राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीब झालाई धनुषाका सीडीओ कडरियाले दिए थुन्ने धम्की
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम ।
भदौँ ९ गते ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले राष्ट्रिय मुक्ति क्रान्तिका राष्ट्रिय परिषद सदस्य राजीव झालाई २४ घन्टा थुन्दिने भन्दै धम्क्याएको पाइएको छ । व्यक्तिगत रिसइबीका कारण सीडीओ कडरियाले आफूलाई थुनिदिने धम्की दिएका क्रान्तिका नेता राजीव झाले जानकारी दिनुभयो । नेता झाले जनकपुरस्थित जिल्ला विकास समन्वय समितिको कार्यालय परिसरमा क्लथ बैंक र अक्सिजन सिलिन्डर, कन्सेन्ट्रेटर बैंक सञ्चालन गर्दै आउनु भएको छ । केही महिना अगाडि सीडीओ कडरियाले झालाई उक्त व्यवसाय हटाउन मौखिक निर्देशन दिएका थिए ।’जनतालाई निःशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै आएको एक सामाजिक संस्थाको कार्यकक्ष अहिले खाली हुँदैन भनेर भनेको थिएँ,’ नेता झाले सँग भने, ’त्यसैको रिसइबी लिएर उहाँ बस्नु भएको रहेछ । तर, अहिले अर्कै प्रसंगमा सीडीओले हुँदै नभएको कुरालाई आधार बनाएर २४ घण्टा भित्र थुनिदिने धम्की दिनुभएको छ ।’ जग्गाको रजिस्ट्रेसन गराउन मालपोत कार्यालय जनकपुर पुगेका एक सेवाग्राहीको विषयलाई लिएर झाले मालपोत प्रमुख विष्णुप्रसाद सिटौलालाई फोन गरेका थिए । ’विगत ७ महिनादेखि एक जना सेवाग्राही अदालतको आदेश बमोजिम जग्गा रजिस्ट्रेसनका लागि मालपोत कार्यालयको मुद्दा फाँट, कार्यालय प्रमुखलाई भेट्दा पनि काम भइरहेको थिए,’ नेता झाले भने, ’भोलि आउनु, अर्को हप्ता आउनु, कर्मचारी नै आएको छैन, हेर्दै छु जस्तो बहाना बनाएर सेवाग्राहीलाई दुःख दिने काम गरिरहेका थिए ।’ त्यसै क्रममा आफूले मालपोतका प्रमुखलाई फोन गरेर काम गरिदिन वा नगरे किन भएन भन्ने कुराको दरपीठसहित फाइल फिर्ता पठाइदिन फोनमा भनेको झाले जानकारी दिए । ’यसरी दिनहुँ त दौडाउनु भएन नि भन्दा मालपोत प्रमुखले म काम पनि गर्दिनँ, केही लेखेर पनि दिन्नँ, तपाईं सक्नुहुन्छ भने मेरो सरुवा गराइदिनुस् भन्ने रूखो जवाफ दिनुभयो,’ झाले थपे, ’सरुवा गर्ने निकाय म होइन सेवाग्राहीको काम गर्नुस् भनेको हो ।’ त्यसपछि मालपोत प्रमुख सिटौला सीडीओ कडरियाकहाँ पुगेर नेता झाले धम्क्याएको भन्ने झुटो कुरा लागएपछि पहिलेदेखि नै व्यक्तिगत रिसइबी लिएर बसेका सीडीओले आफूलाई थुनिदिने भनेर धम्क्याएको झाले बताए । आफू अहिले काठमाडौंमा रहेको भन्दा पनि ’तपाईं काठमाडौंमै भए, काठमाडौंबाटै ल्याएर थुन्छु’ भनेर गैर–मर्यादित तरिकाले धम्क्याएको नेता झाको आरोप छ । यता प्रजिअ कडरियाले कर्मचारीलाई धम्क्याएकाले थुन्छु भनेको स्वीकार गरे । ’नेताजस्तो मान्छेले कर्मचारी धम्क्याउनु भएन नि, कर्मचारी धम्क्याउनेलाई थुनेर कारबाही त गर्नै प¥यो,’ सीडीओ कडरियाले भने, ’कर्मचारीले काम गरेको छैन भने मलाई त्यो पनि भन्नु प¥यो । सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई पनि म कारबाही गर्छु ।’ यस सन्दर्भमा मालपोत प्रमुख विष्णुप्रसाद सिटौलासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यसैबीच राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले प्रेस विज्ञप्ति जारी गरेर सीडीओ कडरियालाई कारबाही गर्न माग गरेका छन् । तत्काल छानबिन गरी कडरियालाई कारबाही नगरे संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साभार ः लोकान्तरडट कम
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
2 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
1 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
1 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
1 महीना पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..