सुनसरीको देवानगञ्ज गाउँपालिकामा नेपाल भारतको सम्बन्ध माथि चर्चा, दूईदेशको सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्ने सुझाब

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,मंसिर ११ गते ।नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् ।नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको कथन थियो ।
नेपाल भारत सम्बन्धलाई कमजोर बनाउने केही तत्वलाई निरुत्साहित गर्नुपर्ने आवश्यक्ता रहेको पनि उहाँहरुले वताउनुभयो ।नेपाल भारत खुला सीमा सम्वाद समूहद्वारा आयोजत देवानगञ्ज नरपतगञ्ज अन्तरसम्बाद कार्यक्रममा वक्ताहरुले भने – दूबैदेश वीच सम्बन्ध खराब हुने कार्य कतैवाट हुनु हुँदैन् ।
संविधानसभा सदस्य मुंगालाल यादवले नेपाल र भारतबीचको सम्बन्धलाई घनिष्ठ अनि विशेष बनाउने प्रमुख तत्व भनेको धार्मिक, सामाजिक एवं सांस्कृतिक समानता नै हो । यी दूई देशहरूका जनताले प्राचीन समयदेखि एकै खाले धर्म, संस्कार अंगालेको पाइन्छ भने मिल्दाजुल्दा सामाजिक, सांस्कृतिक चलन र रीतिरिवाज अवलम्बन गरेको पाइन्छ वताउनुभयो ।
हाम्रा धर्मग्रन्थहरुको विकास गर्दा होस् वा त्यसको अभ्यास गर्दा होस् दुवै देशहरूबीच कुनै भौगोलिक सिमानाको बन्देज रहेको देखिँदैन । हिन्दू धर्मले मान्दै आएका देवीदेवताहरूदेखि लिएर ऋषिमुनिहरूले आफ्नो ज्ञान साधनाको लागि निर्वाधरूपमा एक–अर्को देशमा आवतजावत गरेको देखिन्छ । विश्वका शान्तिका प्रतीक एवं बौद्ध धर्मका प्रतिपादक गौतम बुद्धले समेत नेपाली भूमिका जन्मेर भारतको भूमिमा गएर ज्ञान प्राप्त गरेका थिए । भारत र नेपालबीचको रोटी–बेटीको सम्बन्ध अहिले मात्र जोडिएको होइन । अयोध्याका राजा रामले मिथिलाका छोरी जानकीसँग विवाह गरेका थिए । यसैगरी दुवै देशले धुमधामसँग मनाउने चाडपर्व उही छन्, सामाजिक मूल्य, संस्कार सबैमा धेरै समानता पाइन्छ । तसर्थ यी दुई देशबीचको सम्बन्ध जस्तोसुकै तागतले पनि छुट्याउनै नसकिने गरी कसिलो छ, प्रगाढ छ ।
नेपाल भारत खुला सीमा संवाद समुहका अध्यक्ष राजीव झाले छिमेकीका बीचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो होइन । तर, ती विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैनन् बताउनुभयो । उहाँले भन्नुभयो मुख्य कुरो दुई देशबीच आपसी समझदारी छ कि छैन भन्ने मात्रै हो । त्यस्तो समझदारी रहेसम्म सीमावर्ती क्षेत्रमा हिँड्ने पैदलयात्रीको गोडामा बिझ्ने काँडालाई तूल दिन हुँदैन ।नेपाल र भारतका बीचको सौन्दर्य नै सु–सम्बन्ध हो । दुई देशका बीच विश्वासको वातावरण भएको खण्डमा विकासका प्रयास सफल हुनेछन् । अहिलेसम्म नेपाल र भारतका बीच कटुता देखिएको छैन । नेपाल र भारतबीच सहअस्तित्व र विश्वासको सम्बन्ध रहोस् भन्ने चाहना राख्नेहरू स–साना विषयमा दुवै देशका नेतृत्वले आफ्नो समय खेर नफालून् भन्ने चाहन्छन् उहाँको कथन थियो ।
नेपाल र भारतबीचको सन् १९५० को शान्ति र मैत्री सन्धी परिमार्जन वा खारेज गरी त्यसको ठाउँमा नयाँ सन्धी गर्ने । खासगरी नेपाल र भारत दुवै देशका प्रवुद्ध व्यक्ति (इ. पि.जी) ले यससम्बन्धी विस्तृत अध्ययन गरी सुझाव दिएको कार्यको आफूहरु स्वीकार नगर्ने बताए । केही व्यक्ति नेपाल भारतको सम्बन्ध खराब गर्नमा लागि परेको बताउँदै उहाँले भन्नुभयो – खराब गर्ने तत्वको खोजी गरी सार्वजनिक गनुृपर्छ ।
खुला सीमाका कारण तस्करी र आतंकबाद बढेकोे गरेको चर्चा गर्नु नै गलत रहेको चर्चा गर्दै झाले भन्नुभयो तस्करी र आतंकबाद सुरक्षाकर्मीको गैरजिम्मेवारिताका कारण मात्रै हुने गरेको छ । काठमाडौ एयरपोर्टमा क्वीन्टलका क्वीन्टल सुन पक्राउ पर्नु तथा आजका दिन नोभेबर २६ मा मुम्बईमा भएको आतंकी हमला र भारतको संसदमा भएको आक्रमण घटना खुला सीमाका कारण नभएको सत्यलाई बुझनुपर्छ उहाँले भन्नुभयो ।
भारतका अररिया जिल्ला परिषद्का उपाध्यक्ष श्रवणकुमार दासले सीमामा देखिएका समस्या समाधानका लागि स्थानीयस्तरवाट पनि समाधान गर्नुपर्छ वताए । उहाँले भन्नुभयो सीमामा सुरक्षाको कुनै समस्या छैन जनस्तरवाटै सुरक्षा भइरहेको जानकारी दिए ।
