खोप सम्बन्धी महिलाहरुलाई अभिमुखिकरण सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम , बैसाख २१ गते ।अन्तराष्ट्रिय खोप दिवसका अवसरमा धनुषा जिल्लाको बिदेह नगरपालिका वडा नं. ५ का आमाहरुलाई नियमित खोपका विषयमा अभिमुखिकरण शुक्रबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बिदेह नगरपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित जीएसएस परियोजना अन्तरगत मुडि़वा तथा एकराहिका आमाहरुलाई शिशुहरुको पुर्ण खोप लगाउने सम्बन्धमा जानकारी गराइएको छ ।

खोप सप्ताह अन्तरगत भएको सो कार्यक्रममा बोल्दै वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोइत बालबालिकाहरुको प्रारम्भिक विकासका लागि पुर्ण खोपको योगदानका विषयमा जानकारी गराउदै समयमा खोप लिन आमाहरुलाई आग्रह गर्नुभयो । उहाँले समाजमा अहिले पनि अज्ञानताका कारण बालबालिकाहरुलाई समयमा खोप दिलाउन आमाहरु पछाडी परेकाले अब पुर्ण खोप कार्यक्रम संचालन भएकाले बालबालिकाहरुलाई सबै प्रकारका खोपहरु वडास्तरिय स्वास्थ्य चौकीमा लिन आग्रह गर्नुभयो । उहाँले बालबालिकाहरुलाई खोप दिनुका साथै बालबिबाह नगर्न, बालबालिकाहरुलाई नियमित विद्यालय पठाउन आग्रह गर्नुभयो । अवउपरान्त खोप नलिने, बालबिबाह गर्ने, वडासक्षर अभियानलाई रोख्ने काम भए त्यस्ता परिवारलाई वडाबाट पाउने सिफारिस तथा अन्य सेवा बन्द गर्ने चेतावनी समेत दिनुभयो । सो अनतरक्रियामा बोल्दै विदेह नगरपालिका वडा नं. ५ का स्वास्थ्य चौकी ईचार्ज बिनोद शर्माले जन्म देखि पाँच वर्ष सम्मका बालबालिकाहरुलाई दिईने विभिन्न प्रकारका खोपहरुको बारेमा जानकारी गराउनु भयो ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको बजेटको २० प्रतिसत बजेट खोपमा नै रहेकाले बालबालिकाहरुको पुर्ण विकासका लागि खोपको योगदान महत्वपुर्ण रहेकाले कुनै पनि बालबालिकाहरुलाई खोपबाट बञ्चित नगर्न आग्रह गर्नुभयो । नियमित रुपमा स्वास्थ्य चौकीमा समन्वय गरि आफ्ना बालबालिकाहरुलाई विभिन्न प्रकारका रोगहरुबाट बचाउन सकिने बताउनु भयो ।सामाजिक विकास र अनुसन्धान केन्द्रका जीएसएस परियोजनाका फिल्ड सुपरभाइजर जिवछ दासले संचालन गर्नुभएको सो कार्यक्रममा बोल्दै वडास्तरिय खोप प्रमुख राखेश यादवले खोपका बारेमा सम्पुर्ण जानकारी लिनुभयो । कार्यक्रममा सहभागी आमाहरु मध्ये मुरिवाका मन्जु देवी दासले खोप लगाउदा बालबालिकाहरु रोइपछि धेरै आमाहरुले खोप नै नलगायने भएकाले बालबालिकाहरुको नाकारात्मक असर परेको भन्दै महिलाहरुलाई पुर्ण खोपबाट बालबालिकाहरुलाई बञ्चित नगर्न आग्रह गर्नुभयो । धनुषा जिल्ला भरिका हरेक पालिकाको स्वास्थ्य कार्यालयहरुमा नियमित रुपमा खोप संचालन भएकाले नवजात शिशु देखि पाँच वर्ष सम्मका बालबालिकाहरुलाई खोप दिलाउन अभिभावकहरु चनाखो हुनुपर्ने आवश्यक्ता रहेको छ । 

 

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

11 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

11 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

11 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

11 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

11 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

11 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

11 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

18 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

18 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

18 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

27 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले