कथा कम, एक्सन धेरै ‘एन एक्सन हिरो’

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ । वर्षौंदेखि अभिनेता आयुष्मान खुरानाका बर्जित विषयहरूमा बनेका चलचित्रहरू बक्स अफिसमा सफल भएका छन् तर यसै वर्ष प्रदर्शनमा आएका चलचित्र ‘अनेक’ र ‘डक्टरजी’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । अहिले उनी अभिनीत चलचित्र ‘एन एक्सन हिरो’ प्रदर्शनमा आएको छ ।  मानव (आयुष्मान खुराना) हरियाणाको एउटा गाउँमा आफ्नो चलचित्रको सुटिङमा व्यस्त हुनुहुन्छ । युवाहरूको ढुकढुकी बनेका मानव आफू युथ आइडल भएकाले ग्याङस्टरको बायोपिक गर्न अस्वीकार गर्नुहुन्छ । उहाँलाई उक्त चलचित्रको स्क्रिप्ट सान्दर्भिक लाग्दैन । 

घटनाक्रमले कस्तो मोड लिन्छ भने अचानक त्यही गाउँको नगरपालिकाका कर्मचारी भुरा सोलङ्की (जयदीप अहलावत)का कान्छो भाइसँगको मानवको झगडा हुन्छ र उहाँको निधन हुन्छ । दुर्घटनाबाट डराएका मानव भागेर मुम्बई पुग्नुहुन्छ । विमानस्थलमा सञ्चारकर्मीलाई देखेर उहाँ मुम्बई प्रस्थान गर्नुको साटो लन्डन प्रस्थान गर्न पुग्नुहुन्छ । उहाँलाई पछ्याउँदै भुरा आफ्नो भाइको मृत्युको बदला लिन लन्डनसम्म पनि पुग्नुहुन्छ । उहाँ मानवलाई मार्न आउनुभएको हुन्छ । देशको सिङ्गो मिडिया मानवलाई हत्यारा साबित गर्न लागिपरेको हुन्छ । के भुरा आफ्नो मिसनमा सफल हुनुहुन्छ ? एक्सन हिरो मानवले आफूलाई निर्दोष साबित गर्न सक्नुहुन्छ त ? चलचित्रको कथा यिनै विषयभित्र रुमलिएको छ ।अनिरुद्ध अøयरको यो पहिलो चलचित्र हो । लगभग १० वर्ष लगाएर निर्माता आनन्द एल रोयले निर्माणमा सहयोग गर्नुभएको छ ।  चलचित्रको कथा उहाँले लेख्नुभएको हो भने स्क्रिन प्ले नीरज यादवको रहेको छ । कथा साधारण बदलाको भए पनि घटनाहरू कस्ता छन् भने मानव गुण्डा, ह्याकरहरूदेखि गुण्डाहरूसम्मको सम्पर्कमा आउँछन् । मिडिया ट्रायल र सेलिब्रिटी भएको मूल्य चुकाउनुपर्ने पक्षलाई चलचित्रमा उहाँले सुन्दर ढङ्गले चित्रण गर्नुभएको छ । चलचित्रमा एक्सन, कमेडी थ्रिलको तड्का छ तर कथा कमजोर छ । उदाहरणका लागि उहाँ यति ठूलो सुपरस्टार हुनुहुन्छ । सबै टेलिभिजन च्यानलमा उहाँको चर्चा छ तर परिवार र साथीभाइमा उहाँको कुनै चिन्ता छैन । मानव आफ्नो सहयोगी सचिव रोशन (हर्ष छाया)मा मात्र निर्भर हुनुहुन्छ । चलचित्रमा लन्डन प्रहरीको चित्रण पनि बलियो तरिकाले गरिएको छ । चलचित्रमा आयुष्मानले एक्सनमा निकै मेहनत गर्नुभएको छ । सुपरस्टारदेखि परिस्थितिद्वारा फरार बन्नुभएका उहाँले द्विविधा, क्रोध र निराशालाई उपयुक्त रूपमा आत्मसात् गर्नुभएको छ । 

हरियाणवी भुराको चरित्रमा जयदीपलाई सुहाएको छ तर यो चरित्र पनि सही ढङ्गबाट निर्माण गरिएको छैन । चलचित्रमा कमेडी र एक्सनको राम्रो समन्वय छ । संवादहरूको मिठास छ । चलचित्रमा अक्षय कुमारको क्यामियो शानदार छ । नोरा फतेही र मलाइका अरोराको आइटम नम्बर ‘नशा’ र ‘आप जैसा कोइ नही’ले नेपाली चलचित्र बजारमा राम्रै हल्ला पिटेको थियो । चलचित्रको ब्याकग्राउन्ड सङ्गीत कथासँग मेल खान्छ । एक्सन मात्र मन पराउने पाठकका लागि भने चलचित्र ठिकठाक छ । चलचित्रमा कथा कम एक्सन धेरै छ ।   साभार : गोरखापत्र

12 comments
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

20 घन्टा पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

20 घन्टा पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

21 घन्टा पहिले

सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..

जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..

2 दिन पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

4 दिन पहिले

पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..

  जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि  सँ शुरू होय रहल अछि । बाह..

4 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

1 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

2 वर्ष पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..

  जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..

  जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..