बुर्जु गाउँपालिकाका अध्यक्ष जीवछ रायले सीमामा जस्तो समस्या देखाइएको छ त्यस्तो नरहेको बताए । हामी एक अर्कासँग परिवार जस्तै रहिरहेको बताए । सीमामा सुरक्षाकर्मीले हामी जस्तोलाई समस्या गरिरहेको छ भने अरुलाई अझै कस्तो समस्या गर्दै होला सहजै बुझन सकिन्छ बताउँदै उहाँले भन्नुभयो मेरो भारतमा केही बिघा जग्गा छन् त्यसमा उब्जेको धानलाई नेपाल ल्याउन समस्या गरिरहेको छ ।
लोसपाका सहमहासचिव संतोष मेहताले कार्यपत्र प्रस्तुत गर्दै सन् १९५० मा गरिएको ‘शान्ति तथा मैत्री सन्धि’ पछि नेपाल र भारतका बीचको भौगोलिक सिमाना घोषित रुपमा खुला रहेको छ । उक्त सन्धीको बुँदा नम्बर ७मा लेखिएको छ, ‘भारत र नेपालका सरकारहरु आवास, सम्पति माथिको स्वामित्व, वाणिज्य तथा व्यापारमा सहभागिता, आवत–जावतको सुविधा र यस्तै प्रकृतिका अन्य सुविधाहरुमा एउटा देशका नागरिकलाई अर्को देशको भूमिमा पारस्पारिक आधारमा समान सुविधा प्रदानगर्न मंजुर गर्दछन यो पालना तर्फ दूबै सरकारले कार्य गर्नुपर्छ वताउनुयो ।
देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले खुला सीमाका कारण जति यो क्षेत्रको विकास भइरहेको छ त्यति सीमा बन्द गरेर हुन नसक्ने बताइन । उहाँले खुला सीमाका कारण हामी नेपालीले उपचारका लागि सहजै भारत जान पाउँछौ, पढनका लागि पनि उता जान समस्या हुँदैन बताइन ।
कार्यपत्र प्रस्तुत गर्दै जनकपुरधामका पत्रकार सुजीतकुमार झाले भारत शक्तिशाली हुँदै गर्दा दुई देशको सम्बन्धमा के फरक पर्छ ? यो भन्दा पनि नेपालले लाभ कसरी लिन सक्छ भन्नेमा चिन्तन मनन आवश्यक रहेको उल्लेख गरेका छन् ।
कहिलेकाहिँ खुला सिमानाको चर्चा हुन्छ । तर, यो कुराको चर्चा हुँदैन कि युरोपियन युनियन बन्नुभन्दा पहिल्यै नेपाल र भारतबीच खुला सिमाना थियो । युरोपियन युनियनका मुलुक एक–अर्काबीच खुला हुँदा केही नहुने, नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको खुला सीमानालाई सम्पत्ति (एसेट)का रूपमा हामीले किन प्रयोग नगर्ने ? यसमा विहंगम बहस जरुरी छ सो कार्यपत्रमा उल्लेख रहेको छ ।
नेपाल भारत खुला सीमा संवाद समूह सुनसरीका जिल्ला संयोजक राकेश महतोको अध्यक्षतामा भएको सो समारोहमा जसपाका केन्द्रिय सदस्य दिनेश मेहता, लोसपा सुनसरीका जिल्ला अध्यक्ष रामनारायण यादव, अनिलकुमार झा, राष्टिय स्वतन्त्र पार्टीका वीरेन्द्र केएम, एम नेपालका चुन्नी खातुन, रामविलास मेहता, मोहरम अन्सारी, रोशन मेहता लगायतले बोल्नु भएको थियो ।

 

 

12 comments
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

2 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

2 दिन पहिले

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..

3 दिन पहिले

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

3 दिन पहिले

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

3 दिन पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

3 दिन पहिले

बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..

जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..

12 दिन पहिले

एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..

जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..

15 दिन पहिले

सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..

  जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..

4 महीना पहिले

मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..

फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..

4 महीना पहिले

जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..

  जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..

4 महीना पहिले

मनिष झाके पोस्टर विहीन प्रचार अभियान

  जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..

4 महीना पहिले

जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..

जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..

राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..

  जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..

विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..

  जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..

कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..

जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..