जंगली जनावरको आतंकका कारण धनुषाका तरकारी किसान समस्यामा, समयमै समस्या समाधान नभए तरकारी खेती गर्न नसकिने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

बटुकनाथ झा, जनकपुरधाम पुस ११ गते । धनुषा जिल्लाको उत्तरी तथा पुर्वी क्षेत्रमा जंगली जनावर निलगाई तथा बनेलको आतंकका कारण तरकारी किसानहरुको समस्या बढेको छ । हुलमा रहेका निल गाई तथा बनेलले किसानहरुले खेतमा लगाएका तरकारी बाली सखाप पार्ने गरेकाले जिल्लाका अधिकांश तरकारी किसानहरु समस्यामा परेका छन् । जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, पुर्वी क्षेत्र सबैला नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका लगायतका क्षेत्रमा विगत केहि वर्ष यता किसानहरुको लगानी तथा परिश्रम निलगाई र बनेलको आतंकका कारण बर्बाद भईरहेको अवस्थामा यसको समाधानका लागि आवाज उठ्न थालेका छन् । शनिबार शहीदनगर नगरपालिका ६ हठीपुर तथा वडा नं. १ बालाबाखरका किसानहरुको समास्या सुन्नका लागि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश सभा सदस्य रामअशिष यादव सहितका टोली पुगेका थिए । खाद्य अधिकारका क्षेत्रमा काम गर्ने संस्था फियान नेपाल तथा खाद्य अधिकार संजाल धनुषाको आयोजनामा सरोकारबला निकायका प्रतिनिधि सहित पुगेका टोली समक्ष किसानहरुले आफ्ना समस्या राखेका थिए । बालाबाखरका रामजस यादवले नीलगाईको आतंकका कारण खेतमा लगाएको तरकारी नष्ठ गरीरहेकाले त्यसबाट बचाउन १५ हजारमा तारजाली खरिद गरेको दुखेसो पोख्नु भयो । खेतमा लगाएको काउलीलाई बताउन तालजाली लगाउन लागेको उहाँको भनाई छ । उहाँले विगत केहि वर्ष देखि आफु निलगाईको आतंकका कारण आफुहरु आक्रान्तमा परेकाले किसानहरुको समस्यालाई समाधान गर्न निल गाईको आक्रमण रोक्न राज्यले पहल गर्नुपर्ने बताउनु भयो । अर्का किसान पवन यादवको पनि समस्या यस्तै छ । बनसुगर र निलगाईको आक्रमणले आफुहरु तरकारी खेती गरेपनि बाली भित्रियाउन नसकेको बताउनु हुन्छ । किसानहरुको समस्या सुनेर अर्थमन्त्री साहले तराईमधेशका २२ वटै जिल्लाका कुनै न कुनै जनावरको आतंकले किसान समस्यामा रहेकाले कानुनी रुपमा केन्द्र सरकारले यसको लागि काम गर्नुपर्ने बताउनु भयो । संघीय कानुनमा जंगली जनावरलाई मार्ने काम कानुन विपरित रहेकाले निलगाईको आतंक बढेपनि किसानहरुले केहि गर्न नसकेको उहाँले बताउनु भयो । कृषकको पक्षमा केन्द्र सरकारले कानुन बनाई यस्ता जंगली जनावरको आतंकबाट बच्न कुनै उपाय लगाउनु पर्ने बताउनु भयो । कृषि ज्ञानकेन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साहले खेती क्षेत्रको बालीनाली जंगली जनावरको आतंकले नष्ट भईरहेको अवस्थामा ती जनावरको सिकार गर्नुपर्ने, अथवा जंगलमा व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । यसका लागि सामुहिक प्रयासले कानुन बनाई समस्या समाधान गर्नुपर्ने बताउनु भयो । किसानहरुका विच मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्रालयका अधिकृत सुजित कुमार झाले राज्य पक्षले यस्तो समस्या समाधानका लागि निलगाई तथा बदेलको सिकारका लागि पहल गर्दा यसले पर्यटन व्यवसायको विस्तारका साथै नीलगाई र बदेलको संख्या पनि कम हुने तर्क दिनुभयो । स्थानीय तह मार्फत सिकारको लागि लाइसेन्स वितरण गरि यसबाट राजश्व समेत संकलन गर्न सकिने बताउनु भयो । निलगाईमा गर्भधारणको क्षमता बढी भएकाले समयमा यस्तो समस्याको समाधान नगरे केहि वर्षमै यो बिकराल रुपलिने मिथिला वाइल्ड लाइफ ट्रस्टका प्रमुख देवनारायण मंडलले बताउनु भयो । फियान नेपालका प्रदेश प्रमुख नन्दिनी यादवको अगुवाईमा भएको सो अनुगमनमा किसानहरुले आफुहरुले भोगेका कुरा राख्दै समयमा निलगाईको आतंक नराकिइ आफुहरु कृषि पेशा नै छोड्न बाध्य हुने बताएका थिए ।

12 comments
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

15 घन्टा पहिले

मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..

जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..

15 घन्टा पहिले

सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..

जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..

15 घन्टा पहिले

सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..

जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..

2 दिन पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

4 दिन पहिले

पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..

  जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि  सँ शुरू होय रहल अछि । बाह..

4 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

1 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..

2 वर्ष पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..

  जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..

  जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..