प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा
2 वर्ष पहिले प्रकाशित
Smrititimes
महोत्तरी,मंसिर १९ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरीको बर्दिबास आइपुगेका छन् ।अध्यक्ष दाहाल बिहान ९ बजेदेखि बर्दिबास–४ माइस्थानमा दलको तीन महिने रूपान्तरण अभियानको मधेस प्रदेश समीक्षा बैठकमा सहभागी रहेको माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले बताए ।उनले बैठकमा मधेस प्रदेशबाट पार्टी केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्य, जिल्ला इन्चार्ज र रूपान्तरण अभियानका जिल्ला संयोजकबीच अभियानारे समीक्षा भइरहेको जानकारी दिए ।प्रदेशका आठवटै जिल्लामा सञ्चालित अभियानको जिल्ला इन्चार्जबाट जानकारी लिएपछि अध्यक्ष दाहालले थप निर्देशन दिनेछन् ।अध्यक्ष दाहाल आजै दिउँसो जिल्लाको गौशाला–५ स्थित बहूद्देश्यीय भवनमा सञ्चालन हुने पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् ।प्रशिक्षणमा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश समिति पदाधिकारी तथा सदस्य, अभियानका जिल्ला संयोजक र सम्बद्ध सदस्यहरू, जिल्ला अध्यक्षसहित एक हजार आठ सय नेता सहभागी हुनेछन् । सो कार्यक्रम सकिएपछि प्रधानमन्त्री दाहाल आजै काठमाडौँ फर्कने कार्यक्रम छ ।साभार : नेपाल प्रेस

बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
18 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
18 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
19 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
19 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
23 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
29 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
29 दिन पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
2 महीना पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
2 महीना पहिले
संघ संस्था ऐन, २०८२ को मस्यौदा प्रति गैसस महासंघको गम्भी..
जनकपुरधाम भदौँ ५ गते । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज क..
3 महीना पहिले
मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेत..
साउन १८ गते काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान ..
3 महीना पहिले
युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको ..
काठमाडौँ । साउन १६ गते राष्ट्रिय युवा सङ्घ नेपालको धनुषा–काठमाडौँ अन्तर जिल्ला कमिटीको अध्यक्षमा सुशिल ..
3 महीना पहिले