समलिंगी विवाहलाई कानुनी मान्यता

2 वर्ष पहिले प्रकाशित

Smrititimes

राँझा (बाँके), फागुन १ : बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिंगी विवाहले कानुनी मान्यता पाएको छ। बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला छन्।

करिब पाँच वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाहबन्धनमा बाँधिएका छन्। 

अञ्जु र सुप्रिताले विवाह दर्ताका लागि २०८० माघ ४ गते वडा कार्यालयमा निवेदन दिएपछि पञ्जीकरण विभागको प्राविधिक शाखासँग समन्वय गरेर आइतबार उनीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बढैयाताल–२ का स्थानीय पञ्जीकाधिकारी एवं वडासचिव दीपक नेपालीले जानकारी दिए। 

प्रमाणपत्रमा हाललाई अस्थायी विवाह दर्ता गरिएको उल्लेख गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले पञ्जीकरण विभागमा समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा राय तथा निर्देशन उपलब्ध गराइदिन पत्र पठाएर आवश्यक समन्वयमा कानुन नबन्दासम्म अस्थायी विवाह दर्ता प्रमाणपत्र दिइएको बताए।

अञ्जु हाल बाँकेको कोहलपुर–५ मा बस्दै आएकी छन् भने सुप्रिता बेलायतमा बस्छिन् । 'कक्षा १२ मा पढ्दै गर्दा फेसबुकमार्फत चिनजान भयो, सम्बन्ध बढाउँदै जादाँ हामी विवाह नै गर्ने मनस्थितिमा पुग्यौँ', सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अञ्जुले भने, 'प्रेम सम्बन्धमा परेपछि हामीले धार्मिक संस्कारअनुसार विवाह गर्‍यौँ र दुवैजना सँगै बस्न थाल्यौँ।'

उनका अनुसार स्याङ्जाको वालिङस्थित छाङछाङदी मन्दिरमा पाँच वर्षअघि उनीहरूले विवाह गरेका थिए। पहिले परिवार र आफन्तबाट अपहेलित हुनुपरे पनि अहिले साथ मिलेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वकालत गर्दै आएका सामाजिक संस्था पश्चिम तारा नेपाल नेपालगञ्ज र मायाको पहिचान नेपाल काठमाडौँले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफ्नो अभियानलाई बल पुगेको बताएका छन्। 

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको क्षेत्रमा कार्यरत संस्था पश्चिम तारा नेपालकी अध्यक्ष परिना चौधरीले अञ्जु र सुप्रिताको विवाह दर्ताले आफूहरू खुसी भएको बताए।

विवाह दर्ताको खुसीयालीमा सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्त, नेपालमै पहिलोपटक समलिंगी विवाह दर्ता गर्ने लमजुङका सुरेन्द्र पाण्डेलगाायत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूले वरबधुलाई बधाई तथा शुभकामना दिएका थिए।

साभार : काठमाडौं प्रेस

12 comments
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..

जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..

24 घन्टा पहिले

सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..

जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..

24 घन्टा पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

3 दिन पहिले

पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..

  जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि  सँ शुरू होय रहल अछि । बाह..

3 दिन पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

4 दिन पहिले

खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..

  जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..

4 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

1 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

2 वर्ष पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..

  जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..

  जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..