दुई वर्षभित्र प्रविधिमैत्री गाउँपालिका बनाउँछु

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये लक्ष्मीनियाँ गाउँपालिका पनि एक हो। साबिकका तीन वटा गाविस समावेश गरी बनेको यस गाउँपालिकाको नाम लक्ष्मीनियाँ माई स्थानको नामबाट राखिएको छ। सात वटा वडा रहेको यस गाउँपालिकाको कुल क्षेत्रफल ३०.६६ वर्ग किमी रहेको छ भने कुल जनसङ्ख्या ३१ हजार ८८१ छ। उत्तरमा बटेश्वर गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिका, दक्षिणमा जनकपुरधाम उपमहानगरपालिका, पूर्वमा मिथिला विहारी नगरपालिका र  पश्चिममा महोत्तरीको भङ्गहा नगरपालिका पर्दछ। स्थानीय तहको निर्वाचनपछि भौतिक पूर्वाधार विकासले गति लिएसँगै यहाँको सडक हिलाम्मेबाट पक्कीमा परिणत भएका छन्। एक वर्षको कार्यकालमा लक्ष्मीनियाँ गाउँपालिकाले गरेका विकास निर्माण कार्य एवं भावी योजनालगायतका विषयमा केन्द्रित रहेर लक्ष्मीनियाँ गाउँपालिकाका प्रमुख भोगेन्द्र मिश्रसँग गोरखापत्रका जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ : 

गाउँपालिका प्रमुखमा निर्वाचित भएपछि लक्ष्मीनियाँ गाउँपालिकामा के–के काम गर्नुभयो ?

केही सिक्दै छु, केही सिकाउँदैछु। सिक्ने सिकाउने काम भइरहेको छ। काम गर्ने क्रममा झिना मसिना समस्यालाई पार गर्दै एक वर्ष बितेको छ। यस गाउँपालिकाको प्रमुख उपलब्धि भनेको हामीले छनोट गरेका विकास निर्माण योजनाका सम्पूर्ण काम समयमा नै सम्पन्न गर्दै गाउँपालिकालाई प्रणालीमा ल्याउन सफल भएका छौँ। कुनै पनि योजना छनोट गर्दा विवादित ठाउँलाई लिएका छैनौँ। योजना राख्ने भए विवाद सल्टाएर मात्रै राख्ने गरेका छौँ। त्यसै कारणले होला गाउँपालिकामा एक वर्षमा त्यस्तो कुनै ठुलो चुनौती वा समस्याको सामना गर्नु परेन। आर्थिक वर्ष २०७९/८० को काम समयमा सम्पन्न गर्न सफल भएका छौँ। 

स्वास्थ्य, शिक्षा र कृषिमा के–कस्ता काम भएका छन् त ?

गाउँपालिकामा स्वास्थ्य, शिक्षा र कृषिमा सुधार ल्याउने हाम्रो पहिलो प्र्र्र्र्र्राथमिकतामा परेको छ। त्यसै अनुरूप प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाका भौतिक संरचना निर्माण गरी औषधीको व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालनलगायतका कामहरू गरेका छौँ। यसका साथै गाउँपालिकामा एक बर्थिङ सेन्टरको स्थापना र एम्बुलेन्ससमेत खरिद गरेका छौँ। यस्तै कृषितर्फ प्रत्येक वडामा कृषि सडक निर्माण गरी सिँचाइका लागि कृषि मिटर र स्यालो ट्युबेल पनि जडान गर्दै आएका छौँ। विगतका दिनमा अधुरा रहेका काम पूरा गर्ने क्रममा बाटो, नाला निर्माण गरेका छौँ। शैक्षिक संस्थाहरूको आवश्यकता अनुसार भौतिक संरचना निर्माण गर्नुका साथै विद्यालयमा फर्निचर तथा खानेपानीका लागि फिल्टरको व्यवस्थापन, जाडोमा विद्यार्थीलाई न्यानो लुगालगायतका सामग्री वितरण गरेका छौँ। खेलकुद प्रतियोगिता, छात्रवृत्तिको व्यवस्था पनि गरेका छौँ। स्वास्थ्यमा सबैको समान पहुँचका लागि स्वास्थ्य क्षेत्रमा अहिले गाउँपालिकाको सात वटै वडामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ। औषधी सहज र सुलभ तवरले होस् भन्ने हिसाबले स्वास्थ्य शिविर, हेल्थ पोस्टमा स्त्रीरोग विशेषज्ञद्वारा नियमित निःशुल्क जाँचको पनि व्यवस्था गरेका छौँ। यसबाहेक धार्मिक पर्यटकीय क्षेत्रका मठ मन्दिर संरक्षण गर्ने कार्य गरेका छौँ । कृषि क्षेत्रमा कृषि तालिम, धान, गहुँ र तरकारी पकेट क्षेत्रलाई निरन्तरता दिने कार्यसमेत गरेका छौँ। 

मतदातासँग निर्वाचनका बेला गरिएका प्रतिबद्धता कति पूरा गर्नुभयो ?

