बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व मन्त्री पोखरेल
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर १७ गते ।
बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु नहुँदा गुणस्तरीय शिक्षामा कमि आएको पुर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बताउनु भएको छ । गुणस्तरीय सिकाईका लागि स्थानीय तह तथा विद्यालयहरुको क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत महोत्तरीको बर्दिबासमा भएको पाँच दिने बहुभाषिक शिक्षा सम्बन्धी शिक्षक तालिमको समापन सत्रका प्रमुख अतिथि पुर्व मन्त्री पोखरेलले नेपालमा राजनीतिक परिवर्तन भएपनि शिक्षामा क्रान्ति हुन नसकेको उहाँले बताउनु भयो । मातृभाषाबाट कक्षाकोठामा पुग्दा बालबालिकाको भाषामा परिवर्तन नगरी उनिहरुले बोलिने भाषामै शिक्षाको सुरुवात गर्नुपर्ने संबिधानमा उल्लेख भए अनुसार नै तालिम प्राप्त शिक्षकहरुले पढाउनु पर्ने उहाँले बताउनु भयो । कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाई गर्न रौतहटको चन्द्रपुर नगरपालिका र वाराको कोल्हवी नगरपालिकाका ६० जना शिक्षकहरुलाई पाँच दिने तालिम प्रदान गरिएको छ । आधारभूत तहका शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि युनिसेफ तथा ब्रिटिस काउन्सिलको आर्थिक तथा प्राविधिक सहयोगमा पिपुल प्रमोट सेन्टर(पिपिसी) द्वारा संचालित सो तालिममा सहभागि शिक्षकहरुलाई बहुभाषिक तरिकाले बालबालिकालाई सिकाउन तालिम प्रदान गरिएको छ ।
तालिमको समापत्र सत्रमा बोल्दै ब्रिटिस काउन्सिल काठमाडौँका एकेडमिक कोअर्डिनेटर अशेष भट्टराईले विद्यार्थीका सिकाई दिगो नभएको कारण विद्यालयका शैक्षिक कृयाकलापहरु विद्यार्थी केन्द्रितबाट गर्नुपर्ने धारणा राख्नु भयो । उहाँले अहिले तालिम दिइएका शिक्षकहरुले कक्षा कोठामा बहुभाषिक भाषामा पढाउदा हुने उपलब्धीको आधारमा भविश्यमा अन्य विद्यालयहरुमा समेत संचालन गर्ने उहाँले बताउनु भयो । उहाँले बहुभाषिक कक्षा संचालन गर्ने निर्णय सहित ४ प्रदेशका १५ वटा पालिकामा बहुभाषिक कक्षा संचालन भईरहेको बताउनु भयो ।
संस्थाका कार्यक्रम संयोजक सितेश तिवारीले संचालन गर्नुभएको समापन सत्रमा बोल्दै पिपिसीका अध्यक्ष कमलेश कुमार मंडलले मधेश प्रदेशको ७१ वटा पालिकाको विद्यालय शिक्षा नीति बनाउने काममा आफुहरु सक्रिय रहेको बताउदै मातृभाषामा शिक्षा नहुँदा बालबालिकाहरुलाई विद्यालय प्रतिको रुचि नलागेकाले अबउपरान्त बहुभाषिक शिक्षण पद्धतीबाट पढाउदा शिक्षामा गुणस्तरियताको विकास हुने जनाउनु भयो । प्रारम्भिक वाल विकासका विद्यार्थीहरुलाई आत्मियताका साथ पढाउन यो तालिमले सहयोग गर्ने उहाँको भनाई थियो । सो तालिमको समापन सत्रमा बोल्दै सुवलाल भागवत मावि चन्द्रपुर ८ का शिक्षक कुलबहादुर क्षेत्रीले उक्त तालिममा आफुहरुले सिकाईका लागि भाषाको प्रयोग बहुभाषिक शिक्षा पद्धति लागु गर्न, विद्यार्थीलाई मातृभाषामा सिकाउनुपर्ने, मातृभाषामा आभारभूत संचार सिपको विकास,सिकाई सहजीकरण प्रक्रिया, बहुभाषिक शिक्षामा विद्यार्थीहरुको मुल्यांकन, बहुभाषिक शिक्षामा शैक्षिक सामग्रीको प्रयोग लगायतका विषयमा जानकारी भएको बताउनु भयो ।
त्यस्तै कोल्हवी ८ नयाँ बस्तीका शिक्षक विजय अधिकारीले तालिममा समुहगत कार्य, बहुभाषि शिक्षण , निरन्तर विद्यार्थी मुल्यांकन लगायतका विषयमा बुझेको बताउनु भयो । उहाँले तालिम पाएका शिक्षकहरुमा उत्सुकता र जोश बढेको बताउनु उहाँले बहुभाषिक समाजमा यस्तो तालिमले शिक्षकहरुमा समेत शैक्षिक विकास हुने बताउनु भयो । नेरामावि वगेवा कोल्हवी नपा २ बाराकी प्रधानाध्यापक सरिता उप्रेतीले वसाईसराई, मधेशका शिक्षक पहाडमा तथा पहाडका शिक्षक मधेशमा पढाउदाँ यस्तो बहुभाषिक तालिमको महत्व बढेको बताउनु भयो । तालिममा सहभागिहरुलाई प्रशिक्षकहरु भोगेन्द्र यादव,राज्य लक्ष्मीदेवी थापा, नरेन्द्र कुमार चौधरी,ब्रजभुषण कुशवाहा लगायतकाले प्रशिक्षण दिनुभएको थियो । तालिमको सभापत्र सत्रमा पिपिसीका कार्यकारी निर्देशक प्रेमकान्त झा, उपाध्यक्ष जगदीश ठाकुर लगायतको सहभागिता रहेको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
10 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
10 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
10 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
11 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
11 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
11 घन्टा पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
12 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
19 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
26 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता
जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..