धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सर्वपक्षीय बैठक, ६ बुँदे निर्णय
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन १२ गते । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलको अध्यक्षतामा आज सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा जिल्लाको शान्ति–सुरक्षा व्यवस्था सुदृढ बनाउन सर्वपक्षीय सद्भाव तथा समन्वय बैठक सम्पन्न भएको छ।
बैठकमा जिल्ला समन्वय समिति धनुषाकी उपप्रमुख संगीता देवी ठाकुर, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न धार्मिक संघ–संस्थाका प्रमुख एवं अगुवा, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकले जिल्लामा सामाजिक एकता, धार्मिक सहिष्णुता र शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यका साथ ६ बुँदे निर्णय गरेको छ।
निर्णयअनुसार बहुभाषिक, बहुजातीय र बहुधार्मिक समाजको राष्ट्रिय पहिचानलाई कायम राख्न सबै धर्म, जातजाति, भाषाभाषी तथा समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता अभिवृद्धि गर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने सहमति भएको छ।
यस्तै, जिल्लाको सदरमुकामसहित अन्य स्थानमा सामाजिक सद्भाव कायम राख्न कुनै पनि व्यक्ति वा समूहले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने कानुनविपरीतका गतिविधि नगर्ने तथा नगराउन सबै पक्षले प्रतिबद्धता जनाएका छन्।
बैठकले कुनै पनि विवाद वा संवेदनशील अवस्था सिर्जना भएमा सम्बन्धित समुदायका अगुवा, जनप्रतिनिधि, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबीच तत्काल समन्वय गरी शान्तिपूर्ण रूपमा समाधान खोज्ने निर्णय पनि गरेको छ। साथै सबै धर्म, जाति तथा समुदायबीच आपसी सम्मान, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्न आवश्यक समन्वय गर्ने सहमति भएको छ।
बैठकले पछिल्ला केही दिनयता सुनसरी जिल्लाको घटनालाई लिएर विरोध प्रदर्शनका नाममा तोडफोड, आगजनी, सरकारी तथा निजी सम्पत्तिमा क्षति पु¥याउने, फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा धार्मिक द्वेष फैलाउने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता कानुनविपरीतका गतिविधिमा संलग्न जो–कोहीलाई मुलुकी अपराध संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
यसैगरी, शान्तिपूर्ण विरोधका कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनलाई जानकारी गराउने र प्रशासनले त्यस्ता कार्यक्रमको आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ।बैठकले सुनसरी जिल्लामा घटेको दुःखद घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न निर्णय भएको छ ।
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
14 घन्टा पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
5 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
5 दिन पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
6 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
8 दिन पहिले