थमन विक हत्या प्रकरण : अदालतको फैसला पूर्वाग्रही रहेको भन्दै महोत्तरीमा प्रदर्शन

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,पुष २८ गते ।  सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले सात जनालाई सुनाएको जन्मकैदको फैसला विभेदकारी तथा पूर्वाग्रही रहेको भन्दै मटिहानीमा आज प्रदर्शन गरिएको छ ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नगर कमिटी मटिहानीका अध्यक्ष श्याम मण्डलको नेतृत्वमा अदालतको फैसलाविरुद्ध प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘मधेश आन्दोलनका झुटा मुद्दा खारेज गर’, ‘अदालतले पूर्वाग्रही फैसला गर्न पाइँदैन्’, ‘वीर शहिद रमर रहे’ जस्ता नारा लगाए ।मधेश आन्दोलनका बेला ०७२ भदौ २५ मा जलेश्वरमा घाइते भएका सशस्त्रका असई विकको उपचारका लागि जनकपुरधाम लग्ने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । उक्त घटनामा संलग्न रहेको भन्दै विकका आफन्तले २८ जनामाथि मुद्दा दायर गरिएको थियो ।०८० मंसिर २८ मा अदालतले लोसपाका मधेश प्रदेशसभा संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजाय सुनायो । अदालतको फैसलापछि शर्मा सम्पर्क विहिन छन् ।

महोत्तरीको ३(१)बाट शर्मा दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनलाई जन्मकैदको सजाय सुनाएपछि उनको क्षेत्रमा समर्थक र दलका नेता कार्यकर्ताहरू निरन्तर प्रदर्शन गरिरहेका छन् ।प्रदर्शनपछि कोणसभामा बोल्दै लोसपा मटिहानीका नगर अध्यक्ष मण्डलले मधेश आन्दोलनकारीमाथि लगाएको झुटा मुद्दामा अदालतले सुनाएको जन्मकैदको सजाय खारेज गर्नुपर्ने माग गरे ।उनले भने, ‘मधेश आन्दोलन अधिकार र पहिचानका लागि भएको हो । आन्दोलन सही र आन्दोलनकारी गलत हुन सक्दैन । सबै झुटा मुद्दा खारेज गर्नुपर्‍यो ।’

मधेश आन्दोलनपछि नै देशमा संघीयता आएको, मधेश प्रदेश बनेको, जनकपुरधाम राजधानी बनेको लगायतका उपलब्धि प्राप्त भएकोले आन्दोलनलाई बदनाम गर्नेगरी आन्दोलनकारीलाई अपराधी बनाउन नहुने उनको जिकिर छ ।साभार : नेपाल प्रेस

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

9 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

9 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

9 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

9 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

9 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

1 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

1 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

1 महीना पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

2 महीना पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..