बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

1 वर्ष पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
असार ३१ गते ।
मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश सभाका महिला सदस्यहरुले लगानी बढाउने काग गर्नुभएको छ । बालबालिका भविश्यको कर्णधार मात्र नभई बर्तमानको साझेदार समेत रहेकाले उनिहरुको उज्ज्वल भविश्यका लागि बालश्रमलाई निरुत्साहित गरी बालअधिकारका हरेक क्षेत्रमा काम गरिनुपर्ने आवश्यक्ता रहेको बताइएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिजप)को आयोजनामा महोत्तरीको बर्दिबासमा मधेश प्रदेशको बालअधिकारका लागि संसदीय मञ्चको भूमिका विषयका छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभाका महिला बालबालिका समितिका सभापति रुपा यादवले यहाँका बालसुधार गृहहरुको अनुगमन गरी बालश्रमलाई निरुत्साहन गर्ने किसिमका प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो ।

उहाँले बालअधिकारका लागि आफुहरु प्रतिबद्ध रहेको बताउदै बालबालिकाको हितमा प्रदेश तथा स्थानीय सरकारले सक्रियताका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । सिजपका अध्यक्ष मिना शर्माको संयोजनमा भएको सो छलफल कार्यक्रममा बोल्दै बाल अधिकारका लागि संसदीय मञ्चका अध्यक्ष प्रदेश सभा सदस्य शारदा देवी थापाले राज्यबाट उपेक्षित अपाङगता भएका व्यक्ति, बालबालिका तथा अन्तरलिङगीहरुको सवालमा आफुले पटक पटक सवाल उठाएको बताउनु भयो । उहाँले राज्यले यस्ता समुदायलाई काम नभए सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । यसका विषयमा समितिले सदनमा सवाल गर्ने बताउदै बालसुधार गृहका नराम्रा पक्षलाई सुधारका लागि पहल गर्नुपर्ने बताउनु भयो । उहाँले अन्तरलिङगीहरुको सवालमा महिला समुहहरुमा छलफल गर्ने समेत आश्वासन दिनुभयो ।

सो छलफल कार्यक्रममा सहभागीहरुलागि राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश संयोजक सन्जीव महतोले प्रशिक्षण दिदै बालअधिकारका क्षेत्रमा कानूनी प्रावधान तथा सुधार गर्नुपर्ने नीतिगत व्यवस्थाहरुका विषयमा जानकारी गराउनु भयो । उहाँले बालअधिकार सम्बन्धि महासन्धि १९८९ले निर्दिष्ट गरेको सैद्धान्तिक अपधारणाहरु, बालअधिकार महासन्धीको विभाजन,बालअधिकारका सिद्धान्तहरु,बालअधिकारका चार वटा क्षेत्रहरु जस्तै (बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार,विकासको अधिकार तथा सहभागिताको अधिकार), बालसंरक्षणका सवालहरु, बालबालिका समबन्धी प्रदेश कानुनहरुका विषयमा सहभागी प्रदेश सभाका महिला सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।

सो छलफलमा मधेश प्रदेश सभाका सदस्यहरु किरण कुमारी,भाग्यश्री चौधरी, सकुन्ती देवी राम, रन्जु मंडल खंड, हसिना खातुन तथा अनिता कुमारी साहको सहभागीता रहेको थियो । उहाँहरुले बालबालिकाको अधिकारका लागि आफुहरुले सदनमा आवाज उठाउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । सो छलफल कार्यक्रममा अन्तराष्ट्रिय गैर सरकारी संस्था वल्र्ड भिजन नेपालका प्रमिल अधिकारी, आरडिसीका संजिना उपाध्याय,सीएफसीका प्रमुख इशान रेग्मी लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा बोल्दै सीएफसीका प्रमुख रेग्मीले अन्तरलिङ्गी विविधताका विषयमा जानकारी गराउदै महिला पुरुष जस्तै अन्तरलिङ्गीहरुलाई समेत सहजताका साथ समाजले स्विकार गर्नुपर्ने विषयमा सदनमा आवाज उठाउन सहभागी प्रदेश सभा सदस्यहरु संग आग्रह गर्नुभएको थियो ।

12 comments
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..

5 घन्टा पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..

5 घन्टा पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..

4 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

5 दिन पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

6 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

6 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

14 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

21 दिन पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..

2 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

2 महीना पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..