जनकपुरधाममा झुलनोत्सव पर्व शुरु, पूर्णिमासम्म चल्ने
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेको मठ मन्दिरहरूमा झुलनोत्सव पर्व शुरु भएको छ । हिजो साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र विघा रंगभूमि मैदानमा मणिपर्व विधि सम्पन्न भएपछि प्रत्येक राति झुलनोत्सव पर्व मनाइने गरिन्छ । साउन शुक्ल तृतीया तिथिबाट शुरु भई १५ दिनसम्म मनाइने झुलनोत्सव पर्व यस पटक मलिमासका कारणले ढिलो गरि शुरु भएको छ । तिथिको हिसाबले त्यही नै मानिएपनि महिनाको हिसाबले भदौ शुरु भएको छ । जनकपुरधामको जानकी मन्दिर सहित अन्य मठ मन्दिरहरूमा हिजोदेखि शुरु भएको छ । भगवान् श्रीरामजानकी सहितका देवी देउतालाई सजाईको डोलामा सिंहासन सहित राखेर झुलाउँदै भजनकिर्तन सहित जनकपुरधाम स्थित मठ मन्दिरहरूमा प्रत्येक दिन साँझ आयोजना हुने झुलनोत्सव पर्व पूर्णिमासम्म चल्ने गर्दछ । धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिर, राम मन्दिर, बिहारकुण्ड, अग्निकुण्ड, महोत्तरीको मटिहानी स्थित लक्ष्मीनारायण मन्दिर लगायत सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र भारत बिहार सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका मठ मन्दिरहरूमा धुमधामका साथ झुलनोत्वसव पर्व मनाइँदै आएको छ ।राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने सँगसँगै नाचगान, भजन कीर्तन र लोक कथाहरू सुनाइने गरिन्छ । जनकपुरधामको रत्नसागर मन्दिरको झुला विशेष रुपमा हुने गर्दछ । झुला र नाच हेर्नका लागि मन्दिरमा भक्तजनहरूको साँझ पर्ने बित्तिकै भीड लाग्ने गर्दछ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने गरिन्छ ।
सन् १७३० मा जानकी मन्दिरका पहिलो महन्थ सुरकिशोर दास वैष्णवको कार्यकालदेखि नै झुला महोत्सवको आरम्भ भएको मानिँदै आएको छ । जानकी मन्दिरबाट शुरु भएको झुलनोत्सव जनकपुरधामस्थित मठमन्दिरमा मात्र नभई मिथिलाञ्चल क्षेत्रका अधिकांश मठ मन्दिरमा झुलनोत्सव पर्व मनाइँदै आएको छ ।

झुल्नोत्सवमा महिलाहरू झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेध बाँड्ने परम्परा छ । मिथिलाञ्चलको मठ मन्दिरमा हर्षोल्लासका साथ साउन महिनामा पर्व मनाउँदै आएको छ । साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा पर्वको समापन गर्ने चलन रहेको छ । जनकपुरधाम सहित मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुलनोत्सव पर्व बनाएपनि पनि जानकी मन्दिरमा विशेष रुपमा मनाइने भएकाले पर्यटक तथा तीर्थयात्रीको भिड जानकी मन्दिरमा नै हुने गरेको छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ ।जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले झुलनोत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै जानकारी दिनु भयो । त्रेतायुगमा भगवान् राम र सीता सिंहासनमा बसेर झुलेको जनविश्वास अनुसार पौराणिक कालदेखि नै झुलनोत्सव मनाइँदै आएको महन्थ दासको भनाई रहेको छ । साभार : रेडियो नेपाल
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
22 घन्टा पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
22 घन्टा पहिले
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
23 घन्टा पहिले
भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..
जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..
23 घन्टा पहिले
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
23 घन्टा पहिले
धनुषामा कफ्र्यू कार्यान्वयन गर्न नेपाली सेना परिचालन
जनकपुरधाम साउन १४ गते । धनुषा जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू प्र..
23 घन्टा पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..