बलियो भारतविरुद्ध नेपालको बहादुरीपूर्ण प्रदर्शन, सम्मानजक पराजय
3 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं,असोज १६ गते । एसियन गेम्स क्रिकेटमा नेपाल क्रिकेटको महाशक्ति भारतसँग २३ रनको साँघुरो अन्तरले पराजित भयो । बलियो प्रतिस्पर्धीविरुद्ध नेपाली टिमले सजिलै आत्मसमर्पण गरेन ।चीनको हाङ्जाउ रंगशालामा भएको खेलमा भारतले टस जितेर ब्याटिङ यसकारण रोज्यो । नेपालविरुद्ध कीर्तिमानको वर्षा गर्ने धुनसहित मैदानमा उत्रिएका थिए भारतीय ब्याट्सम्यान । भारतले सुरुवात पनि विष्फोटक नै गर्यो । यसस्वी जैसवालले नेपालका सबै बलरहरुमाथि हमला गरे ।पावरप्ले सकिँदासम्म भारतले यसरी ब्याटिङ गरिरहेको थियो, नेपालले मंगोलियाविरुद्धको म्याचमा बनाएको सर्वाधिक रनको रेकर्ड नै खतरामा पर्छ झैं देखिन्थ्यो । भारतीय ओपनिङ जोडीले पहिलो ४ ओभरमा ५४ रन जोड्दा नेपाली क्याम्प आतंकित बनिसकेको थियो । तर, त्यसपछि विस्तारै नेपालले रनमा अंकुश लगायो ।
अविनाश बोहराले पाचौं ओभरमा अलिकति कसिलो बलिङ गरे भने त्यसपछिको छैटौं ओभरमा दिपेन्द्र सिंह ऐरीले २ रन मात्रै खर्चिए । एउटा इन्डबाट यसस्वी जैसवालको आक्रमण जारी राख्दा अर्को इन्डमा कप्तान रुतुराज गाइक्वाड रन बनाउन संघर्ष गरिरहेका थिए । जैसवालको विकेट चाँडै लिन नसक्नु नै नेपालको दुर्भाग्य बन्यो । अन्यथा आज भारतविरुद्ध नेपालले सनसनी नतिजा निकाल्न सक्थ्यो ।नेपालले पहिलो विकेटका लागि ९.५ ओभरसम्म पर्खिनुपर्यो । नेपाललाई पहिलो सफलता दिलाए क्राइसिसम्यान ऐरीले । कप्तान गाइक्वाड २३ बलमा २५ रन बनाएर आउट भए जतिबेला भारतले एक सय रनको आँकडा पार गरिसकेको थियो ।
भारतले दोस्रो र तेस्रो विकेट चाँडै गुमायो । तिलक वर्मालाई सोमपाल कामीले बोल्ड गरे भने जितेश शर्मालाई सन्दीपले क्याचआउट गराए । जैसवालले भने ४८ बलमा सतक बनाउँदै नेपाललाई दवावमा राखिरहे । शतक लगत्तै उनी १६.४ ओभरमा आउट भए । दीपेन्द्रले नै उनको विकेट लिए । त्यसबेला भारतले ठीक १५० रन बनाएको थियो ।
२० बल मात्र बाँकी रहेको अवस्थामा नेपालले भारतलाई १८० रनभित्र रोक्नसक्ने आशा बढेको थियो । तर, जैसवालले जहाँबाट छोडेका थिएँ, त्यहीबाट टिपेर रिंकु सिंहले भारतका लागि उत्कृष्ट फिनिसिङ गरे । उनले १५ बलमा ४ छक्कासहित ३७ रन बनाएपछि भारतले २ सयको आँकडा पार गर्न सफल भयो ।नेपालको बलिङको कुरा गर्दा रोहित पौडेलको तारिफ गर्नैपर्छ । ललितसिंह राजवंशीको अनुपस्थितिमा नेपालसँग विशेषज्ञ स्पिनर सन्दीप लामिछाने मात्रै थिए । त्यसैले आज कप्तान रोहितले आफैंलाई बलिङमा उतारे । र, उनले तुलनात्मकरुपमा मितव्ययी बलिङ पनि गरे । उनले ३ ओभरमा २६ रन खर्चिए ।२०३ रनको लक्ष्य नेपालका लागि पहाड नै थियो । तर, नेपाल लक्ष्य भेट्टाउने साहसका साथ मैदानमा उत्रियो । नेपालका ब्याट्सम्यानले भारतीय बलरसँग दविएर खेलेनन् । विकेटमा टिक्नेभन्दा पनि ठूला सट खेलेर बलरहरुलाई दवावमा राख्ने रणनीतिमा थियो नेपाली टीम । त्यसै बमोजिम ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले बलरहरुमाथि हावी हुन खोजे ।
