धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग आग्रह

2 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामाजिक संस्थाहरूले नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग जोडदार माग गरेका छन्।

जनकपुरधाम–४ स्थित श्रीराम युवा कमिटी र जनकपुरधाम–८ स्थित दशरथ युवा कमिटीले शनिबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै हाल कोशी प्रदेशको सुनसरी र मधेश प्रदेशको सिरहासहित तराई–मधेशका विभिन्न जिल्लामा भएका हिंसात्मक तथा संवेदनशील घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्।

श्रीराम युवा कमिटीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज तथा सिरहाको गोलबजारलगायत क्षेत्रमा भएका घटनामा ज्यान गुमाएका सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता तथा सिरहाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

कमिटीले घटनाका दोषीलाई कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकार र स्थानीय प्रशासनलाई ठोस कदम चाल्न आग्रह गरेको छ। साथै उद्योग, व्यवसाय तथा सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्दै सामाजिक, धार्मिक र साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ।

श्रीराम युवा कमिटीका अध्यक्ष सरोज कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग जोडदार माग गरिएको छ। साथै संवाद र सहकार्यमार्फत शान्तिपूर्ण समाधान खोज्न सबै सरोकारवाला पक्षलाई आग्रह गरिएको छ।

यस्तै, दशरथ युवा कमिटीले पनि जारी गरेको विज्ञप्तिमार्फत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको बलिदानको सम्मान गर्नुपर्ने उल्लेख गरेको छ।

कमिटीले नेपालको ऐतिहासिक पहिचान, संस्कृति र परम्पराको संरक्षणका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखेको छ। बहुसंख्यक नेपालीको आस्था र भावनाको सम्मान गर्दै सनातन धर्म तथा संस्कृतिको संरक्षणका लागि हिन्दु राष्ट्रको अवधारणा पुनःस्थापित गर्नुपर्ने धारणा विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक मुलुक भएकाले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न पनि दशरथ युवा कमिटीले सबै नागरिकसँग अपिल गरेको छ।

दशरथ युवा कमिटीका अध्यक्ष लव कुमार झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित निकायलाई राष्ट्रिय एकता, सहिदको सम्मान र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्दै आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

5 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

5 घन्टा पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

5 घन्टा पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

6 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

6 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..

1 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..

1 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..

1 महीना पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..