नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं, मंसिर २४ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ। आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अंकले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ।आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो। ११ बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो।परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो। त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको हो।हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ। त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घन्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ। सो व्यवस्थाअनुसार आजको कारोबारमा छ प्रतिशतको वृद्धि देखिएसँगै दिनभरिका लागि कारोबार स्थगन गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले राससलाई जानकारी दिनुभयो।आज दुई सय ४४ कम्पनीको १३ लाख ६७ हजार छ सय १५ कित्ता शेयर सात हजार १४ पटक खरिदबिक्री हुँदा रू ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ बराबरको कारोबार भएको छ। रिलायन्स फाइनान्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, राप्ती हाइड्रो एन्ड जेनरल कन्स्ट्रक्सन कम्पनी लिमिटेड, शुभम् पावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत कर्जा बिस्तार र ब्याजदर घटाउने विषयमा केहि लचिलो नीति लिएको थियो। लचिलो मौद्रिकको सकारात्मक प्रभाव बजारमा देखिएको छ। मुख्यगरी पुँजीबजारसँग सम्बन्धित विषयमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाई एक सय २५ प्रतिशत कायम गरेको थियो।त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंक दरलाई सात दशमलब पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा कायम गरेको थियो भने नीतिगत दरलाई छ दशमलब पाँच प्रतिशतबाट घटाएर पाँछ दशमल पाँच प्रतिशतमा कायम गरेको थियो। त्यसैगरी निक्षेप सङ्कलन बोलकबोल दरलाई साढे चार प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको थियो।साभार : काठमाडौं प्रेस

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
8 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
8 घन्टा पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
5 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
5 दिन पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
6 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
6 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
14 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
21 दिन पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..
2 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..
2 महीना पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..