नेपालका लागि पहिलो छक्का हानेका आसिफ १० रनमै आउट भए । त्यसपछि नेपालले नियमित रुपमा विकेट गुमाइरह्यो र ठूला सट पनि खेलिरह्यो । लामो पार्टनरसीप कुनै पनि जोडीबीच बन्न सकेन । धेरै ब्याट्सम्यानले स्टार्ट लिए पनि ठूलो स्कोर बनाउन सकेनन् ।ओपनर कुशल भुर्तेलबाट नेपालले सबैभन्दा बढी आशा राखेको थियो । तर, आज बढी आक्रमक खेल्न खोज्दा आज उनी चुके । उनले ३२ बलमा २८ रनमात्रै जोड्न सके । मध्यक्रममा कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको आशा जगाए । तर, उनीहरुमध्ये कोही पनि अर्धसतकसम्म पुग्न सकेनन् । शिवम दुवैलाई लगातार तीन छक्का प्रहार गर्दै ऐरीले भारतीय क्याम्पमा खैलाबैला मच्चाइदिएका थिए । तर, उनी आउट भएपछि नेपालको जित सम्भावना टाढियो ।त्यसो त नेपालको १० नम्बरसम्म नै ब्याटिङ क्षमता भएकाले झिनो आशा बाँकी नै थियो । तर, रन रेट आकाशिँदै गएपछि पछिल्लो क्रमका ब्याट्सम्यानहरुले त्यसलाई भेट्टाउन सकेनन् । अन्तिम तीन ओभरमा नेपाललाई ४७ रन चाहिएको थियो । यो एकदमै कठिन हो, तर टि–२० मा असम्भव भने होइन । नेपालसँग गुल्शन झा, करण केसी, र सन्दीप लामिछाने थिए । उनीहरु तीनै जना ब्याटिङ पनि गर्न सक्ने बलर हुन् । तर, तीनैजना आज एकैसाथ चुक्दा नेपाल लक्ष्यको नजिक पुग्न सकेन ।समग्रमा आज नेपालले ब्याटिङ र बलिङ दुवैमा आफ्नो क्षमताको एक झलक प्रस्तुत गर्न सफल भएको छ । भारतको टिम पहिलो रोजाईको नभए पनि पहिलो रोजाईको भन्दा धेरै कमजोर छैन । आज खेलेको टिममा ९ जना खेलाडी राष्ट्रिय टिमबाट खेलिसकेका वा खेलिरहेका छन् । त्यसैले यो स्तरको टिमसँग नेपालको प्रदर्शन गर्वगर्न लायक हो ।
साभार : नेपाल प्रेस
सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आव..
जनकपुरधाम, असार १९ गते सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क..
3 दिन पहिले
सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आव..
जनकपुरधाम, असार १९ गते सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क..
3 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
11 दिन पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
12 दिन पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
12 दिन पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
12 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
2 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
सिटिजन बैंकद्वारा जानकी वृद्धाश्रमलाई खाद्यान्न तथा आव..
जनकपुरधाम, असार १९ गते सिटिजन बैंक लिमिटेडको जनकपुरधाम शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क..