नेपाली क्रिकेट टीम भोलि पाकिस्तान जाँदै, सन्दीप छुट्ने
1 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ ।एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको हो । गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् । निकट स्रोतका अनुसार उनले एसिया कप खेल्ने/नखेल्ने दुई–तीन दिनमा निधो हुने छ । क्यानले भने उनी जसरी पनि एसिया कप खेल्न जानुपर्नेमा जोड लगाइरहेको छ ।क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही अस्वस्थ भएकाले बन्द प्रशिक्षणमा सहभागी नभएको बताए । भोलि टिमसँग नगए पनि उनले एसिया कप खेल्ने चन्दको विश्वास छ । ‘हामी सन्दीपसँग कुरा गर्दैछौं । उसले जस्तो परिस्थितिमा पनि देशका लागि खेल्नैपर्छ र खेल्छ भन्ने विश्वास छ,’ चन्दले भने ।आज नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन् । सन्दीप भने गएका थिएनन् ।साभार : नेपाल प्रेस
ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न
जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..
55 मिनट पहिले
ओरेकको प्रदेश स्तरयि परमर्श बैठक सम्पन्न
जनकपुरधाम मंसिर ७ गते ।ओरेक मधेस प्रदेश कार्यालय जनकपुरको आयोजनामा बर्दिबास नगरपालिका स्तरीय सरोकारवालाहरूसँ..
55 मिनट पहिले
शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझ..
जनकपुरधाम मंसिर ७ गते ।प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द..
1 घन्टा पहिले
सपोर्ट नेपालले वालवालिकाको अधिकार र पोषणका लागि गरे जनच..
जनकपुरधाम मंसिर ७ गते । वालवालिकाहरुको अधिकार तथा पोषणका लागि सपोर्ट नेपालको आयोजनामा शुक्रबार धनुषा जिल्लाको ..
1 घन्टा पहिले
न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राही बिच संवाद सम्..
जनकपुरधाम मंसिर ७ गते । आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिर..
1 घन्टा पहिले
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..
जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..
3 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 महीना पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
7 महीना पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
7 महीना पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
7 महीना पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
7 महीना पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
7 महीना पहिले
गोठकोयलपुरका महिलालाई सपोर्ट नेपालले खेलौना बनाउन सिका..
जनकपुरधाम मंसिर ३ गते ।बालबालिकाहरुलाई सानै देखि बौद्धिक क्षमताको विकासका लागि आफ्नै घरमा बनाउने खेलौनाबाट खेल..
सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्..
जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपाल..
न्याय क्षेत्रका सेवा प्रदायक र सेवाग्राही बिच संवाद सम्..
जनकपुरधाम मंसिर ७ गते । आम नागरिकलाई कानुनी सहायता प्रदान गर्न संचालनमा रहेका स्थानीय तहका न्यायिक समितिले गरिर..
ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न
जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..