अनमोलमाथि प्रदीप खड्काको कटाक्ष- बिहे गरेपछि दुलही फिर्ता लैजाऊ भन्न पाइँदैन
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं,असोज १५ गते । नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्याएपछि धेरै चलचित्रकर्मीहरूले उनीहरूलाई आपसी छलफलबाट विवाद समाधान गर्न सुझाव दिए । तर, अनमोलका प्रतिस्पर्धी नायक प्रदीप खड्काले भने स्पष्ट पक्षधरता लिँदै सामाजिक सञ्जालमा पूर्वाग्रहयुक्त प्रतिक्रिया दिएका छन् ।
खड्का लेख्छन्, ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’
चलेका कलाकारले कुनै पनि फिल्म खेल्ने समझदारीपछि अग्रीमरूपमा केही पेश्की रकम लिने गर्छन् । अनमोलले ‘रावायण’ का निर्माताबाट १० लाख रूपैयाँ लिएका थिए । उनले फिल्म नखेल्ने भएपछि सो रकम फिर्ता गर्न चाहे पनि निर्माता निर्देशक थापाले लिन मानेका थिएनन् । त्यही एड्भान्स रकमलाई खड्काले अमिल्दो गरी ‘दाइजो’ सँग तुलना गरेका हुन् ।
खड्का थप्छन्, ‘खैर, चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जेसुकै भाको भए पनि दुलहीले माग्ने आधा अंश हो । कानूनले दिलाउने पनि त्यही नै हो ।’
यसमा खड्काको आशय निर्माताको खर्च भएको भनिएको रकम (एक करोडभन्दा बढी दाबी गरिएको) को आधा अनमोलले क्षतिपूर्ति गर्नुपर्छ भन्ने देखिन्छ । तर, स्मरणीय के छ भने अनमोलले ‘रावायण’ का निर्मातासँग लिखित सम्झौता गरेका थिएनन् । केवल मौखिक समझदारीका आधारमा उनले १० लाख पेश्की लिएका थिए । त्यसैले उनले दिएको ‘विवाह’ र ‘सुहागरात’ वाला दृष्टान्त पनि यहाँ मेल खाँदैन ।
खड्काको थप भनाइ यस्तो छः
बुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफूले जिते सम्झेर रमाउन त सक्लाउ, एकतिर उन्नत समाजले सामान्य मानेर दुलही स्वीकार्न पनि समस्या नहोला, तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ ।
खैर ! चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानूनले दिलाउने पनि त्यही नै हो । ५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नि !
यो पल्टको अलि गार्हो खाल्की छे भन्ने बुझ्न पर्ने ।
चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको बीचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नबुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान्, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान् र जिन्दगी हुन सक्छ । खेलको बीचबीचमा रुवाबासी गर्नु भन्दा मैदान पस्न अगाडि सोचेर निर्णय गरौं ।
कानून राजको विकल्प छैन ।
यो स्टाटसमा थुप्रै नकारात्मक प्रतिक्रिया आएपछि प्रदीपले अलिकति मिलाउने प्रयास गरेका छन् ।
उनी थप्छन्, ‘विवाह (प्रतिवद्धता) पनि डिभोर्समा जेल हुन्छ जस्तो लागेन अंश (क्षतिपूर्ति) चै हुन्छ है । आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ । जानाजानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोगको मामला हुन जान्छ ।’
नेपाली चलचित्रमा बौद्धिक अभिनेताको छवि बनाएका खड्काको यो स्टाटसमा भने ‘बौद्धिकता’ भन्दा अनमोलप्रति कुन्ठा झल्किएको धेरैको टिप्पणी छ । अनमोलले छोडेको फिल्म पाउने आशामा सुदर्शनलाई खुशी पार्न खोजेको अनुमान पनि कतिपयले गरेका छन् ।

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
23 घन्टा पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
23 घन्टा पहिले
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
24 घन्टा पहिले
भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..
जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..
24 घन्टा पहिले
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
24 घन्टा पहिले
धनुषामा कफ्र्यू कार्यान्वयन गर्न नेपाली सेना परिचालन
जनकपुरधाम साउन १४ गते । धनुषा जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू प्र..
24 घन्टा पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..