नेहा चौधरीका श्रीमान् पक्राउ, घरमा ताल्चा लगाएर परिवारका सदस्य फरार

4 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।श्रीमान्‌बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरी मंगलबार घर गएपनि उनलाई पस्न दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको बताइएको छ ।

मंगलवार साँझ पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पंकजलाई पक्राउ गरेको बताए । पंकजमाथि कानून बमोजिम कारबाही प्रक्रिया थाल्ने पंगेनीको भनाइ छ ।महोत्तरीको औरही-१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर-५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्‌को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पुर्‍याएका थिए ।नेहा भन्छिन्, ‘श्रीमान् पंकजलाई मात्र पक्राउ गरेर हुँदैन । मलाई कुटपिट गर्ने र घर निकाला गर्नेमा सासू-ससुरासहित उनको परिवारका सबै सदस्य संलग्न छन् । उनीहरूलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्छ ।’

पंकज पक्राउ परेपछि उनका परिवारका सबै सदस्य फरार भएका छन् । घरको मुख्यद्वारमा अहिले ताला लागेको छ । एसपी पंगेनीले अहिले पंकजलाई पक्राउ गरेको र अन्यलाई पक्राउ गर्नुपरे आवश्यकताअनुसार पछि गर्ने बताए ।नेहा र पंकज तीन वर्षको प्रेम सम्बन्धपछि पारिवारिक सहमतिमा विवाह गरेका थिए । ७७ साल फागुनमा ईंगेजमेन्ट भएपछि पंकजले नेहाको परिवारसित विभिन्न डिमान्ड गरेर दु:ख दिन थालेका हुन् । अन्ततः ईंगेजमेन्टको एक वर्षपछि गत फागुनमा विवाह भएको थियो । आफ्नो औराही बजारमा भएको घर र जग्गासमेत बेचेर परिवारले धुमधामसँग छोरीको विवाह गरिदिएको थियो ।नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०-६० लाख चाँदीका गहना दाइजो दिइएको छ । तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन् ।पंकज एमबीबीएस डाक्टर हुन् । उनले जिल्ला अदालत महोत्तरीमा डिभोर्स मुद्दा दर्ता गराइसकेका छन् । हिंस्रक श्रीमान्विरुद्ध नेहाले पनि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी छन् ।साभार : नेपाल प्रेस

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

5 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

5 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

5 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

5 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

5 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

5 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..

2 वर्ष पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..