कथा कम, एक्सन धेरै ‘एन एक्सन हिरो’
4 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ । वर्षौंदेखि अभिनेता आयुष्मान खुरानाका बर्जित विषयहरूमा बनेका चलचित्रहरू बक्स अफिसमा सफल भएका छन् तर यसै वर्ष प्रदर्शनमा आएका चलचित्र ‘अनेक’ र ‘डक्टरजी’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । अहिले उनी अभिनीत चलचित्र ‘एन एक्सन हिरो’ प्रदर्शनमा आएको छ । मानव (आयुष्मान खुराना) हरियाणाको एउटा गाउँमा आफ्नो चलचित्रको सुटिङमा व्यस्त हुनुहुन्छ । युवाहरूको ढुकढुकी बनेका मानव आफू युथ आइडल भएकाले ग्याङस्टरको बायोपिक गर्न अस्वीकार गर्नुहुन्छ । उहाँलाई उक्त चलचित्रको स्क्रिप्ट सान्दर्भिक लाग्दैन ।
घटनाक्रमले कस्तो मोड लिन्छ भने अचानक त्यही गाउँको नगरपालिकाका कर्मचारी भुरा सोलङ्की (जयदीप अहलावत)का कान्छो भाइसँगको मानवको झगडा हुन्छ र उहाँको निधन हुन्छ । दुर्घटनाबाट डराएका मानव भागेर मुम्बई पुग्नुहुन्छ । विमानस्थलमा सञ्चारकर्मीलाई देखेर उहाँ मुम्बई प्रस्थान गर्नुको साटो लन्डन प्रस्थान गर्न पुग्नुहुन्छ । उहाँलाई पछ्याउँदै भुरा आफ्नो भाइको मृत्युको बदला लिन लन्डनसम्म पनि पुग्नुहुन्छ । उहाँ मानवलाई मार्न आउनुभएको हुन्छ । देशको सिङ्गो मिडिया मानवलाई हत्यारा साबित गर्न लागिपरेको हुन्छ । के भुरा आफ्नो मिसनमा सफल हुनुहुन्छ ? एक्सन हिरो मानवले आफूलाई निर्दोष साबित गर्न सक्नुहुन्छ त ? चलचित्रको कथा यिनै विषयभित्र रुमलिएको छ ।अनिरुद्ध अøयरको यो पहिलो चलचित्र हो । लगभग १० वर्ष लगाएर निर्माता आनन्द एल रोयले निर्माणमा सहयोग गर्नुभएको छ । चलचित्रको कथा उहाँले लेख्नुभएको हो भने स्क्रिन प्ले नीरज यादवको रहेको छ । कथा साधारण बदलाको भए पनि घटनाहरू कस्ता छन् भने मानव गुण्डा, ह्याकरहरूदेखि गुण्डाहरूसम्मको सम्पर्कमा आउँछन् । मिडिया ट्रायल र सेलिब्रिटी भएको मूल्य चुकाउनुपर्ने पक्षलाई चलचित्रमा उहाँले सुन्दर ढङ्गले चित्रण गर्नुभएको छ । चलचित्रमा एक्सन, कमेडी थ्रिलको तड्का छ तर कथा कमजोर छ । उदाहरणका लागि उहाँ यति ठूलो सुपरस्टार हुनुहुन्छ । सबै टेलिभिजन च्यानलमा उहाँको चर्चा छ तर परिवार र साथीभाइमा उहाँको कुनै चिन्ता छैन । मानव आफ्नो सहयोगी सचिव रोशन (हर्ष छाया)मा मात्र निर्भर हुनुहुन्छ । चलचित्रमा लन्डन प्रहरीको चित्रण पनि बलियो तरिकाले गरिएको छ । चलचित्रमा आयुष्मानले एक्सनमा निकै मेहनत गर्नुभएको छ । सुपरस्टारदेखि परिस्थितिद्वारा फरार बन्नुभएका उहाँले द्विविधा, क्रोध र निराशालाई उपयुक्त रूपमा आत्मसात् गर्नुभएको छ ।
हरियाणवी भुराको चरित्रमा जयदीपलाई सुहाएको छ तर यो चरित्र पनि सही ढङ्गबाट निर्माण गरिएको छैन । चलचित्रमा कमेडी र एक्सनको राम्रो समन्वय छ । संवादहरूको मिठास छ । चलचित्रमा अक्षय कुमारको क्यामियो शानदार छ । नोरा फतेही र मलाइका अरोराको आइटम नम्बर ‘नशा’ र ‘आप जैसा कोइ नही’ले नेपाली चलचित्र बजारमा राम्रै हल्ला पिटेको थियो । चलचित्रको ब्याकग्राउन्ड सङ्गीत कथासँग मेल खान्छ । एक्सन मात्र मन पराउने पाठकका लागि भने चलचित्र ठिकठाक छ । चलचित्रमा कथा कम एक्सन धेरै छ । साभार : गोरखापत्र
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
3 घन्टा पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
3 घन्टा पहिले
धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..
3 घन्टा पहिले
सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आव..
जनकपुरधाम, असार १९ गते सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क..
3 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
11 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
12 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आव..
जनकपुरधाम, असार १९ गते सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क..
धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिव..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने ..
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..