जथाभावी फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने
3 वर्ष पहिले प्रकाशित
Smrititimes
वीरगन्ज । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना गर्दै आएको वीरगन्ज महानगरले आजदेखि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने भएको हो ।महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँले जानकारी दिए ।
“जथाभावी फोहर फ्याँक्नेसँग हामीले २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउँदै आएका छौँ, अझै फोहर फाल्ने क्रम रोकिएको छैन्”, उनले भने, “जरिवाना गर्दा फोहर फाल्ने केही कम त भएको छ, तर अपेक्षाकृत घटेको छैन । त्यसैले अब फोहर फाल्नेलाई जरिवानामात्रै होइन, सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेका छौँ ।” सरसफाइ शाखा प्रमुख मियाँका अनुसार हालसम्म जथाभावी फोहर फ्याँक्ने पाँच सय ७५ व्यक्ति र संस्थाबाट महानगरले रु १७ लाख ५४ हजार जरिवानावापत राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा जरिवानाबाट रु १५ लाख ३६ हजार तथा चालु आव २०८०÷८१ को साउनमा जरिवानावापत रु दुई लाख १८ हजार राजस्व सङ्कलन भएको छ ।“घर, पसल र कार्यालयबाट निस्किने फोहर जताततै फ्याँक्ने स्थानीयमा प्रवृत्ति छ”, उनले भने, “त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।” यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ ।
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नं १ देखि ३२ वटै वडामा वीरगन्जस्थित पृथीतारा एमके इन्टरनेसनल जेभीसँग गत २०७६ जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ । बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सरसफाइ भइरहेको छ । नालाको सरसफाइ महानगर आफैँले गर्छ भने सडकको सरसफाइ साझेदार संस्था पृथी तारा एनके इन्टरनेशन जेभीले गरिरहेको छ ।
साभार : रातोपाटी
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
15 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
15 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
1 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
1 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
17 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
19 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
20 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
25 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
27 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..