आईपीएल इतिहासकै महंगा खेलाडी बने पाट कमिन्स, कुन टिमले कतिमा किन्यो ?

2 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ,पुष ३ गते ।अस्ट्रेलियाका विश्वकप विजेता कप्तान पाट कमिन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् ।आज दुबईमा जारी आईपीएलको खेलाडी अक्सनमा पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आईपीएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो ।यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।जारी अक्सनमा अहिलेसम्म न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रलाई चेन्नई सुपर किंग्सले रविन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको छ । त्यस्तै जारी खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रदुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।साभार : विकास टाइम्स

12 comments
लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

3 दिन पहिले

लखौरीमा हनुमान टोल विकास संस्था गठन

जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..

3 दिन पहिले

ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव

जनकपुरधाम चैत १९ गते । ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मन..

5 दिन पहिले

धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन

जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..

5 दिन पहिले

अहिंसा मध्यस्थता सहमति निर्माण सम्बन्धी दुई दिने तालिम ..

  जनकपुरधाम चैत १९ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषा र महोत्तरीका दुई जिल्लामा संचालनमा र..

5 दिन पहिले

मधेश प्रदेशमा महिला माथि भइरहेका अपराधिक हिंसाको विरोध..

जनकपुरधाम चैत ९ गते । पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक ह..

15 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..