बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग

6 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
असार ३१ गते ।
मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश सभाका महिला सदस्यहरुले लगानी बढाउने काग गर्नुभएको छ । बालबालिका भविश्यको कर्णधार मात्र नभई बर्तमानको साझेदार समेत रहेकाले उनिहरुको उज्ज्वल भविश्यका लागि बालश्रमलाई निरुत्साहित गरी बालअधिकारका हरेक क्षेत्रमा काम गरिनुपर्ने आवश्यक्ता रहेको बताइएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिजप)को आयोजनामा महोत्तरीको बर्दिबासमा मधेश प्रदेशको बालअधिकारका लागि संसदीय मञ्चको भूमिका विषयका छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभाका महिला बालबालिका समितिका सभापति रुपा यादवले यहाँका बालसुधार गृहहरुको अनुगमन गरी बालश्रमलाई निरुत्साहन गर्ने किसिमका प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनु भयो ।

उहाँले बालअधिकारका लागि आफुहरु प्रतिबद्ध रहेको बताउदै बालबालिकाको हितमा प्रदेश तथा स्थानीय सरकारले सक्रियताका साथ काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । सिजपका अध्यक्ष मिना शर्माको संयोजनमा भएको सो छलफल कार्यक्रममा बोल्दै बाल अधिकारका लागि संसदीय मञ्चका अध्यक्ष प्रदेश सभा सदस्य शारदा देवी थापाले राज्यबाट उपेक्षित अपाङगता भएका व्यक्ति, बालबालिका तथा अन्तरलिङगीहरुको सवालमा आफुले पटक पटक सवाल उठाएको बताउनु भयो । उहाँले राज्यले यस्ता समुदायलाई काम नभए सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । यसका विषयमा समितिले सदनमा सवाल गर्ने बताउदै बालसुधार गृहका नराम्रा पक्षलाई सुधारका लागि पहल गर्नुपर्ने बताउनु भयो । उहाँले अन्तरलिङगीहरुको सवालमा महिला समुहहरुमा छलफल गर्ने समेत आश्वासन दिनुभयो ।

सो छलफल कार्यक्रममा सहभागीहरुलागि राष्ट्रिय बाल अधिकार परिषदका प्रदेश संयोजक सन्जीव महतोले प्रशिक्षण दिदै बालअधिकारका क्षेत्रमा कानूनी प्रावधान तथा सुधार गर्नुपर्ने नीतिगत व्यवस्थाहरुका विषयमा जानकारी गराउनु भयो । उहाँले बालअधिकार सम्बन्धि महासन्धि १९८९ले निर्दिष्ट गरेको सैद्धान्तिक अपधारणाहरु, बालअधिकार महासन्धीको विभाजन,बालअधिकारका सिद्धान्तहरु,बालअधिकारका चार वटा क्षेत्रहरु जस्तै (बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार,विकासको अधिकार तथा सहभागिताको अधिकार), बालसंरक्षणका सवालहरु, बालबालिका समबन्धी प्रदेश कानुनहरुका विषयमा सहभागी प्रदेश सभाका महिला सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।

सो छलफलमा मधेश प्रदेश सभाका सदस्यहरु किरण कुमारी,भाग्यश्री चौधरी, सकुन्ती देवी राम, रन्जु मंडल खंड, हसिना खातुन तथा अनिता कुमारी साहको सहभागीता रहेको थियो । उहाँहरुले बालबालिकाको अधिकारका लागि आफुहरुले सदनमा आवाज उठाउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । सो छलफल कार्यक्रममा अन्तराष्ट्रिय गैर सरकारी संस्था वल्र्ड भिजन नेपालका प्रमिल अधिकारी, आरडिसीका संजिना उपाध्याय,सीएफसीका प्रमुख इशान रेग्मी लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा बोल्दै सीएफसीका प्रमुख रेग्मीले अन्तरलिङ्गी विविधताका विषयमा जानकारी गराउदै महिला पुरुष जस्तै अन्तरलिङ्गीहरुलाई समेत सहजताका साथ समाजले स्विकार गर्नुपर्ने विषयमा सदनमा आवाज उठाउन सहभागी प्रदेश सभा सदस्यहरु संग आग्रह गर्नुभएको थियो ।

12 comments
गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

3 दिन पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

3 दिन पहिले

धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..

  जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..

3 दिन पहिले

मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..

जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..

3 दिन पहिले

गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण

जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..

4 दिन पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुव..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

4 दिन पहिले

जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..

काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..

1 महीना पहिले

जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..

जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..

6 महीना पहिले

मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन

जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..

7 महीना पहिले

जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..

8 महीना पहिले

ओम आरसीएस स्कुलमा फुड फेष्टिभल सम्पन्न

जनकपुरधाम माघ १८ गते ।विद्यार्थीहरुलाई पढाईको साथै जीवन उपयोगी कामहरुका बारेमा समेत अनुभव सहितको जानकारीका लाग..

12 महीना पहिले

युवा व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम सम्पन्न

जनकपुरधाम माघ १५ गते । व्यवसायमा लागेका धनुषा जिल्लाका पाँच वटा पालिकाका १५ जनालाई जानकी महिला जागरण समाज(ज्वास)..

12 महीना पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण

जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..

धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..

  जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..

मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..

जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..