सभामुखले राजीनामा दिइसकेको हुँदा सरकारले विश्वासको मत लिने बेला उपसभामुखले पनि राजीनामा दिए ज्येष्ठ सदस्यको रुपमा मण्डलले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्थ्यो।यदि मण्डलले बैठकको अध्यक्षता गरेको भए त्यो बैठकमा उनी सभामुखको हैसियतमा हुन्थे र सरकारलाई विश्वासको मत दिन पाउँदैनथे। उनले मत दिन नपाउँदा सत्तारुढ गठबन्धनको बहुमत पुग्दैनथ्यो र विश्वासको मत नपाएका कारण सरकार ढल्थ्यो।
तर, अब मन्त्री भएपछि मण्डलले बैठकको अध्यक्षता गर्नु पर्दैन र उनले विश्वासको मत दिन पाउँछन्। नवनियुक्त राज्यमन्त्री मण्डलले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरिसकेका छन्।कोशी प्रदेशसभाको बैठक भदौ १ गतेदेखि बोलाइएको छ। साउन १६ गते सभामुखलाई राजीनामा गराएर उनको समेत समर्थनमा सरकार गठन गरेका मुख्यमन्त्री थापाले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।उपसभामुखले राजीनामा दिएको अवस्थामा प्रदेश सभा बैठकको अध्यक्षता मण्डलले गर्नुपर्ने हुन सक्थ्यो तर अब उनी मन्त्री बनेपछि यो जिम्मेवारी एमालेका ज्येष्ठ सदस्य रोहितबहादुर कार्कीमाथि जानेछ।कार्कीभन्दा पछि पनि ज्येष्ठ सदस्यहरु एमालेकै मालतीकुमारी लिम्बू, खड्गबहादुर बस्नेत र रामप्रसाद महतो छन्। यस्तोमा बैठकको अध्यक्षता गर्नुपर्ने जिम्मेवारी सजिलै गठबन्धनका कुनै पनि सदस्यमाथि जाने अवस्था छैन। अब मण्डल सरकारमा गएका कारण ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आए एमालेका सांसद कार्कीले गर्नुपर्नेछ।उपसभामुख सृजना दनुवार एमालेकी हुन्। उनले राजीनामा नदिइ विदामा बस्ने तयारी गरेकी छिन्। कोशी प्रदेशसभामा सभामुख र उपसभामुख नभएको अवस्थामा बैठकको अध्यक्षता गर्नको लागि ४ सदस्यीय अध्यक्ष मण्डल छ।उपसभामुख विदामा जाँदा उनले अध्यक्ष मण्डललाई जिम्मेवारी हस्तान्तरण गरेर जान सक्छिन्। तर, उपसभामुखले राजीनामा दिएमा अध्यक्ष मण्डल पनि स्वतः खारेज हुनेछ र बैठकको अध्यक्षता गर्नुपर्ने जिम्मेवारी ज्येष्ठ सदस्यमाथि जानेछ।साभार : डिसी नेपाल
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
15 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
15 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
1 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
1 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
17 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
19 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
20 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
25 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
27 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..