ननुपट्टीका महिलाहरुलाई स्तनपान सम्बन्धी अभिमुखिकरण सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन १८ गते ।
विश्व स्तनपान सप्ताह चलिरहदा आइतबार धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ४ ननुपट्टीका दुई दर्जनभन्दा बढी महिलाहरुलाई नवजात शिशुमा स्तनपानबाट हुन लाभका सम्बन्धमा अभिमुखिकरण सम्पन्न भएको छ । गर्भवती तथा साना नानीबाबुका आमाहरुलाई दिइएको सो अभिमुखिकरणमा स्तनपानले नवजात शिशु तथा आमालाई हुने फाइदाका सम्बन्धमा जानकारी गराइएको छ । प्लान इनटरनेसनलको आर्थिक सहयोग तथा सपोर्ट नेपालको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य भविश्यको लागि स्तनपानको महत्वका विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।
उहाँहरुलाई सपोर्ट नेपालका कार्यक्रम अधिकृत रिमा झाले समुदायको सन्दर्भमा पुर्ण स्तनपानका फाइदाहरुका विषयमा सहभागीहरुदलाई जानकारी गराउनु भएको थियो । नवजात शिशुको जन्म देखि ६ महिना सम्म अरु केहि पनि नखुवाई मात्र आमा दुध नै खुवाउदा शारीरिक तथा मानसिक स्वास्थ्य बलियो हुनेभएकाले कुनै पनि भ्रममा नपरि जन्म देखि ६ महिना सम्म नवजात शिशुको आहार मात्र आमाको दुध रहेको उहाँले सहभागीहरुलाई जानकारी गराउनु भयो ।
प्रस्तुतीकरणका क्रममा कार्यक्रम अधिकृत झाले पुर्ण स्तनपानले शिशुमा राम्रो स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि, आमा बच्चा बिचको आत्मीयतामा बृद्धि,पारिवारिक तथा साँस्कृतिक अनुकुलता तथा स्तनपानको समयमै सुरुवातले हुने फाइदाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो । बच्चा जनिमदासाथ पहिलो एक घण्टा भित्र स्तनपान गराई आमाको पहिलो पहेलो दुध बच्चाको लागि अमृत रहेकाले सहभागीहरुलाई विगौती दुध खेर नफाली नवजात शिशुलाई दिन सहभागीहरुलाई आग्रह गर्नुभयो ।
जन्मको तुरन्तै आमाको दुध पाउँदा शिशुको मृत्यु हुने सम्भावना न्युन भई यसले झाडा, निमोनियाँ र कुपोषणबाट बचाउनुका साथै समयमै स्तनपानले शिशुमा रोगप्रतरोधात्मक क्षमताको समेत विकास गर्छ । नियमित स्तनपान गराउनु आमा स्वास्थ्यमा समेत साकारात्मक परिवर्तन भई पाठेघरमा हुने समस्यालाई न्युन गरी स्तनसम्बन्धी रोगलाई समेत नलाग्न काम गर्ने कार्यक्रम अधिकृत झाले जानकारी दिनुभयो ।
उक्त अभिमुखिकरणमा सहभागीहरु गर्भवती तथा प्रसुती महिलाहरुले पहिला अन्धविस्वासका कारणले आमाको पहलिो पहेलो दुध नवजात शिशुलाई नचुसाई एक दुई दिन सम्म मह,ध्यु चुसाउने गरेपनि जनचेतनाको विकास संगै अब जन्मिदै नवजात शिशुलाई आमाको दुध नै दिनेगरेको बताए । सो अभिमुखिकरणमा सपोर्ट नेपालका फिल्ड सुपरभाइजर किरण साहले सहजीकरण गर्नुभएको थियो । प्रत्येक वर्ष अगस्त एक देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्षको स्तनपानको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ रहेको छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले