
अमिताभले छोरीलाई बंगला दाइजो दिएपछि बच्चन परिवारमा भाँडभैलो, ऐश्वर्या र अभिषेक डिभोर्सको संघारमा !
2 वर्ष पहिले प्रकाशित
Smrititimes


काठमाडौं ,मंसिर २० गते । बलिउडका रियल कपल ऐश्वर्या राय र अभिषेक बच्चनबीचको दाम्पत्य सम्बन्धमा दरार आएको लामो समय भयो । अब भने बच्चन परिवारभित्रको विवाद छताछुल्ल भएर पोखिन थालेको छ ।हालै अभिषेकका बाबु अमिताभ बच्चनले आफ्नी छोरी श्वेतालाई पारिवारिक सम्पत्तिका रूपमा रहेको बंगला दाइजो दिएको समाचार भारतीय सञ्चारमाध्यमहरूमा आएका थिए । यसको फलोअपमा अर्को सनसनीपूर्ण समाचार आएको छ कि उक्त निर्णयपछि अमिताभ र ऐश्वर्याबीच ठूलै तनाव सिर्जना भएको छ । अमिताभले ऐश्वर्यालाई इन्टाग्राममा अनफलो गरेको समाचार केही मिडियाले प्रकाशित गरेका छन् ।छोरीलाई बंगला दिएपछि बुहारी रिसाएको अनुमान गरिएको छ । साथै, केही समयदेखि ऐश्वर्या घरमा नबसेर माइतीमा बस्दै आएकी छन् । ऐश्वर्या र अभिषेक सार्वजनिक रूपमा एकसाथ नदेखिएको पनि धेरै समय बितिसकेको छ । जहाँ जाँदा पनि ऐश्वर्याले छोरी आराध्यलाई लिएर हिँड्ने गर्छिन् । अभिषेक उनीहरूसँग देखिँदैनन् ।अभिषेक गएको कार्यक्रममा ऐश्वर्याका आमाछोरी हुँदैछन् भने ऐश्वर्याका आमाछोरी गएको कार्यक्रममा अभिषेक हुँदैनन् । केही समययता अभिषेकले आफ्नो विवाहको औँठी पनि लगाउन छोडेका छन् । पहिले उनी सँधै लगाउने गर्थे ।हालै ऐश्वर्या रायको जन्मदिनमा अभिषेकले उनलाई शुभकामना दिएका थिए । तर, परिवारका अरु कुनै पनि सदस्यले बर्थ डे विस गरेनन् । यो हाइप्रोफाइल परिवारमा सबै ठिकठाक नचलिरहेको संकेत मिल्छ ।ऐश्वर्या र अभिषेकको पहिलो भेट सन् १९९९ मा फिल्म ‘ढाइ अक्षर प्रेम के’ को सेटमा भएको थियो । त्यहाँदेखि उनीहरू साथी बनेका थिए । सन् २००५ मा ‘उमराव जान’मा सँगै काम गर्दा उनीहरू प्रेममा परे । उनीहरूको विवाह २००७ को अप्रिलमा भएको थियो ।विवाहको केही समयपश्चात् नै ऐश्वर्या र अभिषेककी आमा जया बच्चनबीच सम्बन्ध बिग्रिएको समाचारहरू आउन थाले । विवाहपछि रिलिज भएको चलचित्र ‘धूम’ मा ऐश्वर्या र ऋतिक रोशनबीच डिप किसको दृश्य थिए । यसलाई लिएर अमिताभ र जया ऐश्वर्यासँग असन्तुष्ट बनेका थिए । सो चलचित्रको रिलिजपश्चात उक्त दृश्य काट्नका लागि बच्चन परिवारले फिल्म प्रोड्यूसरलाई दबाब पनि दिएका थिए ।विवाहपछि पनि ऐश्वर्या फिल्ममा सक्रिय हुन चाहन्थिन् । तर, बच्चन परिवार उनलाई अन्य हिरोहरूको अंगालोमा देख्न चाहन्थेन । समस्या यहीँबाट सुरु भएको बताइन्छ ।सन् २०११ मा ऐश्वर्या र अभिषेकको पहिलो सन्तानका रूपमा छोरी आराध्या जन्मिइन् । आराध्यालाई सबैले माया गरे पनि ऐश्वर्या भने सासूको अवहेलनामा परिरहिन् । यद्यपि, यसबीचमा उनले केही चलचित्रमा काम गरिन् । ७ वर्षअघि रिलिज भएको फिल्म ‘ऐ दिल हे मुस्किल’ मा उनले रणवीर कपुरसँग केही इन्टिमेट सिनहरू दिइन् । यसले अभिषेक र ऐश्वर्याबीच तनाव बढाएको चर्चा गरिन्छ ।
