बालबालिकाको सर्वाङ्गीण विकासका लागि समन्वय र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

10 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं,भदौ २९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छन् ।राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गरेकी छन् । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्त उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उनको जोड छ ।‘मानिसको जीवनका प्रारम्भिक वर्षहरू अर्थात् बाल्यकालमा नै उनीहरूको मूल्यमान्यता, चरित्र, अनुशासन र सीपहरूले आकार ग्रहण गर्दछन् । बालबालिका आज हामीले रोप्ने बीउजस्तै हुन् । सही हेरचाह र उचित पालनपोषणसँगै उनीहरू बलियो र जीवन्त रूख बन्नेछन्, जसले भविष्यमा समाज र राष्ट्रका लागि विकास तथा समृद्धिको फल फलाउने छन्’, भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।सम्पूर्ण अभिभावक, शिक्षक, नीति निर्माता र नागरिक समाजलगायत सबै सरोकारवालालाई बालबालिकाको सर्वाङ्गीण विकासका लागि समन्वय र सहकार्य गर्न पनि उनको आग्रह छ ।साभार : नेपाल प्रेस

12 comments
निःशुल्क ट्युसनले रविनको शिक्षामा पहुँच बढ्दै

बटुकनाथ झा जनकपुरधाम, असार २६ गते । धनुषा जिल्लाको बिदेह नगरपालिका ६ गिद्धाबेलापट्टीमा गैर सरकारी संस्था सामुदा..

15 दिन पहिले

निःशुल्क ट्युसनले रविनको शिक्षामा पहुँच बढ्दै

बटुकनाथ झा जनकपुरधाम, असार २६ गते । धनुषा जिल्लाको बिदेह नगरपालिका ६ गिद्धाबेलापट्टीमा गैर सरकारी संस्था सामुदा..

15 दिन पहिले

जनकपुरका होटेलमा खाद्य प्रबिधि कार्यालयको अनुगमन दु..

बटुकनाथ झा असार २५ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले यहाँका होटेलहरुको खाद्य स्वच्छता..

16 दिन पहिले

मधेशका मुख्यमन्त्रीद्वारा चार दलका छ मन्त्री बर्खास्त

जनकपुरधाम, असार २२ : मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चार दलका छ मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । मुख्यम..

19 दिन पहिले

बाल श्रममा लागेकी ज्योतीको डाक्टर बन्ने सपना

बटुकनाथ झा असार २२ गते सानै उमेर देखि बाल श्रममा लागेकी धनुषाको विदेह नगरपालिका ६ गिद्धाकी ज्योती महरा डाक्टर बन..

19 दिन पहिले

संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

2 महीना पहिले

मधेशका मुख्यमन्त्रीद्वारा चार दलका छ मन्त्री बर्खास्त

जनकपुरधाम, असार २२ : मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले चार दलका छ मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । मुख्यम..

19 दिन पहिले

सिंहको श्रद्धाञ्जली सभा सम्पन्न

जनकपुरधाम, वैशाख ३० गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ स्थित मोडर्न ई.से.बो.स्कुल कक्षा १० मा अध्यनरत छात्र ..

2 महीना पहिले

शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार..

2 महीना पहिले

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थाले..

2 महीना पहिले

संसद्को गतिरोध खुलाउने काम सरकारको हातमा : काँग्रेस नेता..

जनकपुरधाम,वैशाख २९ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्को ..

2 महीना पहिले

बालमिकी स्थानमा केहि गलत व्यक्तिकाे समुहले दुखः दिन खोज..

जनकपुरधाम, वैशाख २८ गते ।महोत्तरी बलबा नगरपालिका वडा नं. ५ अन्तर्गत रहेको बालमिकी स्थान भगवानको मन्दिरमा केहि गल..

3 महीना पहिले