राष्ट्रिय मुक्ति क्रान्तिका नेता राजीब झालाई धनुषाका सीडीओ कडरियाले दिए थुन्ने धम्की

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ।
भदौँ ९ गते ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले राष्ट्रिय मुक्ति क्रान्तिका राष्ट्रिय परिषद सदस्य राजीव झालाई २४ घन्टा थुन्दिने भन्दै धम्क्याएको पाइएको छ । व्यक्तिगत रिसइबीका कारण सीडीओ कडरियाले आफूलाई थुनिदिने धम्की दिएका क्रान्तिका नेता राजीव झाले जानकारी दिनुभयो । नेता झाले जनकपुरस्थित जिल्ला विकास समन्वय समितिको कार्यालय परिसरमा क्लथ बैंक र अक्सिजन सिलिन्डर, कन्सेन्ट्रेटर बैंक सञ्चालन गर्दै आउनु भएको छ । केही महिना अगाडि सीडीओ कडरियाले झालाई उक्त व्यवसाय हटाउन मौखिक निर्देशन दिएका थिए ।’जनतालाई निःशुल्क अक्सिजन सिलिन्डर वितरण गर्दै आएको एक सामाजिक संस्थाको कार्यकक्ष अहिले खाली हुँदैन भनेर भनेको थिएँ,’ नेता झाले सँग भने, ’त्यसैको रिसइबी लिएर उहाँ बस्नु भएको रहेछ । तर, अहिले अर्कै प्रसंगमा सीडीओले हुँदै नभएको कुरालाई आधार बनाएर २४ घण्टा भित्र थुनिदिने धम्की दिनुभएको छ ।’ जग्गाको रजिस्ट्रेसन गराउन मालपोत कार्यालय जनकपुर पुगेका एक सेवाग्राहीको विषयलाई लिएर झाले मालपोत प्रमुख विष्णुप्रसाद सिटौलालाई फोन गरेका थिए । ’विगत ७ महिनादेखि एक जना सेवाग्राही अदालतको आदेश बमोजिम जग्गा रजिस्ट्रेसनका लागि मालपोत कार्यालयको मुद्दा फाँट, कार्यालय प्रमुखलाई भेट्दा पनि काम भइरहेको थिए,’ नेता झाले भने, ’भोलि आउनु, अर्को हप्ता आउनु, कर्मचारी नै आएको छैन, हेर्दै छु जस्तो बहाना बनाएर सेवाग्राहीलाई दुःख दिने काम गरिरहेका थिए ।’ त्यसै क्रममा आफूले मालपोतका प्रमुखलाई फोन गरेर काम गरिदिन वा नगरे किन भएन भन्ने कुराको दरपीठसहित फाइल फिर्ता पठाइदिन फोनमा भनेको झाले जानकारी दिए । ’यसरी दिनहुँ त दौडाउनु भएन नि भन्दा मालपोत प्रमुखले म काम पनि गर्दिनँ, केही लेखेर पनि दिन्नँ, तपाईं सक्नुहुन्छ भने मेरो सरुवा गराइदिनुस् भन्ने रूखो जवाफ दिनुभयो,’ झाले थपे, ’सरुवा गर्ने निकाय म होइन सेवाग्राहीको काम गर्नुस् भनेको हो ।’ त्यसपछि मालपोत प्रमुख सिटौला सीडीओ कडरियाकहाँ पुगेर नेता झाले धम्क्याएको भन्ने झुटो कुरा लागएपछि पहिलेदेखि नै व्यक्तिगत रिसइबी लिएर बसेका सीडीओले आफूलाई थुनिदिने भनेर धम्क्याएको झाले बताए । आफू अहिले काठमाडौंमा रहेको भन्दा पनि ’तपाईं काठमाडौंमै भए, काठमाडौंबाटै ल्याएर थुन्छु’ भनेर गैर–मर्यादित तरिकाले धम्क्याएको नेता झाको आरोप छ । यता प्रजिअ कडरियाले कर्मचारीलाई धम्क्याएकाले थुन्छु भनेको स्वीकार गरे । ’नेताजस्तो मान्छेले कर्मचारी धम्क्याउनु भएन नि, कर्मचारी धम्क्याउनेलाई थुनेर कारबाही त गर्नै प¥यो,’ सीडीओ कडरियाले भने, ’कर्मचारीले काम गरेको छैन भने मलाई त्यो पनि भन्नु प¥यो । सेवाग्राहीको काम नगर्ने कर्मचारीलाई पनि म कारबाही गर्छु ।’ यस सन्दर्भमा मालपोत प्रमुख विष्णुप्रसाद सिटौलासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । यसैबीच राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले प्रेस विज्ञप्ति जारी गरेर सीडीओ कडरियालाई कारबाही गर्न माग गरेका छन् । तत्काल छानबिन गरी कडरियालाई कारबाही नगरे संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साभार ः लोकान्तरडट कम

12 comments
गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

1 दिन पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

1 दिन पहिले

धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..

  जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..

1 दिन पहिले

मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..

जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..

1 दिन पहिले

गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण

जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..

2 दिन पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुव..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

2 दिन पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

19 दिन पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

20 दिन पहिले

महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वक..

  जनकपुरधाम मंसिर २४ गते । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुन..

1 महीना पहिले

कांग्रेस, एमाले र नेकपासँग चुनावी तालमेल नगर्ने निष्कर्..

  मङ्सिर २४ गते काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणक..

1 महीना पहिले

मधेश प्रदेशक मुख्यमन्त्री यादवक द्वारा पद सँ इस्तीफा

  अगहन १७ गते जनकपुरधाम । मधेश प्रदेशक मुख्यमन्त्री सरोज कुमार यादव मुख्यमन्त्री पद सँ इस्तीफा दऽ देलथि । मधेश प..

1 महीना पहिले

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

मंसिर ३, २०८२जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको विरुद्धमा सात दलका ६४ जना प्रदेश सभाका सदस्यहरु..

2 महीना पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण

जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..

धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..

  जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..

मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..

जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..