
भारतको इनर्जी एक्सचेन्जबाट विद्युत् किन्न सुरु
4 वर्ष पहिले प्रकाशित
Smrititimes
_1619862310.jpg)

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केट (आईईएक्स) बाट विद्युत् किन्न सुरु गरेको छ । विद्युत् खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रस्तावबाट मूल्य तय हुने यो बजारबाट विद्युत् खरिदका लागि खरिदकर्ताले अघिल्लो दिन नै मूल्य र खरिद गर्ने विद्युत्को परिमाण प्रस्ताव गर्नुपर्छ ।
प्राधिकरणले शुक्रबार राति १२ देखि १ बजेसम्म २ सय ५० मेगावाट किन्ने, राति १ देखि शनिबार दिउँसो ६ बजेसम्म २ सय मेगावाट विद्युत् किन्ने र साँझ ६ देखि १२ बजेसम्म २ सय ५० मेगावाट विद्युत् खरिद गर्ने गरी प्रस्ताव हालेको थियो । इनर्जी एक्सचेन्ज बजारमा हरेक १५–१५ मिनेटका लागि विद्युत् खरिद गर्न पाउने व्यवस्था छ ।
प्राधिकरणले पहिलो दिन खरिद गर्न प्रस्ताव गरेको सबै विद्युत् प्राप्त गर्ने भएको प्राधिकरणका ऊर्जा व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । प्राधिकरणले विद्युत्बापत प्रतियुनिट औसत मूल्य (मार्केट क्लियरिङ प्राइस) ३.२९ भारु परेको उनले बताए । यो मूल्यमा ट्रान्समिसन शुल्क, आवेदन शुल्क, जीएसडी चार्ज र व्यापार कम्पनीको व्यावसायिक शुल्क गरी ०.५२ भारु थप गर्दा प्रतियुनिट लागत मूल्य ३.८१ पर्ने अधिकारीको भनाइ छ । विद्युत् खरिद सम्झौताअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्राधिकरणले प्रतियुनिट भारु ४.१८ तिर्दै आएको थियो । एक्सचेन्ज बजारको मूल्य तुलना गर्दा यो विद्युत् प्राधिकरणलाई प्रतियुनिटमा भारु ०.३७ सस्तो परेको छ । प्राधिकरणलाई ५१ लाख ५० हजार युनिटबापत भारु १९ लाख ५ हजार ५ सय (३० लाख ४८ हजार ८ सय रुपैयाँ) बचत भएको अधिकारीले जानकारी दिए । मे र जुनभर यसैगरी हरेक दिन आवश्यक परिमाण विद्युत् खरिद गर्ने योजना रहेको उनको भनाइ छ ।
इनर्जी एक्सचेन्जबाट खरिद गरिएको विद्युत् ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल भित्र्याइएको हो । यही प्रसारण लाइनबाट नेपालले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग किनेको विद्युत् पनि भित्रिन्छ ।
यो अन्तरदेशीय प्रसारण लाइनमार्फत ३ सय ५० मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न मिल्छ ।निगमसँग विद्युत् खरिदका लागि प्राधिकरणले गरेको सम्झौता जुन महिनामा सकिँदै छ ।

‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
17 दिन पहिले
‘शारदा पहाडी राजनीतिक यात्रामा उडान प्रदेशसभासद देखि स..
बटुकनाथ झाप्रदेशसभाको बैठक चलिरहेको छ । सभामा एक महिला नेतृको आवाज बारम्बार गुञ्जिन्छ—कहिले दलित समुदायको सव..
17 दिन पहिले
राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक स..
जनकपुरधामभदौँ १३ गते । राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय ..
18 दिन पहिले
धनौजी गाउँपालिका ३ झोझीमा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ९ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि सोमबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं..
22 दिन पहिले
सामाजिक विकास तथा अनुसन्धान केन्द्रले गरे ३४औँ साधारण स..
जनकपुरधाम भदौँ ८ गते । ःबाल संरक्षण तथा महिला बालबालिकाका क्षेत्रमा काम गर्दै आएका सामाजिक विकास र अनुसन्धान केन..
23 दिन पहिले
बहुअर्वामा टोल विकास संस्था गठन
जनकपुरधाम भदौँ ८ गते । स्थानीय सरकार संचालन ऐन २०७४को अधिनमा रहि आईतबार धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ५ ..
22 दिन पहिले
बालबालिकाको क्षेत्रमा सरकारले लगानी बढाउनु पर्ने माग
जनकपुरधाम असार ३१ गते । मधेश प्रदेश सरकारले यहाँका बालबालिकाहरुको भविश्यका लागि खासै ध्यान नदिएको बेला प्रदेश स..
2 महीना पहिले
जनकनन्दिनीका विद्यार्थीले पाए वित्तिय साक्षरता सम्बन्..
जनकपुरधाम असार ३१ गते । विद्यालयमा पढ्ने बेला देखि नै आम्दनीको स्रोतहरुको बारेमा जानकारी पाउन जनकनन्दिनी गाउँप..
2 महीना पहिले
मह उत्पादनमा मधेश प्रदेश आत्मनिर्भर तर खपत छैन
जनकपुरधाम जेठ २५ गते । शरीरका लागि अति लाभदायक रहेको मह उत्पादनमा मधेश प्रदेश आत्म निर्भर भएपनि उत्पादन भएको भह व..
3 महीना पहिले
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..
4 महीना पहिले
ओम आरसीएस स्कुलमा फुड फेष्टिभल सम्पन्न
जनकपुरधाम माघ १८ गते ।विद्यार्थीहरुलाई पढाईको साथै जीवन उपयोगी कामहरुका बारेमा समेत अनुभव सहितको जानकारीका लाग..
8 महीना पहिले
युवा व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम सम्पन्न
जनकपुरधाम माघ १५ गते । व्यवसायमा लागेका धनुषा जिल्लाका पाँच वटा पालिकाका १५ जनालाई जानकी महिला जागरण समाज(ज्वास)..
8 महीना पहिले