बफै र खजुरीमा स्तनपान दिवस मनाइयो
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन २१ गते ।
विश्व स्तनपान सप्ताह चलिरहदा धनुषा जिल्लाको दुई स्थानमा बुधबार स्तनपान सम्बनधमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । प्लान इनटरनेसनलको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत विदेह नगरपालिका ८ बफे स्वास्थ्य चौकीमा महिला तथा स्वास्थयकर्मीहरुको उपस्थितीमा पुर्ण स्तनपान सम्बनधमा जानकारी गराइएको छ ।
बफै स्वास्थ्य चौकीका प्रमुख बसन्त ठाकुरको अध्यक्षतामा भएको सो सचेतनामुलक कार्यक्रममा बोल्दै प्रमुख अतिथी विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर यादवले बलाबालिकालाई सही समय र सही अवस्थामा पुर्ण स्तनपान गराउनु पर्ने बताउदै नवजात शिशुलाई ६ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्ने बताउनु भयो । उहाँले सुत्केरी अवस्थामा आमाको स्वास्थ्य संग नै नवजात शिशुको स्वास्थ्य जोडिएको हुनाले यस्तो बेलामा पहिलाको तुलनामा बढी पोषिलो खानेकुरा सुत्केरीलाई खुवाउनु पर्ने बताउनु भयो । सो कार्यक्रममा बोल्दै प्लान इन्टरनेशनलका प्रतिनिधि दिपक राजवंशीले स्तनपानलाई पुर्ण रुपमा सफल बनाउन घर परिवारका सम्पुर्ण सदस्यहरुले भुमिका महत्वपुर्ण भएकाले आफुले सिकेका कुरा व्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका बफै स्वास्थ्य चौकीका प्रमुख बसन्त ठाकुरले बालबालिकाहरुका लागि सर्वोत्तम आहार र समपुर्ण तत्वपाउने आमाको दुध नै रहेकाले पुर्ण स्तनपानले बालबालिकाको स्वास्थ्यमा साकारात्मक प्रभाव पर्ने बताउनु भयो । सो कार्यक्रममा महिला स्वस्थ्यकर्मीहरु, सुत्केरी आमाहरु तथा २ वर्ष भित्रका बालबालिकाका आमाहरु गरी कुल २५ जनाको सहभागीता रहेको सामाजिक विकास र अनुसन्धान केन्द्रका फिल्ड सुपरभाइजर काजल यादवले बताउनु भयो । कार्यक्रमको सहजिकरण आयोजक संस्थाका फिल्ड सुपरभाइजर जिवछ दासले गर्नुभएको थियो ।
त्यस्तै, जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरीको स्वास्थ्य चौकीमा समेत स्तनपान सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा पालिकाका स्वास्थ्य शाखा प्रमुख सिकिन्दर साहले स्तनपानको महत्वका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले पुर्ण स्तनपानका फाइदाहरुका विषयमा सहभागीहरुदलाई जानकारी गराउनु भएको थियो । नवजात शिशुको जन्म देखि ६ महिना सम्म अरु केहि पनि नखुवाई मात्र आमा दुध नै खुवाउदा शारीरिक तथा मानसिक स्वास्थ्य बलियो हुनेभएकाले कुनै पनि भ्रममा नपरि जन्म देखि ६ महिना सम्म नवजात शिशुको आहार मात्र आमाको दुध रहेको उहाँले सहभागीहरुलाई जानकारी गराउनु भयो ।
कार्यक्रममा महिला स्वस्थ्य स्वयंसेविका बबिता साह, चन्दा गुप्ता लगायतकाले मन्तवय राख्नु भएको थियो । ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ नाराका साथ भएको सो कार्यक्रममा खजुरी स्वास्थ्य चौकीका इन्चार्ज मकेश्वर यादव,वरिष्ठ अहेब शालीग्राम साह, महिला स्वास्थ्य स्वयंसेविकाहरु , स्तनपान गराईरहेका महिलाहरु, आयोजक संस्थाका फिल्ड सुपरभाइजर राजकिशोर यादव लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन संस्थाका फिल्ड सुपरभाइजर अनोज कापरले गर्नुभएको थियो । प्रत्येक वर्ष अगस्त एक देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिन्छ ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
11 दिन पहिले
जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..
जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..
12 दिन पहिले