धनुषामा जेठभर १५ लाख ७५ हजार रुपैयाँ फिर्ता, ८ लाखभन्दा बढी जरिवाना असुल
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार ३ गते ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ महिनामा अपराध नियन्त्रणसँगै आर्थिक अपराध न्यूनीकरण, जरिवाना असुली तथा पीडितको रकम फिर्ता गराउने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार अनुचित लेनदेनसम्बन्धी ९ वटा निवेदन मिलापत्रमार्फत टुंग्याउँदै पीडित पक्षलाई १५ लाख ७५ हजार रुपैयाँ बराबरको रकम फिर्ता गराएको छ । यसले आर्थिक विवाद समाधान तथा नागरिकको सम्पत्ति संरक्षणमा प्रहरीको सक्रियता देखाएको छ । फैसला कार्यान्वयन अभियानअन्तर्गत ९८ जना फरार अभियुक्त पक्राउ परेका छन्। उनीहरूबाट अदालतले तोकेको ८ लाख २७ हजार ४ सय २ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ४६ वर्ष ४ महिना बराबरको कैद सजाय कार्यान्वयनमा ल्याइएको छ ।
प्रहरीका अनुसार जेठ महिनामा दर्ता भएका १ सय ५२ अपराधमध्ये २६ वटा संगठित तथा आर्थिक अपराधसँग सम्बन्धित रहेका छन्। बैंकिङ कसूर, ठगी तथा अन्य आर्थिक प्रकृतिका घटनाको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गरिएको जनाएको छ ।
लागुऔषध नियन्त्रण अभियानमा पनि प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ । ११ वटा मुद्दा दर्ता गर्दै ब्राउन सुगर, गाँजा तथा विभिन्न औषधिजन्य लागू पदार्थ बरामद गरिएको छ । आर्थिक तथा सामाजिक दुवै दृष्टिले असर पार्ने यस्ता अपराध नियन्त्रणले जिल्लाको सुरक्षा वातावरण सुधार्न मद्दत पुगेको प्रहरीको भनाइ छ । अर्कोतर्फ, प्राकृतिक स्रोत तथा राजस्व संरक्षणतर्फ पनि प्रहरी सक्रिय देखिएको छ ।
अवैध वन पैदावार तथा पशुपक्षी ओसारपसार नियन्त्रणका क्रममा ३६ हजार रुपैयाँ राजस्व संकलन भएको विवरणमा उल्लेख छ । प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा कारबाही गरिएका सवारीसाधनबाट थप १० हजार रुपैयाँ जरिवाना असुल गरिएको छ । प्रहरीले जेठ महिनाभर सञ्चालन गरेका समुदाय केन्द्रित कार्यक्रमबाट १ हजार ५ सय ५५ जना लाभान्वित भएका छन्। साइबर अपराध, लागूऔषध दुव्र्यसन, महिला हिंसा, बालविवाह तथा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममार्फत सामाजिक अपराध न्यूनीकरण र आर्थिक क्षति रोकथाममा सहयोग पुग्ने विश्वास गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपाने का अनुसार आर्थिक अपराध नियन्त्रण, फैसला कार्यान्वयन तथा पीडितलाई न्याय दिलाउने अभियान आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइनेछ । प्रहरीको तथ्यांकले देखाउँछ कि जेठ महिनामा धनुषामा अपराध नियन्त्रणसँगै आर्थिक अनुशासन कायम गर्न, जरिवाना असुली बढाउन तथा पीडितको रकम फिर्ता गराउन उल्लेखनीय प्रगति भएको छ ।
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
5 घन्टा पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमा..
5 घन्टा पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..
4 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
5 दिन पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
6 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
6 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
14 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
21 दिन पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..
2 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..
2 महीना पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..