अंग्रेजी नयाँ वर्ष २०२४ आजदेखि सुरु, विश्वले यसरी गर्यो स्वागत
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं पुष १६ गते । अंग्रेजी नयाँ वर्ष सन् २०२४ आजदेखि सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ ।नेपालमा पनि मध्यराति नयाँ वर्षलाई स्वागत गरियो । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को विदाई र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ।सबैभन्दा पहिला नयाँ वर्षको स्वागत किरिबातीमा गरियो । यो मध्य प्रशान्त महासागरमा अवस्थित द्वीप देश हो । यसपछि भव्यताका साथ न्युजिल्यान्डमा नयाँ वर्ष मनाइएको छ । अकल्यान्डको स्काई टावरमा आतिशबाजी गर्दै नयाँ वर्षलाई स्वागत गरिएको थियो । अकल्यान्डमा हजारौँ मानिसहरु नयाँ वर्षको स्वागतका लागि स्काई टावर नजिक भेला भएका थिए । यसपछि अस्ट्रेलिया, जापान, कोरिया, चीनमा पनि भव्य रुपमा नयाँ वर्ष २०२४ लाई स्वागत गरियो । यस्तै भारत र नेपालमा पनि आइतबार मध्यराति अंग्रेजी नयाँ वर्षको स्वागत गरियो ।अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको भव्यताका साथ स्वागत गरियो । यसक्रममा करिब साढे ८ टन आतिशबाजी गरिएको थियो । हार्बर ब्रिज तथा ओपेरा हाउसको आकाश रोमाञ्चक र आकर्षक बनेको थियो । उक्त आतिशबाजीका लागि १५ महिना अगाडिदेखि तयारी गरिएको थियो । यहाँ करिब १२ मिनेटसम्म लगातार आतिशबाजी भएको थियो । सिड्नीका साथै क्याबेरा तथा मेलबर्नमासमेत नयाँ वर्षको स्वागत गर्दै उत्सव मनाइएको थियो । जापानमा रातिको १२ बजे देशभरका बौद्ध गुम्बाहरुमा घण्टी बजाइएको थियो । हरेक गुम्बामा १०८ पटक घण्टी बजाइएको थियो । दक्षिण कोरियाको राजधानी सोल र उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा हजारौँ मानिस भेला भएर नयाँ वर्षको स्वागत गरेका थिए । एसियाली मुलुकले सबैभन्दा पहिला नयाँ वर्षलाई स्वागत गरेका हुन् भने त्यसपछि मध्य पूर्व एसिया र युरोपियन मुलुकहरुले पनि नयाँ वर्ष स्वागत गरेका छन् । लन्डन र फ्रान्समा भव्य आतिशबाजीका साथ नयाँ वर्ष उत्सव मनाइएको छ ।येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । इराकको मेसोपोटा मियाबाट नयाँ वर्ष मनाउन थालिएको मान्यता छ । रोमन भाषाको जेनस शब्दबाट नयाँ वर्षको पहिलो महिना जनवरीको नामाकरण भएको मानिन्छ । नेपालमा पनि केही वर्षदेखि इस्वी संवतमा शुभकामना आदानप्रदान गर्दै मनाउने चलन बढ्दै गएको छ । विशेष गरी विदेशी पर्यटकको भिडभाड हुने राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइएको छ । 

















भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..
जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..
8 दिन पहिले
भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..
जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..
8 दिन पहिले
लखौरीमा हनुमान टोल विकास संस्था गठन
जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..
13 दिन पहिले
ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव
जनकपुरधाम चैत १९ गते । ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मन..
14 दिन पहिले
धनौजी र मटिहानीमा थप ४ वटा टोल विकास संस्था गठन
जनकपुरधाम चैत १९ गते ।स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहि धनुषा र महोत्तरी जिल्लाका दुई पालिकमा टोल विकास ..
14 दिन पहिले
अहिंसा मध्यस्थता सहमति निर्माण सम्बन्धी दुई दिने तालिम ..
जनकपुरधाम चैत १९ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषा र महोत्तरीका दुई जिल्लामा संचालनमा र..
14 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..
जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..