बंगलादेश : शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं, पुस २३ : बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना लगातार चौथो पटक प्रधानमन्त्री बन्ने पक्का भएको छ। आइतबार भएको आम निर्वाचनमा हसिनाको पार्टी अवामी लिगले संसदको तीन सय सिटमध्ये २ सय ४ सिटमा जित निकालेको छ।यसपटक दुई सय ९९ सिटमा मतदान भएको थियो। योसँगै हसिनाले लगातार आठौं पटक चुनाव जितिन्। गोपालगञ्ज–३ सिटबाट उनले बंगलादेशको सर्वोच्च पार्टीका उम्मेदवार एम निजामुद्दीन लस्करलाई २ लाख ४९ हजारभन्दा बढी मतान्तरले पराजित गरिन्।
हसिनाले २ लाख ४९ हजार ९ सय ६५ मत पाउँदा निजामुद्दीनले ४६९ मत मात्र प्राप्त गरे। हसिनाले पहिलो पटक सन् १९८६ मा चुनाव जितेकी थिइन्। बंगलादेश निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा जम्मा ४० प्रतिशत मत खसेको छ।
यो आँकडा परिवर्तन हुन सक्छ। २०१८ को चुनावमा ८० प्रतिशत मतदान भएको थियो। बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत देशका विपक्षी दलहरूले चुनाव बहिष्कार गरेका थिए। शेख हसिना बंगलादेशको पाँचौं पटक प्रधानमन्त्री बन्न लागेकी छन्। उनी सन् १९९६ देखि २००१ सम्म प्रधानमन्त्री थिइन्। त्यसपछि सन् २००९ मा उनी फेरि प्रधानमन्त्री बनेर सत्तामा फर्किइन्। त्यसबेलादेखि अहिलेसम्म उनी लगातार सत्तामा छिन्।बंगलादेशमा विपक्षी दलको अनुपस्थितिमा मतपत्रमा अवामी लिग, उसको सहयोगी दल र स्वतन्त्र उम्मेदवारको नाम मात्रै लेखिएको थियो। यस्तो अवस्थामा सत्तारुढ दल अवामी लिगको जित औपचारिकता मात्र बाँकी थियो।
उता पूर्वप्रधानमन्त्री तथा बिएनपी प्रमुख खालिदा जियाले मंगलबारदेखि सरकारविरोधी आन्दोलन गर्ने योजना बनाएको बताएकि छिन्। उनले यो चुनावलाई नक्कली चुनावको संज्ञा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।बीएनपीले २०१४ मा पनि चुनाव बहिष्कार गरेको थियो तर २०१८ मा भने भाग लिएको थियो। यसपटक पनि खालिदाको पार्टीसहित १६ दल निर्वाचनबाट टाढा रहेका थिए। यस्तै प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगका नेता तथा कार्यकर्तालाई विजयको खुसीयाली मनाउन, र्याली वा जुलुस नगर्न निर्देशन दिएकी छन्।
बंगलादेशको संसदमा कुल ३५० सिट छन्। जसमध्ये ५० सिट महिलाका लागि आरक्षित छन्। आरक्षित सिटका लागि चुनाव हुँदैन, जबकि प्रत्येक पाँच वर्षमा ३०० सिटका लागि आम निर्वाचन हुन्छ।
बंगलादेशमा बंगलादेश अवामी लिग, बंगलादेश नेसनलिस्ट पार्टी र जटिया पार्टी गरी ३ प्रमुख राजनीतिक दल छन्। २०१८ को आम चुनावमा यी तीन दलका उम्मेदवारहरूले ३०० मध्ये २९० सिट जितेका थिए। जसमध्ये शेख हसिनाको अवामी लिगले २५७ सिटमा जित हासिल गरेको थियो। बंगलादेशको नेशनलिस्ट पार्टीले २६ सिटमा जित हासिल गरेको थियो भने खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टीले ७ सिटमा जित हासिल गरेको थियो।यसपटक अर्थात् २०२४ मा २७ राजनीतिक दलका १ हजार ५ सयभन्दा बढी उम्मेदवारबाहेक ४ सय ३६ स्वतन्त्र उम्मेदवारले चुनाव लडेका थिए। यीमध्ये करिब २०० उम्मेदवार शेख हसिनाका समर्थक हुन्। साभार : काठमाडौं प्रेस

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
8 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
8 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
9 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
9 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
9 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
9 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
8 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
9 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
15 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
2 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
2 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
2 महीना पहिले