नौ जना सभापति निर्विरोध निश्चित
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ, भदौ ११ गते । प्रतिनिधि सभाका दसमध्ये नौ विषयगत समिति सभापति निर्विरोध चयन हुने निश्चित भएको छ । प्रतिनिधि सभा सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाभित्र दसमध्ये नौ सभापतिमा एकल उम्मेदवारी दर्ता भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । एकल उम्मेदवारीले निर्विरोध भए पनि घोषणा भने सम्बन्धित समितिले सोमबार मात्र गर्ने छन् । प्रतिनिधि सभा नियमावलीको नियम १७६ (४) बमोजिम एक मात्र मनोनयन दर्ता भएमा निर्विरोध हुने व्यवस्था छ । प्रमुख राजनीतिक दलहरूले समिति सभापतिमा भागबन्डा गरेका छन् । प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका अन्य दलले सभापतिमा भागबन्डा पाएका छन् । अन्तिम समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समितिमा भाग पाएको छ । नेकपा (माओवादी केन्द्र) ले पाएको दुई समितिबाट एउटा राप्रपाले पाएको हो । समितिको नेतृत्वमा राजनीतिक सहमति नभएपछि रास्वपाले भने एउटामा मनोनयन दर्ता गरेको छ । प्रतिनिधि सभा सचिवालयका अनुसार नेपाली कांग्रेसका तर्फबाट तीन समितिमा उम्मेदवारी परेको छ । कांग्रेसबाट राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, अर्थ समितिमा सन्तोष चालिसे र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणाको उम्मेदवारी परेको छ । तीनै समितिमा एक उम्मेदवारी परेको छ ।
यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सार्वजनिक लेखासहित दुई समितिमा उम्मेदवारी दिएको छ । लेखामा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहले उम्मेदवारी दिनुभएको छ । लेखा प्रतिपक्ष दलले पाउने संसदीय मान्यता अनुसार एमालेले पाएको हो । एमालेले उम्मेदवारी दिएका समितिमा पनि एकल मनोनयन परेको छ । यस्तै माओवादी केन्द्रले कानुन न्याय तथा मानव अधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाएको छ । सुवेदीको पनि एकल मनोनयन परेको छ । यस्तै राप्रपाले पूर्वाधार विकास समितिमा दीपक सिंहलाई उम्मेदवार बनाएको छ । सिंहको पनि एकल उम्मेदवारी दर्ता भएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) को भागमा परेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भानुभक्त जोशीको उम्मेदवारी परेको छ । जोशीको पनि एकल मनोनयन परेको छ । यस्तै जनता समाजवादी पार्टीले पाएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राजकिशोर यादव सभापतिको उम्मेदवार बन्नुभएको छ । यादवको पनि एकल मनोनयन परेको छ । जनमत पार्टीले पाएको उद्योग तथा वाणिज्य समितिमा भने दुई जनाको मनोनयन दर्ता भएको छ । उद्योगमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ । दुईबिच सोमबार निर्वाचन हुने छ ।
दुई पूर्वमन्त्रीको उम्मेदवारी
विषयगत समितिमा दुई पूर्वमन्त्रीको उम्मेदवारी परेको छ । संसदीय समिति सभापतिले राज्यमन्त्रीसरहको सेवा सुविधा पाउने कानुनी व्यवस्था छ । यसअघि मन्त्री भइसक्नुभएका राजकिशोर यादव र अब्दुल खानको सभापतिमा उम्मेदवारी परेको हो ।प्रतिनिधि सभा सदस्यहरूको शपथ भएको आठ महिनापछि विषयगत समिति सभापति चयन हुन लागेका हुन् । २०७९ पुस २५ गते प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको थियो । यस्तै वैशाख १५ मा समिति गठन भएका थिए । ज्येष्ठ सदस्यको अध्यक्षतामा जेठ २ गते सबै समितिको पहिलो बैठक बसेको थियो । यस्तै सङ्घीय संसद्को दुई संसदीय समिति सभापति चयनको प्रक्रिया पनि सुरु भएको छैन । यसअघि गठन भएका दुई समितिमध्ये संसदीय सुनुवाइ ज्येष्ठ सदस्यको अध्यक्षतामा सक्रिय भइरहेको छ । संसदीय सुनुवाइको नेतृत्व सत्तारूढ कांग्रेसले पाउने राजनीतिक सहमति छ । समितिमा कांग्रेसले जीवन परियारलाई उम्मेदवार बनाउने आन्तरिक समझदारी गरिसकेको छ । यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व प्रमुख प्रतिपक्ष एमालेलाई दिने सहमति छ । एमालेले विमला घिमिरेलाई समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । साभार : गोरखापत्र
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
4 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
4 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
5 दिन पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
5 दिन पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
5 दिन पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
5 दिन पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
14 दिन पहिले
एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..
जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..
17 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
4 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
4 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
4 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
4 महीना पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..