सेती जलविद्युत् आयोजना अन्तिम चरणमा
3 वर्ष पहिले प्रकाशित
Smrititimes
कास्की। कास्की जिल्लामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको हो। आयोजना माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो।
आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन(प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।उनका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादन हुनेछ। स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाटनै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए।उनले भने, “जलविद्युत््मा २५ मेगावाट सानो परियोजना होइन। धेरै मानिस जोडिनुभएको छ। एक हजार पाँच सय जना प्रवद्र्धकको लगानी छ, सुरुआती लागत बढेको छैन। पारदर्शीरुपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ।”सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ।
पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ। सो आयोजना नदी जलप्रवाहमा आधारित छ।कोरोना कहरकाबीच सुरु भएको आयोजनामा सुरुआती चरणमा काममा असर पुगेकाले एक वर्ष म्याद थप भएको अध्यक्ष पोखरेलले बताए। आयोजनाको म्याद विसं २०८१ साउनसम्म रहेको छ।उनले भने, “कोरोनाले काममा असर गर्दा एक वर्ष म्याद थप गर्नुपरेको हो। स्थानीय सरकार, स्थानीयवासी तथा सबैको साथ सहयोगले आयोजना सम्पन्न हुने चरणमा छ। अबको पाँच महिनाभित्रमा आयोजना सम्पन्न भएर विद्युत् उत्पादन हुनेछ।”सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ। यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ।आयोजनाका इन्जिनियर उपेन्द्र घिमिरेले हेडबक्र्सको काम सकिएर पानी पठाउन सुरु भएको बताए। त्यसैगरी पाइपलाइनतर्फ एक सय ५० मिटर जति मात्र काम बाँकी छ। “पावर हाउसको सिभिलको काम सकिएको छ।स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी रहेको छ”, घिमिरेले भने, “सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ। केही सानातिना काम पूरा गर्नुपर्नेछ।”
सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ। विद्युत्गृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ। प्रसारण लाइमा १३ वटा टावर रहनेमा हालसम्म ११ वटामा काम भइरहेको इन्जिनियर घिमिरेले बताए।आयोजनाको सञ्चालकसमेत रहनुभएका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले स्थानीय जनताको सहयोगबाटनै आयोजना सम्पन्न हुने चरणमा पुगेको बताए। निर्माणका क्रममा आउने सानातिना समस्या छलफलका माध्यमबाट समाधान गर्दै आयोजनाबाट निकट भविष्यमा विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको उनले उल्लेख गरे। आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास गुरुङको छ।साभार : डिसी नेपाल
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
13 घन्टा पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
13 घन्टा पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
2 दिन पहिले
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
2 दिन पहिले
भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..
जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..
2 दिन पहिले
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
2 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..