‘नेपाल–भारत सीमा नयाँ परिवेश अनुसार व्यवस्था हुनुपर्छ’

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,असोज २६ गते ।  मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्ने बताउनुभएको छ ।नेपाल भारत खुला सीमा संवाद समूहले आज जनकपुरधाममा आयोजना गरेको “नेपाल–भारत खुल्ला सीमा” विषयक अन्तर संवादमा कार्यक्रममा श्रममन्त्री सिंहले सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन गर्दा सांस्कृतिक सम्बन्ध र घनिष्ठ मित्रतालाई ध्यानमा राखेर गर्नुपर्ने बताउनुभयो ।

उहाँले खुल्ला सीमाले धेरै विषयमा सहजता भए पनि ड्रग्सको कारोबारका कारण युवाहरू कुलतमा फस्दै गएकोप्रति दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता रामसरोज यादवले चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणमा साँझा प्रयासको आवश्यकतामा जोड दिनुभयो ।

नेकपा एमालेका मधेश प्रदेशका उपनेता दीपेन्द्र ठाकुरले नेपालको सच्चा मित्र भारत भएको बताउँदै सीमामा आउने विवादको शान्तिपूर्ण रुपमा समाधान गर्दै सीमा क्षेत्रका नागरिकलाई असहजता उत्पन्न हुने कुनै पनि गतिविधि हुन नहुने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले खुल्ला सीमानाको विषयमा बृहत् समीक्षा हुन जरुरी रहेको बताउनुभयो ।

भारत सरकारको वीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत शैलेन्द्र कुमारले नेपाल भारत बीचको सम्बन्ध अन्य मुलुकको सम्बन्ध भन्दा फरक भएकाले सिमानामा रहेको भारतीय सीमा सुरक्षा बललाई नेपालीसँग सरल व्यवहार गर्न निर्देशन दिइएको बताउनुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले खुल्ला सीमाका कारणले चोरी पैठारी बढेका कारण सिमावर्ती नेपालका बजारमा कारोबार घटेको चर्चा गर्दै सीमाको व्यवस्थापन वैज्ञानिक एवं मित्रवत् हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाको अध्यक्षतामा भएको कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका कार्यवाहक अध्यक्ष डा. विजय कुमार सिंह, नेकपा माओवादी धनुषाका इन्चार्ज विजयशंकर नायक सहितका वक्ताहरूले सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दुःख दिन थालेको बताउनुभयो ।

कार्यक्रममा दुवै देशका नागरिक सम्मिलित सीमा संवाद समूहका अध्यक्षबाट संयुक्त रुपमा सीमामा देखिएको समस्या समाधानका लागि भारतीय महावाणिज्य दूतलाई लिखित ज्ञापनपत्र दिइएको थियो ।साभार : रेडियो नेपाल

12 comments
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

7 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

7 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

11 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

13 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

14 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

14 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

11 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

26 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

26 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..