निर्वाचनका बेला मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने तर्फ नै लागेको छु। शिक्षा क्षेत्रमा सुधार, स्वास्थ्य क्षेत्रमा प्रत्येक नागरिकको पहुँचका लागि एम्बुलेन्स खरिद, एक वर्षमा दुई सयभन्दा बढी स्थानीयवासीको आँखाको निःशुल्क शल्यक्रिया गरेका छौँ। महिला स्वरोजगारका लागि विभिन्न खालका सिपमूलक तालिमको व्यवस्था गरेका छौँ, सहकारीसँगको सहकार्यमा कृषि पकेट क्षेत्रलाई निरन्तरता दिने कार्यसमेत भएको छ। कृषि बाटो निर्माण, किसान कार्ड र मल वितरणमा कुनै पक्षपात नहुनेलगायत कार्य गरेका छौँ। एक वर्ष बितेको छ। अझै चार वर्ष काम गर्न बाँकी नै छ। बाँकी रहेका काम आगामी वर्षमा पूरा गर्ने छु। 

एक वर्षमा कस्ता खालका चुनौती तथा समस्याको सामना गर्नुप-यो ?

लक्ष्मीनियाँ गाउँपालिकामा त्यस्तो धेरै ठुलो चुनौती भने आएको छैन। विद्यालय व्यवस्थापन समिति चयन हुन सकेको छैन, त्यसका लागि अलि चिन्तित छु। रह्यो समस्याको कुरा विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू  हुनुहुन्छ। सबैको विचार एउटै हुँदैन कहिलेकाहिँ विचार नमिल्दा समस्या आउँछ तर त्यसलाई पनि वार्ता र संवाद गरेर समाधान गर्न सकिन्छ। त्यसैले समग्रमा कुनै ठुलो समस्या वा चुनौतीको सामना गर्नु परेको छैन। 

गाउँपालिकाको आन्तरिक स्रोतसाधन के के छन् र त्यसको परिचालन कसरी भइरहेको छ ?

यस गाउँपालिकाको आन्तरिक स्रोतसाधन भनेको कार्यालयमा आएको राजस्व र बजार व्यवस्थापनबाट उठ्ने रकम मात्र हो। पोखरी र खेतबारीहरू पञ्चायतकालदेखि विद्यालयकै मातहतमा छ। त्यसको आम्दानी पनि विद्यालयले नै चलाउने गरेको छ। त्यसैले यो पालिका सङ्घ र प्रदेशको अनुदानबाट मात्र चलेको छ। 

सङ्घ र प्रदेश सरकारसँगको समन्वय कस्तो छ ? 

प्रदेश सरकारसँग कुनै समन्वय नै छैन। आफ्नो हिसाबले बजेट विनियोजन गरेका हुन्छन्। न कुनै सोधपुछ, न कुनै सल्लाह नै हुन्छ। प्रदेश सांसदहरू बजेट लिएर आउँछन् र काम गरेर जान्छन्। पालिकालाई कुनै जानकारी हुँदैन। प्रदेश सांसदले बजेट र कामबारे कसैलाई जानकारी गराउनु पर्दैन भन्नुहुन्छ। त्यसैले प्रदेशसँग कुनै समन्वय छैन। जहाँ पनि भौतिक पूर्वाधारमा मात्र बजेट हालेका हुन्छन्। प्रदेशले स्वास्थ्यलाई छोएकै छैन। यस्तै सङ्घ सरकारको स्वास्थ्य, शिक्षा र कृषि मन्त्रालयबाट जुन किसिम समन्वय हुनुपर्ने त्यो भइरहेको छैन। जुन बजेट दिन्छन् त्यसैमा काम गरिरहेका छौँ। स्वास्थ्य शिक्षा, कृषिका आवश्यकता धेरै छन् त्यसका लागि परामर्श गरी समन्वय हुनुपर्ने हो, त्यो भइरहेको छैन।   

आगामी चार वर्षमा के कस्ता कामलाई प्राथमिकतामा राख्नु हुन्छ ? 

कृषिलाई विद्युतीकरण गर्ने छु। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये कम्तीमा एक विद्यालयलाई नमुना विद्यालय घोषण गरिने छ। आगामी चार वर्षमा बाँकी रहेका कामलाई निरन्तरता दिने छौँ। अपुरा तथा अधुरा रहेका कामलाई प्राथमिकतामा राख्ने छौँ। पहिले अधुरा रहेका काम सम्पन्न गरेर मात्र नयाँ कामको सुरुवात गर्ने छौँ। आगामी दुई वर्षमा डिजिटलाइज लक्ष्मीनियाँ गाउँपालिका घोषणा गरिने छ। प्रविधिमैत्री बनाउँछु।   

साभार : गोरखापत्र

12 comments
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

7 घन्टा पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

7 घन्टा पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

8 घन्टा पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

12 घन्टा पहिले

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता

युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..

13 घन्टा पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

5 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

16 दिन पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

18 दिन पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

19 दिन पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

25 दिन पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

26 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

29 दिन पहिले

नेपाल–भारत सीमा पिपरौन सँ नेपाल अनेत काल १७ वर्षक नाबालि..

बटुकनाथ झा जनकपुरधाम भादब ४ गते । भारत–नेपाल सीमा अन्तर्गत पिपरौन चेकपोस्ट पर सशस्त्र सीमा बल (एसएसबी) केर ४८औँ ..

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..