सेमिफाइनल-२: ईंग्ल्याण्डले टार्ला भारत–पाकिस्तान फाइनल ?
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं । टी–२० विश्वकपको फाइनलअघि विश्वभरका क्रिकेट समर्थकका मुख रसाइरहेका छन् । राजनीतिकरुपमा एक अर्काका ‘दुश्मन’ र क्रिकेटका चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान फाइनलमा भेट हुन सक्ने अनुमान तीव्र छ । तर, त्यसका निम्ति आज हुने सेमिफाइनलमा भारतले बलियो ईंग्ल्याण्डको वाधा पार गर्नुपर्छ ।हिजो न्यूजिल्याण्डलाई सहजरुपमा पराजित गरेर पाकिस्तानले १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यदि आज भारत विजयी भएको खण्डमा आइतबार हुने फाइनलमा भारत–पाकिस्तानबीचको रसिलो भिडन्त हेर्न पाइनेछ । त्यो भनेको पाकिस्तानका निम्ति बदलाको मौका पनि हुनेछ । टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा पाकिस्तान भारतसँग हारेको थियो भने यसै संस्करणको सुपर १२ मा पनि पाकिस्तानलाई भारतले कडा प्रतिस्पर्धामा पराजित गरेको थियो ।
सुपर १२ मा उत्कृष्ट प्रदर्शन गर्दै भारत समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने अन्य ४ खेल जितेको थियो । ईंग्ल्याण्डले तीन म्याच जितेको थियो भने एउटामा हार र एउटा वर्षाका कारण रद्द भएको थियो ।कागजमा दुवै टिम हाराहारीका देखिन्छन् । यद्यपि, ईंग्ल्याण्डभन्दा भारत बढी सन्तुलित छ । ईंग्ल्याण्डको बलियो पक्ष ब्याटिङ हो । ईंग्ल्यान्डमा विष्फोटक ब्याट्सम्यानहरुको पंति छ । जोस बटलर टिमका सबैभन्दा खतरनाक ब्याट्सम्यान हुन्, जो खेलमा हावी भ एभने कुनै पनि बलरलाई बाँकी राख्दैनन् । उनीसँगै ओपनिङ गर्ने एलेक्स हेल्स राम्रो लयमा देखिएका छन् । उनीहरुसँगै बेन स्टोक्स, लियाम लिभिङस्टोन, मोइन अलि, साम कुरान लगायतका ब्याट्सम्यानहरुले भारतीय बलरहरुको टाउको दुखाउन सक्छन् ।यता भारत भने ब्याटिङ बलिङ र फिल्डिङ तीनवटै पक्षमा सुदृढ देखिन्छन् । उच्च लयमा रहेका बिराट कोहली टिमका प्रमुख शक्ति हुन् । तर, उनीभन्दा खतरनाक हुन सक्ने देखिएका छन् मध्यक्रमका सुर्यकुमार यादव । अहिले टी–२० क्रिकेट वरियताको शीर्षस्थानमा रहेका यादव यस विश्वकपमा गजबसँग चम्केका छन् । उनको औसत र स्ट्राइक रेट दुवै उच्च छ । नेदरल्याण्डसँगको पछिल्लो म्याचमा यादवले जस्ता सटहरु खेले, त्यसले पक्कै पनि ईंग्ल्यान्डका बलरहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको हुनुपर्छ ।
भारतीय टिममा ओपनिङ जोडीका रुपमा कप्तान रोहित शर्मा र केएल राउल रहेका छन् । उनीहरु दुवै टी–२० का उत्कृष्ट ब्याट्सम्यान हुन् । तर, कप्तान रोहितले आफ्नो स्तरअनुसार खेल्न सकेका छैनन् । प्रतियोगितामा उनले एक अर्धसतक प्रहार गरे भने बाँकी म्याचमा उल्लेख्य रन बनाउन सकेनन् । सेमिफाइनलमा उनका लागि आफ्नो बहादुरी देखाउने अवसर छ ।बलिङको तुलना गर्दा ईंग्ल्याण्डको भन्दा भारतको बढी धारिलो देखिन्छ । भारतका मोहम्मद सामी, भुवनेश्वर कुमार र अर्सदिप सिंह अष्ट्रेलियाको पीचमा जमेका छन् । स्पिनतर्फ अनुभवि रविचन्द्रन आश्विन छन् । उनले भने स्तरअनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन् । भारतको ब्याटिङ पंति निकै लामो पनि छ ।यता सेमिफाइनलको पूर्वसन्ध्यामा ईंग्ल्याण्डका महत्वपूर्ण दुई खेलाडी अनुपस्थित रहने भएका छन् । चोटका कारण ब्याट्सम्यान डेविड मलान र बलर मार्क उड टिममा नरहने भएका हुन् । उडको स्थानमा क्रिस जोर्डन आउनेछन् भने मलानलाई कसले प्रतिस्थापन गर्ने हुन् भन्ने स्पष्ट भइसकेको छैन । मलानले ईंग्ल्यान्डको ब्याटिङ क्रममा स्थिरता प्रदान गर्दै आएका थिए ।अन्य सबै ब्याट्सम्यानहरु स्ट्रोक प्लेयर भएकोमा उनले ‘एंकर’ को भूमिकामा आफूलाई स्थापित गरेका छन् । अगाडिका विकेटहरु सस्तैमा खसे भने मलानको अनुपस्थिति ईंग्ल्यान्डलाई खट्किन सक्छ । यसैगरि, बलिङमा पनि मार्क उडको अनुपस्थिति खट्किने छ किनकी क्रिस जोर्डन उनको स्तरका बलर होइनन् ।साभार : नेपाल प्रेस
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
24 घन्टा पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
24 घन्टा पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
24 घन्टा पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
2 दिन पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
4 दिन पहिले
पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..
जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि सँ शुरू होय रहल अछि । बाह..
4 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
1 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..
जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..
खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..
जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..