स्मरणीय यो छ कि ऐश्वर्यासँग प्रेममा पर्नुअघि अभिषेक थुप्रै युवतीसँग सम्बन्धमा थिए थिए । अर्की अभिनेत्री करिश्मा कपुरसँग अभिषेकको ईंगेजमेन्टसमेत भइसकेको थियो । तर, ईंगेजमेन्टको ५ महिनापछि उनीहरू अलग भए । अभिषेकको बलिउड अभिनेत्री रानी मुखर्जी, दिपन्नीता शर्मा लगायतसँग पनि अफेयर थियो । ऐश्वर्यासँग प्रेममा पर्नुभन्दा ठीक अघि चाहीँ जान्भी कपुरसँग अभिषेक निकट थिए । जान्भीले सार्वजनिकरुपमा नै ऐश्वर्याले आफ्नो प्रेम खोसेको आरोप लगाएकी छन् ।यता, ऐश्वर्याका पनि व्वाइफ्रेन्डका ताँती थिए । पब्लिक फिगर भइसकेपश्चात सबैभन्दा सुरुमा उनको नाम राजीव मुलचडनीसँग जोडिएको थियो । जब ऐश्वर्या स्टार भइन्, राजीवलाई लात हानिदिइन् । ऐश्वर्याको सबैभन्दा चर्चित अफेयर चाहीँ अभिनेता सलमान खानसँग रह्यो । सलमान ऐश्वर्याका लागि पागल थिए । उनीहरुबीच दुई वर्षसम्म अफेयर चल्यो । तर, ऐश्वर्याको परिवारले सलमानसँग घरजम गर्ने अनुमति दिएनन् ।
एकपटक सलमानले ऐश्वर्याको घरमै गएर उत्पात मच्चाएका थिए । उक्त घटनालाई लिएर ऐश्वर्याका बाबुले प्रहरीमा सलमानविरुद्ध उजुरी समेत गरेका थिए । तर, सलमानको पागलपन रोकिएन । एकपटक ‘चल्ते चल्ते’ फिल्मको सेटमै गएर सलमानले ऐश्वर्यासँग झगडा गरेका थिए । ऐश्वर्याले सलमानलाई थप्पड हानेकी थिइन् ।सलमानसँग टाढिएपछि ऐश्वर्या विवेक ओवरायसँग नजिक भइन् । उनीहरुबीच फिल्म ‘क्यूँ होगया न’ फिल्मको सेटमा भेट भएको थियो र तत्काल प्रेममा परेका थिए । तर, विवेकसँग पनि ऐश्वर्याले विवाह गर्न चाहिनन् । यसकारण कि करिअरको हिसाबले विवेक उनीभन्दा निकै पछाडि थिए ।अन्ततः ऐश्वर्याले एउटा घरानिया परिवार रोजिन् । अभिषेक पनि फिल्ममा खासै हिट थिएनन् । तर, उनको परिवारको भारतीय फिल्म उद्योगमा ठूलो बिरासत छ । यो जोडीलाई बलिउडको ‘पावर कपल’ पनि भन्ने गरिएको थियो ।साभार : नेपाल प्रेस

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
17 घन्टा पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
17 घन्टा पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
1 दिन पहिले
धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..
5 दिन पहिले
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..
6 दिन पहिले
बहुअर्वामा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..
6 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
11 महीना पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
1 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
1 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
1 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
1 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
1 वर्ष पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
बहुअर्वामा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..
धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..