भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया
3 वर्ष पहिले प्रकाशित
Smrititimes
राहुल कुमार सिंह
जनकपुरधाम, भदौ १९ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको सभा हलमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख, उप—प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्ष , वडा सदस्य लगायतलाई सहभागी गराएर अन्तरक्रिया गरिएको हो । पछिल्लो समय सबै तहमा भ्रष्टाचार बढेको गुनासो र उजुरीको तथ्य सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्न अन्तरक्रिया गरिएको आयोगको बर्दिबास कार्यालयले जनाएको छ । स्थानीय सरकारसँग आयोगको अपेक्षा र भ्रष्टाचार नियन्त्रणमा स्थानीय निकायका नगर प्रमुख, उप—प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , वडाध्यक्ष , वडा सदस्यको भूमिकाबारे जानकारी दिन अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले स्थानीय सरकारको सुशासन प्रवद्र्धन गर्न यस प्रकारको अन्तरक्रिया कार्यक्रमले सहयोग पुग्ने बताउंदै सार्वजनिक पद धारण गरेका व्यतिmहरु राष्ट्रप्रति जिम्मेवार भई नैतिक दायित्व वहन गर्दै सदैव सुशासन , पारदर्शिताका साथै नियमको परिधिमा रही काम गर्नुपर्ने बताएका छन । भ्रष्टाचारले राष्ट्रको लगानी दुरुपयोग हुने भएकोले सजग हुनुपर्ने उनले बताए । भ्रष्टाचार रोक्न समाजका सबै व्यतिmलाई एकजुट भएर लाग्न उनले आग्रह समेत गरेका छन ।
आयोगको कार्यालय, बर्दिवासका कार्यालय प्रमुख गोपाल कुमार अधिकारीले सचेत नागरिकहरुले विकास निर्माणमा चासो राख्ने र निगरानी गर्नुले अनियमितता कम हुने, अनियमितत भएमा शुरुमा सम्बन्धित निकायलाई खबरदारी गर्ने र नटेरेमा अख्तियारमा उजुरी गर्नुपर्ने बताए । स्थानीय तहमा हुने विकास निर्माण तथा योजनाका कामहरु गर्दा कानुनको परिपालना भएको हुनुपर्ने र कानुन बमोजिम भएका कामहरुमा उजुरी परेपनि काम रोकेर बस्नु नपर्ने बताए । उनले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मात्र नभई सबैको रहेको बताए । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्न सहभागीहरूले आफ्नो जिज्ञासा राख्दै अख्तियारलाई सुझाव समेत दिएका थिए ।
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
4 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
4 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
5 दिन पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
5 दिन पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
5 दिन पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
5 दिन पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
14 दिन पहिले
एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..
जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..
17 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
4 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
4 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
4 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..