बाल श्रम अन्त्यका लागि प्रदेश साँसदहरु संग आसमानको अन्तरक्रिया सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम भदौँ ७ गते । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले तिन तहको सरकार तथा गैरसरकारी संस्थाहरुले जनताकै लागि कार्य गरेपनि आपसी सहमतीको आभावमा प्रभावकारी हुननसकेको बताउनु भएको छ । आसमान नेपालको आयोजनामा बिहिबार जनकपुरधाममा आयोजित बाल श्रम अन्त्यका लागि प्रादेशिक पहल विषयमा प्रदेशका मन्त्री तथा साँसदहरुसंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले बालश्रम अन्त्य गर्न शिक्षाको स्तर बढाउनु पर्ने बताउनु भयो । व्यवस्थित शिक्षा भए बालश्रमलाई न्यनिकरण गर्न सकिने बताउनु भयो । अभिभावक साक्षर भए विस्तारै बालबालिकाहरुको शिक्षा स्तरमा बृद्धि भई बालश्रम अन्य हुने बताउनु भयो । सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि श्रम तथा यातायात मन्त्री चन्दन सिँहले बालश्रमलाई न्युनिकरण गर्न प्रदेश सरकारले श्रम ऐनको डफ्ट तयार गरी कानुन मन्त्रालयमा पढाएको बताउदै निकट भविश्यमा कानुन बन्ने बताउनु भयो । उहाँले बाल श्रममुक्त प्रदेश बनाउने अभियानमा लागेको बताउनु भयो । आसमान नेपालका कार्यक्रम प्रमुख दिनेश्वर साहको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै प्रदेश साँसद रामअशिष यादवले २००८ मा नेपाल १६ लाख बाल श्रमिक रहेकोमा अहिले ११ लाख बाल श्रमिक भएको बताउदै प्रयास भएपनि संतोषजनक अवस्था नरहेको बताउनु भयो । कानुन बनाएर मात्र नभई बालबालिका संरक्षण एैन प्रदेश सरकारले पास गरेपनि व्यवहारमा लागु हुननसकेको बताउनु भयो । बाल श्रम न्युनिकरणमा शिक्षाको आभाव बाधक बनेको बताउदै उहाँले सामुदायिक विद्यालयलाई जति सुबिधा सम्पन्न बनायौ गुणस्तरीय शिक्षामा त्यति विकास हुने बताउनु भयो । कार्यक्रममा बोल्दै महिला बालबालिका तथा सामाजिक न्याय समितिका पुर्व सभापति तथा प्रदेश साँसद जयनुल राइनले विभिन्न ऐनहरु बाँझिएकाले कार्यान्वयनमा समस्या भईरहेको बताउनु भयो । बालश्रमका लागि मजबुर भएका हरुका लागि प्रदेश तथा स्थानीय सरकारले काम गर्नुपर्ने बताउनु भयो । उक्त समिति वडास्तर सम्म हुनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा अर्का साँसद दिपेन्द्र ठाकुरले बालश्रमको कुरा ठुला होटेलमा नभई ग्रामिण स्तरमा गएर गर्नुपर्ने बताउनु भयो । बालश्रमका कुरा २००८ देखि चलेपनि सुरु देखि नै ग्रासरुटमा गएर अभियान थालिएको भए धेरै सफलता हुने बताउदै उहाँले अव पनि यस प्रति जागरुक हुनु पर्ने बताउनु भयो । कार्यक्रममा आसमान नेपालका कार्यक्रम प्रमुख दिनेश्वर साहले विगत देखि अहिले सम्म शिक्षा तथा बाल श्रमका क्षेत्रमा आफुहरुले गरेको कामको बारेमा जानकारी गराउनु भयो । सो कार्यक्रममा आसमान नेपाल तथा श्रम कार्यालयको तर्फबाट बाल श्रमका अवस्थाका बारेमा दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रदेश साँसद तथा पुर्व मन्त्री सरोज यादव, अभिराम शर्मा, साँसदहरु हरि नारायण महतो, कञ्चन बिच्छा लगायतकाले मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा आसमान नेपालका कार्यक्रम प््रवन्धक मनिराम आचार्य, परियोजना संयोजक दिपेन्द्र तिवारी,सबै बालबालिका पुर्ण समय औपचारिक दिवा स्कुलमा हुनुपर्ने अभियानका प्रदेश संयोजक रक्की प्रसाद साह लगायतको उपस्थिती रहेको थियो । दिगो विकास लक्ष्य प्राप्तीका लागि बालश्रम, अतिजोखिमयुक्त बालश्रम तथा बालबालिका बेचबिखनका सम्बन्धि बूँदा ८.७ मा केन्द्रि भएर सो कार्यक्रम गरिएको थियो ।
.jpg)
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
14 घन्टा पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
14 घन्टा पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
1 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
1 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
1 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
17 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
19 दिन पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
20 दिन पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
25 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
27 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..
बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..